अग्रगामी शक्ती र प्रतिगामी तत्व बिचको अन्तर्बिरोधको एक बिस्लेशन
- प्रिथी छक बुढा मगर
आजको स्थितिमा जुन प्रकारका परिघट्नाहरु घटिरहेका छन, समग्रहमा यो एक नयाँ र पुरानोको बिचमा, अग्रगामी र प्रतिगामी तत्वहरुको बिचमा, परिवर्तनकारी र यथास्थितिबादीहरु बिचको एक अन्तर्बिरोध हो । यथास्थिती तत्वहरु जहाँ आधा शताब्दी देखी आम नेपाली जनता माथि शासन सत्ता द्वारा शोषन गर्दै आएका हुन । ईतिहास साक्षी छ, यो आधा शताब्दीसम्म नागरिकहरुले के प्राप्त गरे ? शासकहरुले जनताको निम्ती के गरे ? देशले के प्रगती गर्यो यो ६० बर्षको अबधिमा ? शुन्य । नितान्त शुन्य । देश बर्बादिको दिशातिर दकेलिदै गयो । नेपाल बिदेसिहरुको किल्ला बन्न पुग्यो । नदिनालाहरु बेचिँदै गए । आम जनसमुदायले छातीमा हात राखेर एक पटक बिचार गरौ त, के यो सब जायज कुरा थियो ?
जायज थिएन । त्यो परिस्थिती रोक्न सक्ने तागत थिएन सँसदबादी तत्वहरुसँग । त्यही स्थितिलाई रोक्नको लागि नयाँ उर्जासिल शक्तिको आबस्यक्ता थियो । पुरानोको बिकल्पमा नयाँ शक्तिको खाँचो परिसकेको थियो । त्यही बिकल्प थियो माओवादी । माओवादीले जनताका जनजिबिका सम्बन्धी माग राखेको थियो कथित सम्सद्बादी तत्वहरुसँग ।
तर सुनुवाई भएन । आन्दोलन शुरु भयो । एक महिनामै माओवादी आन्दोलन तुहाउन सकिन्छ भनेर दिवासप्ना देख्न थाले । त्यो सम्भब हुन सकेन । बिभिन्न अप्रेशन शुरु गर्यो आन्दोलन तिस्तेज पार्नको लागि तर जनयुद्दले अझ नयाँ नयाँ चरणहरु पार गर्न थाल्यो । ताउकाको मुल्य देखी आतङ्ककारीसम्म घोषणा गर्यो तर जनताको आन्दोलन रोक्न उस्को तागतले भ्याउन सकेन । जनताले भन्दै गए "यदी न्यायको निम्ती कोही संघर्श गर्दा आतङ्ककारी हुन सक्छ भने, हो हामी आतँककारी हौँ" जनता लद्दै गर्यो । ज्ञानेन्द्र शाहीले कु गर्नु भन्दा पहिलेसम्म निरन्तर माओवादीलाई कसरी तह लगाउन सकिन्छ भन्ने विचारमै तल्लिन थिए । जब ज्ञानेन्द्रले उनिहरुको कुर्ची खोसे तब उनिहरु होसमा आए । राजाको बिरुद्दमा आन्दोलन गरे । उनिहरुको आन्दोलनले केही लछारपाटो लाउन सकेन । ज्ञानेको झाँटोमा पिसिँदै थिए । अब उनिहरुले बुझ्न थाले ज्ञानेलाई तह लगाउने शक्ती अरु कोही छ भने त्यो केबल माओवादी शक्ती मात्रै हो । जनयुद्द केन्द्रिय राज्यसत्ता कब्जा गर्ने तर्खरमा थियो त्यतिखेर । माओवादीको शक्ती प्राप्त गरेर राजालाई तह लगाउने बिचार उनिहरुको सोचे र माओवादीसँग शान्ति बार्ताको लागि लाल ईलाका रोल्पा देखी भारतसम्म पुग्न थाले । जब शान्ती सम्झौता भयो तब आन्दोलनले नयाँ उचाइ लिदै गयो । अन्त्यमा जनताको जित सुनिस्चित भयो । जनताको महान बिजय पछी शान्ति सम्झौता अनुरुप काम हुनु पर्ने थियो तर त्यो कहिले सेरेमोनियल किङ त कहिले बेबी किङ मा गएर कुरा अद्कियो तर माओवादीले सडक र सदनबाट ति प्रतिगामी शक्तिहरुलाई लतार्दै लग्यो र राजतन्त्रको अन्त्यको घोषणा गर्यो । सम्दद्बादी दलहरुले आफ्नो हैसियत भुल्दै गैरहेका थिए । मानौ त्यो परिवर्तन उनिहरुको तागतले आएको थियो । संबिधान सभाको घोषणा भयो । सम्सदिय दलहरुको राय थियो कि माओवादीले १० सिट भन्दा बदी बहुमत ल्याउन सक्दैन त्यसैले यसलाई पेलेरै, धिसारेरै, लतार्दै लग्ने हो । तर चुनाव भयो । परिणाम उल्तो निस्कियो । माओवादी देसको सबै भन्दा बिशाल पार्टी भएर ऊदायो । अब शान्ति सम्झौता उनिहरुको निम्ती घाँडो बन्न पुग्यो । त्यसपछी शान्ति सम्झौतालाई आ-आफ्नो अनुकुल व्याख्या गर्न थालियो । एमाले र काङ्ग्रेसले थाडै सम्झौता उलङघन गर्न थाले । बिशेष त जनमुक्ती सेनालाई समयोजन गर्ने प्रकृयामा ।
माओवादी देसमा जनसंबिधान भएको ब्यबस्था चाहन्थ्यो । सम्दद्बादी दलहरु पुरानो साथास्थिती राज्य ब्यबस्था चाहन्थे । यदी परिवर्तन बिणाको शासन ब्यबस्था यथास्थितिमै रहिरहने हो भने जनताले ब्यर्थमा बलिदान किन गर्ने ? के नेताहरुको अनुहार फेर्ने मात्रै त्यसको उद्द्यस्य थियो ? यस्ता नेताहरुले त बिगत ६० बर्ष देखी नै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शासन गर्दै आएकै हुन । खै त परिवर्तन चाहेको ? शहिदहरुको खेती गरेर कुर्ची प्राप्त गर्नलाई ? उनिहरुको उद्द्यस्य त्यही हो कि जब सम्म माओवादी सरकारमा रहछ तब सम्म उनिहरु आफु अनुकुल कालो कर्तुत गर्न सक्दैन । त्यसैले कुनै पनि हालतमा माओवादी सडकमा आएको हेर्न चाहन्छन ।
अहिले जुन रुपमा आन्दोलनको घोषना गरेका छन त्यसको उद्द्यस्य अरु केही होइन । मात्र प्रधान मन्त्रिको कुर्ची । सर्बसत्ताबादको आरोप छ । त्यसको पछाडि के कुरा लुकेको छ भने माओवादीले मात्रै सरकार चलाऊने, हामी किन नपाउने भन्ने भनाइ लुकेको छ ।
अहिले दैलेखमा भएको जुन आन्दोलनको कुरा छ, त्यो दलाल र गुण्डाहरुको दादागिरी मात्रै हो । त्यो भन्दा अरु केही होइन । हिमाल साउथ एसियाका मालिक कनकमणि दिक्षित, इन्सेकका मालिक सुबोध प्याकुरेल , एड्भोकेसी फोरम इन्टरनेसनलकी मन्दीरा शर्मा मानवअधिकारवादी चरण प्रसाई लगायतका डलरको खेती गर्ने कथित मानब अधिकारीहरुको घुस्पैथ भएको मात्रै हो । अब कसको जित हुन्छ, स्वस्फुर्त भएको आन्दोलन र डलर पचाएर गरिएको आन्दोलनमा । अब सडक, सदनबाट जनशक्ती परिचालन गरेर प्रतिगमन जल्लादहरुलाई तह लगाउने नै अहिलेको माओवादी पार्टीको अभिभारा रहेको छ । यो अवस्थामा माओवादीले सरकारबाट रजिनामा दिनु भनेको आफ्नो चिहान आँफै खन्नु मात्रै हो । किन भने यो बिजय माओवादीको निम्ती धेरै महत्वपूर्ण उपलब्धी हुने छ । समग्रहमा जनता आँफै फैसला गर्ने छ कि परिवर्तनकारी शक्तीलाई साथ दिने हो अथवा प्रतिगमन यथास्थिती तवहरुलाई ।
जनप्रगतिसिल मोर्चा युएई (सचिब)
आदिबासी जनजाती युवा परिषद युएई (महासचिब)
0 comments