शहिद परिवारलाई सम्मान गर्दै मोर्चाको आयोजनामा १८ औ जनयुद्ध दिवस भव्यताका साथ सम्पन्न ।


– साहस न्यौपाने
युएई/नेपाली जनप्रगतिशील मोर्चा, युएईले यही फेब्रुअरी १५, २०१३ शुक्रबारका दिन “महान जनयुद्धका उपलब्धीहरु र सामाजिक रुपान्तरणको प्रश्न विषयक अन्र्तक्रिया तथा चियापानको आयोजना गरि १८ औ जनयुद्ध दिवस मनाएको छ । दुवाईको सिन्ध पञ्जाव रेष्टुरेन्टमा मोर्चाका प्रमुख सल्लाहकार हरि नेपालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको सभापतित्व मोर्चाका केन्द्रिय अध्यक्ष रमेश गिरीले गरेका थिए ।
१८ वटा मैनबत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रमा विभिन्न जनआन्दोलन र जनयुद्धमा देश र जनताको लागि जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति एक मिनेट मौन धारण समेत गरिएको थियो । उक्त कार्यक्रमका अतिथीहरुमा मोर्चाका केन्द्रिय सल्लाहकार हरिप्रसाद पाण्डे, शहिद परिवार तथा साँस्कृतिक विभागका मनोच काउचा, महिला प्रतिनिधी तारा पौडेल, दुवई क्षेत्रिय समितिका अध्यक्ष विर्ख मादेन लिम्बु, डिआइपी एरिया समितिका अध्यक्ष गोविन्द भुषाल लगायतका रहेका थिए । महान् शहीद बालकृष्ण काउचा (क.आकाश) का छोरा मनोच काउचालाई प्रमुख अतिथीबाट खादा ओढाएर सम्मान समेत गरिएको जनयुद्ध दिवस कार्यक्रमलाई मोर्चाका केन्द्रिय सदस्य गोविन्द पन्तले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय युवा जनस्वयंसेवक युएईका केन्द्रिय महासचिव शिवलाल सापकोटाको संचालन रहेको थियो । 
जनयुद्धबाट प्राप्त उपलब्धीहरुलाई समाजमा स्थापित गराइ समाजलाई सहिद्हरुले देखाएको बाटोबाट नेपाली क्रान्तिलाई उत्कर्षमा पुर्याउनुपर्ने कार्यक्रमका प्रमुख अतिथी हरि नेपालीले बताएका थिए । नेकपा–माओवादीको सातौ महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहको लाइन पारित गरेपछि एमाओवादीले नवसामन्तहरुका लाजिम्पाट दरवार र मुक्ति टावरहरुमा कैद भएको नेपाली क्रान्ति निरन्तरतामा अघि बढेर विजयको लक्ष्य चुम्ने विश्वास व्यक्त गरेका थिए । नेपालीको कथन थियो एमाओवादीका नेतृत्व पंक्ति अभिजात वर्गमा रुपान्तरण भएर नव एमाले बन्ने दिशामा उन्मुख भएपछि विद्रोह गर्नु जनताको अधिकार हो भन्ने उक्तिलाई आत्मसात गर्दै सर्वहारावर्गको हक अधिकार र मुक्तिका लागि संसोधनबादीहरुसँग सम्बन्ध विच्छेद गरेका हौ । 
मोर्चाका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरीले सहिदहरुले देखाएको बाटोलाई आफुलेहरुले बिर्सन नसक्ने र त्यसलाई सदैब अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनयुद्धकालमा भएका सामाजिक रुपान्तरणका कार्यहरु फेरी पुरातन चिन्तनतिरै फर्किएकोले त्यसलाई नकारात्मकता तिर नभई सकारात्मकतातिर लैजानु पर्नेमा जोड दिएका थिए । जनसरकार, जनमुक्ति सेना विघटन गर्दै प्रचण्ड बाबुरामहरु देशलाई भारतीय विस्तारवादको पाउमा भेटी चढाउन लागि परेको बताउदै उक्त राष्ट्रविरोधी कुकृत्यको विरुद्ध एक हुनुपर्ने कुरामा जोड दिएका थिए । 
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सल्लाहकार हरिप्रसाद पाण्डेले आफु लामो समय देखी नेपाली काँग्रेसमा रहेर काम गरे पनि नेपाली काँग्रेस कुर्सी राजनीतिको गोलचक्करबाट बाहिर निस्कन नसकेको कारण नेकपा–माओवादीको जनवर्गीय सँगठनमा आबद्ध भएको जानकारी गराएका थिए । जनयुद्धका महान् शहिद क. आकाशका छोरा मनोज काउचाले शहिद सपनालाई साकार बनाउछौ भन्नेहरु आज शहिदको रगतलाई कुल्चिएर आलिसान महलको यात्रा तय गर्दै उनीहरुको सपनालाई रद्धीको टोकरीमा मिल्काएकोमा आक्रोश व्यक्त गरेका थिए । शहिदहरुले घर पोलेर भएपनि देश बनाउनको लागि ज्यानको आहुति दिए तर नेताहरुले देश पोलेर घर बनाइरहेकोमा शहिद बेपत्ता परिवार तथा घाइतेहरुमा पीडा भएको बताएका थिए । कार्यक्रमलाई मोर्चाका सचिव छक बुढा, कोषाध्यक्ष विचारी लामिछाने, केन्द्रिय सदस्यहरु रामशरण कडरिया, राजन न्यौपाने, उत्तम वि.क., तारा पौडेल, क्षेत्रिय अध्यक्ष विर्ख लिम्बु, एरिया अध्यक्ष गोविन्द भुषाल, कृष्ण चापागाइ, लगायत ले मन्तव्य राखेका थिए भने तारा पौडेल र शिवलाल सापकोटाले क्रान्तिकारी कविता मार्फत कार्यक्रमलाई अझ जोसिलो बनाएका थिए । 
त्यसैगरी एक कार्यक्रमका वीच १५ फेब्रुअरीकै दिन अबुधावीमा १८ औ जनयुद्ध दिवस मनाउनुका साथै राष्ट्रिय युवा जनस्वयंसेवक युएईको अबुधावी क्षेत्रिय समितिको समेत निर्माण गरेको छ । जनस्वयंसेवकका केन्द्रिय अध्यक्ष एवं नेपाली जनप्रगतिशील मोर्चाका केन्द्रिय उपाध्यक्ष मिन बुढाथोकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोर्चाका केन्द्रिय सदस्य रामशरण कडरिया, केन्द्रिय सल्लाहकार सालिकराम सुवेदी लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमलाई जनस्वयंसेवकका केन्द्रिय महासचिव शिवलाल सापकोटाले संचालन गरेका थिए । 
उक्त कार्यक्रमले इज्र्यु ताम्राकारको अध्यक्षतामा १३ सदस्सीय अबुधावी क्षेत्रिय समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश बहादुर गुरुङ्ग र कुल प्रसाद बास्तोला, सचिवमा रामकृष्ण खत्री, सहसचिवमा कमल बहादुर केसी तथा कोषाध्यक्षमा सागर डंगोल चयन भएका छन् भने सदस्यहरुमा  टंक लामा, राजु अधिकारी, कैलास केसी, सहेन्स अली, विष्णु बराल र कृष्ण बहादुर बस्नेत रहेका छन् । त्यसैगरि राम शरण कडरियालाई सल्लाहकारम ाचयन समेत गरेको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates