कार्कीलाई अख्तियार प्रमुख बनाउनु गलत: ट्रान्सपरेन्सी इन्टरनेशलन

photoनेपालगन्ज, वैशाख ३० - भ्रष्टाचार विरुद्ध क्रियाशिल ट्रान्सपरेन्सी इन्टरनेशलन (टिआई) नेपालले 'गलत चरित्र'का व्यक्तिलाई अख्तियार प्रमुख बनाएर दलहरुले हदै सम्मको गैर जिम्मेवारी काम गरेको बताएको छ ।
उसले मुलुकमा लोकमान कार्की प्रवृति हावी हुँदै गएकाले जनस्तरबाट त्यसको विरोध गर्न आग्रह समेत  गरेको छ । टीआई नेपालका कार्यसमिति सदस्य खेमराज रेग्मीले सोमबार नेपालगन्जमा भने, ' अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचारी ठहर गरेका कार्कीलाई आयोग प्रमुख बनाएपछि जनता निरास र उदास छन् ।'
पृथ्वीनारायण शाहको पालामा समेत जनमतको कदर हुने गरेको उदाहरण प्रस्तुत गर्दै उनले, दलहरुको उक्त निर्णयले सबैलाई आश्चर्यमा पारेको र निरासालाई बिरोधमा बदल्न आग्रह गरे । 'यस्तो निर्णय सुनेपछि टीआईका अध्यक्ष बिष्णुबहादुर केसीले अब यो मुलुकमा केही हुँदैन भनेर निरासा व्यक्त गरे, मन्चमा आसिन केसीतर्फ संकेत गर्दै उनले भने, 'तर, निरास भएर हुँदैन । गलत प्रवृतिको बिरोध गरे दलहरुले फेरी पनि यस्तो आट गर्न सक्दैनन् ।'
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल र बासको संयुक्त आयोजनामा 'सदाचार तथा जवाफदेहिता प्रवर्द्धन' विषयक विचार गोष्ठीमा उपस्थित सहभागीहरुले पनि दलहरुको उक्त कदमको बिरोध गरेका छन् ।
पश्चिमाञ्चल, मध्य-पश्चिमाञ्चल र सुदूर-पश्चिमाञ्चल स्तरीय गोष्ठिमा गुल्मी, रुपन्देही, बाके, सुर्खेत, कैलाली, मुगु र दार्चुला लगाएत जिल्लाका प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, नागरिक समाजका प्रतिनिधि गरी ६० बढीको सहभागिता रहको स्थानीय आयोजक बास नेपालगन्जका प्रमुख नमस्कार शाहले बताए ।
कार्यक्रममा प्रमुख अतिथि मध्य-पश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले अरु क्षेत्रका तुलनामा मध्यपश्चिममा भ्रष्टाचार बढेको र त्यसलाई नियन्त्रण गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए ।
टीआई नेपालका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा सुरु भएको विचार गोष्ठिमा राष्ट्रिय सदाचार प्रणालीको स्थितिका बारेमा वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता रामकृष्ण रेग्मीले कार्यपत्र पेश गरेका छन् ।
    

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates