यही स्थितिमा चुनाव भए गृहयुद्ध- गुरुङ

नेकपा-माओवादीका सचिव देव गुरुङले यहि अवस्थामा चुनाव भए देशमा गृहयुद्ध मच्चिने चेतावनी दिएका छन् ।

चार दलका शीर्ष नेताहरुको सहमतिमा राष्ट्रपतिद्वारा अन्तरिम संविधानको धारा १५८ को दुरुपयोग गर्दै २५ वुँदे आदेश जारी गरि संविधान सभाको दोस्रो निर्वाचनको प्रचारवाजी गर्नु नै देशको लागि घातक भएको उनको भनाई थियो ।
संयुक्त जनआन्दोलन परिचालन समिति कास्कीले आज आयोजना गरेको नेपालको वर्तमान सन्दर्भमा प्रतिगमन र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो चेतावनी दिएका हुन् ।

उनले २५ वुँदे आदेश, राष्ट्रघाती नागरिकता विधयक, वर्तमान सरकारको खारेजी गरि राजानितिक दलहरुको सहमतिमा राष्ट्रिय संयुक्त सरकार गठन गरिएमा मात्रै निर्वाचनमा जानसकिने वताए ।
'निर्वाचनको लागि भनी २५ वुँदे आदेश गरिएको छ त्यो असंवैधानिक मात्रै होईन प्रतिगमन र राष्ट्रघाती रहेको छ' उनले भने, 'त्यो खारेज नगरि चुनाव गराउन खोजिएमा हातमा दहि जमाएर वस्ने वाला छैनौ ।'
राष्ट्रियता जोगाउनका लागि जिवन र मरणको संघर्ष गर्न पनि पछि नपर्ने उनको भनाई थियो । उनले चार दलले नेपाली सेनालाई मात्रै विवादमा ल्याउन वाकी रहेको वताए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates