अबुधावीको आइकाडमा मोर्चाको एरिया समिति निर्माण
हरि नेपाली, युएई - अबुधावीको मुसाफामा
यही जुन १५ मा भएको एक भेलाले नेपाली जनप्रगतिशील मोर्चा, युएईको अबुधावी
क्षेत्र अन्तर्गत आइकाड एरिया समितिको निर्माण गरेको छ।
मोर्चाका उपाध्यक्ष समर खत्रीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य रामशरण कँडरियाको उपस्थितीमा देश र जनताको लागि जीवनोत्सर्ग गर्ने सहिदहरुप्रति एक मिनेट मौनधारण गरि सुरुभएको भेलाले दिनेश परियारको अध्यक्षतामा १५ सदस्सीय एरिया समितिको निर्माण गरेको हो। भेलाले उपाध्यक्षमा मिलन सुनार, सचिवमा सुर्य हाँडा, सहसचिवमा भुल थापा र कोषाध्यक्षमा रामप्रसाद पाण्डे रहेका छन्। त्यसैगरि सदस्यहरुमा मिलन बहादुर बि.क., भरतबहादुर घर्ती, टेकबहादुर बि.क., पदमबहादुर परियार, दीपक गैरे, ओमबहादुर सुनार र मोहन बि.क. रहेका छन् भने ३ जना सदस्य पछि थप्ने जनाइएको छ।
उक्त कार्यक्रममा केन्द्रिय सदस्य रामशरण कडरियाले एकीकृत माओवादीले जनयुद्ध र जनताका भावनाहरु माथि खेलवाड गरेर कमाउ धन्दामा लागेकोले नयाँ पार्टी निर्माणमा लागेको र अहिले प्रचण्ड बाबुरामहरुको व्यवहारले नयाँ पार्टी निर्माणको औचित्य सावित हुदै गएको विचार व्यक्त गरेका थिए। प्रमुख अतिथि खत्रीले विस्तारवादको निर्देशनमा बनेको खिरारे सरकारले औचित्यहीन चुनावको घोषणा गरेर देशलाई मुठभेडमा लैजान खोजेकोले सशक्त प्रतिकार गर्नुपर्ने जिकिर गरेका थिए।

0 comments