यूएइमा फेरी अर्को सवारि दुर्घटना एक नेपाली गम्भिर घाइते
साहस न्यौपाने, दुबइ
यूएइको फुजेरामा भएको एक सवारि दुर्घटनामा परि शारदानगर चितवन घर भै अल शमलिअह क्लीनिङ कम्पनीमा काम गर्ने पदम बहादुर गुरुङ गम्भिर घाइते भएका छन।
यूएइको फुजेरामा भएको एक सवारि दुर्घटनामा परि शारदानगर चितवन घर भै अल शमलिअह क्लीनिङ कम्पनीमा काम गर्ने पदम बहादुर गुरुङ गम्भिर घाइते भएका छन।
कोठाबाट कार्यक्षेत्र तर्फ जादै गर्दा कम्पनिको भ्यान दुर्घटनामा हुँदा ३
जना बङगालिको घटना स्थलमै मृत्यु भएको छ भने गुरुङ सहित अन्य कामदारहरु
गम्भिर घाइते भएका छन ।
घाइते गुरुङको कलबा हस्पिटल फुजेरामा अचेत अवस्थामा उपचार भैरहेको छ ।
डेड महिना अघी मात्रै यूएइ आएका घाइते गुरुङको अवस्था अत्यन्तै गम्भिर
रहेको र कम्पनिले पनि उपचारका नाममा सामान्य औपचारिकता मात्रै पुरा
गरिरहेको भन्दै आफन्तले चिन्ता व्यक्त गरेका छन् ।
भरपर्दो उपचारका लागि उचित पहल नभएकोले दुताबासले उचित पहल गरिदिए घाइते
बाच्ने सम्भाबना रहेको भन्दै बिरामीका आफन्तले आवश्यक पहल गरिदिन नेपाली
जनप्रगतिशिल मोर्चा यूएइलाई अनुरोध गरेका छन् ।
उता घाईतेको उपचारमा पहल गर्न राजदुताबास अबुधाबीलाई अनुरोध गरिएको मोर्चाका अध्यक्ष रमेश गिरिले जानकारी दिए।
0 comments