नेपाल जनप्रगतिशील मोर्चा युएईको प्रेस विज्ञप्ति

 प्रेस बक्तब्य
केहि दिन पहिले नेपालि जनप्रगतिशील मोर्चा साउदी अरबले “साउदी सरकारले दिएको आममाफिमा दुताबासको ब्रम्हलुट” भन्ने शिर्षकमा निकालेको प्रेस बिज्ञप्ति प्रति नेपालि जनप्रगतिशील मोर्चा युएईको गम्भीर ध्यानाकर्षण भएको छ। मुलुकको अर्थतन्त्रको प्रमुख हिस्सा ओगटन सफल बैदेसिक रोजगार र त्यसबाट प्राप्त हुने रेमिट्यान्समा प्रत्यक्ष सरोकार राखने ४ लाखको हाराहारीमा साउदी अरबमा काम गर्ने नेपालि श्रमिकहरुको हकहित र सुरक्षाका लागि राज्यले प्रभाबकारी भूमिका खेल्न सक्नु पर्नेमा तिनै श्रमिक कै रगत पसिनाबाट श्रमिकहरुकै लागि स्थापना भएको दुताबासबाटै मजदुरहरु असुरक्षित भएपछी न्याय खोज्न कहा जाने? बैदेसिक रोजगारीमा मौलाउदै गएको ठगि, दलाली र मानब तस्करी जस्ता जघन्य अपराधका कारण बैदेसिक रोजगारी नै बदनाम हुदै गरेको अबस्थामा राज्यका सम्बन्धित निकायहरु भने बैदेसिक रोजगारीलाई ब्यबस्थित र मर्यादित बनाउनेतिर अग्रसर हुनु भन्दा पनि रेमिट्यान्सको गोलचक्कर मै रमाइरहेको देखिन्छ। यस्तै ठगि, दलालि र मानब तस्करीको सिकारमा परेर विभिन्न समयमा अबैधानिक भै साउदी अरबमा काम गर्दै आइरहेका नेपालि कामदारहरुले साउदी सरकारले घोषणा गरेको आममाफीबाट महत्वपूर्ण फाइदा लिन सक्नु पर्नेमा राज्यको अकर्मन्यताका कारण हाती आयो हाती आयो फुस्साको अबस्थामा पुगेको छ। आप्रबासी कामदारहरुलाई लक्षित गरेर त्याहाको सरकारले आम माफीको घोषणा गरेर सम्बन्धित मुलुक फिर्ता पठाउने या त्याही बैधानिक गराउने महत्वपुर्ण अबसरको फाइदा उठाउन दुताबास सहयोगी हुनु पर्नेमा उल्टै सोझा सिधा मजदुरहरुसंग आर्थिक मोलमोलाई गरेर दुताबासले आफ्नो दलाली चरित्रलाइ उदांगो पारेको प्रस्टै देखिन्छ। उक्त आम माफिमा ८० हजार भन्दा बढि नेपालि कामदारहरुको नेपाल फिर्ता हुने बाटो खुलेकोमा दुताबासको असहयोगी भूमिकाका कारण २५०० अबैधानिक रुपमा रहेका नेपालीहरु पनि नेपाल फिर्ता हुन नसक्नु आफैमा लाजमर्दो कुरा हो । त्यसैले बैदेसिक रोजगारी र आम माफीको सन्दर्भमा साउदीमा भैरहेको तमाम दलाली, घुसखोरीको संरक्षण गर्नकालागि दुताबासका कर्मचारी लगाएत स्थानीय कर्मचारी हरि घिमिरे लगायत यसमासंग्लग्न सबैलाई तुरुन्त छानबिनको दायरामा ल्याई सत्यतथ्य आम श्रमिकमजदुरहरुसम्म ल्याई दोसी उपर कारबाहीका लागि हामि जोडदार माग गर्दछौ।नेपालि जनप्रगतिशील मोर्चा युएई, साउदी सरकारले घोषणा गरेको आम माफीकोअबधिमा अबैध रुपमा रहेका सम्पूर्ण नेपालिहरुलाई छिटो र सहज रुपमा नेपाल फर्कने बाताबरण निर्माण गर्नका लागि पनि माग गर्दछ। साउदी अरबमा कार्यरत नेपालि श्रमिकहरुका समस्याका बारेमा सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउने संघसस्था र ति संघसस्थाका प्रतिनिधिहरुलाई नेपाल फिर्ता पठाइदिन्छु भन्दै धम्क्याउने तर्साउने विभिन्न तत्वहरु प्रति हामि खेद प्रकट गर्दछौ। साथै दुताबासको यस्ता खाले गलत रबैयाको भण्डाफोर गर्दै श्रमिक हकहित, अधिकार र सुरक्षाका लागि संघर्सरत नेपालि जनप्रगतिशील मोर्चा साउदी अरबको भूमिकालाई पूर्ण समर्थन गर्दै पिडित मजदुरहरुलाइ न्याय दिलाउन नेपालि जनप्रगतिशील मोर्चा साउदी अरबले गरेका संघर्सका सम्पूर्ण कार्यक्रमहरु प्रति एक्यबद्ता प्रकट गर्दछ।
                                     क्रान्तिकारी अभिबादन सहित।
 
रमेश गिरि 
     अध्यक्ष 
  नेपाली जनप्रगतिशील मोर्चा, युएई 
  केन्द्रीय समिति

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates