मंगल ग्रहमा समुद्र रहेको पुष्टि
वैज्ञानिक तथा खगोलशास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जीवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्षपहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा वैज्ञानिकहरु एकमत नभएका भए पनि मंगल ग्रहमा पानीको अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अर्बौं वर्षपहिले विशाल समुद्र रहेको तथ्य पुष्टि गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्स्टच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले मंगल ग्रहमा अरर्बौं वर्षपहिले मार्टिन नामको समुद्र रहेको सबूत फेला परेको दाबी गरेका हुन् । मार्टिन नामको उक्त समुद्रले मंगल ग्रहको एक तिहाइ भाग ओगटेको थियो । उक्त समुद्रको अवशेष अहिले पनि बाँकी रहेको बताइएको छ । मंगल ग्रहको हाइ रिजोलुसन तस्वीरको विश्लेषणबाट शोधकर्ताहरुले यस्तो निष्कर्षनिकालेका हुन् । यसैबीच मंगल ग्रहको अनुसन्धानका लागि एक वर्षछि पठाइएको क्युरोसिटी रोबरले एक किलोमिटर दुरी तय गर्दै कीर्तिमान बनाएको छ । अघिल्लो वर्षअगष्ट ५ मा मंगल ग्रहको सतहमा उत्रिएको क्युरोसिटी अब मंगल ग्रहको ग्लेनेग भन्ने क्षेत्रमा जानेछ जुन अहिलेको ठाउँभन्दा ८ किलोमिटर टाढा छ । त्यहाँ गएर क्युरोसिटीले मंगल ग्रहको वातावरण कसरी बदलिएको छ – भन्ने कुराको अध्ययन गर्नेछ ।
0 comments