चीनमा शक्तिशाली भूकम्प ७५ को मृत्यु, ५०० भन्दा बढी घाइते

चीन, ७ साउन । चीनमा सोमबार विहान गएको शक्तिशाली भुकम्पमा परि ७५ जनाको मृत्यु भएको छ भने अन्य दुई सय जना घाइते भएका छन् । चीनको उत्तर पश्चिम गोवान्सु राज्यको डिंग्सी शहरलाई केन्द्रविन्दु बनाएर भुकम्प आएको चिनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अमेरीकी भुगर्भशास्त्रको अनुसार ५ दशमलब ९८ रेक्टरस्केल मापन गरीएको छ । स्थानीय अधिकारीहरुका अनुसार त्यस क्षेत्रका कयौं घर क्षतीग्रस्त भएका छन् ।
गोवान्सु प्रान्तमा रहेका पाँच हजार छ सय घर क्षतीग्रस्त भएका छन भने ३ सय ८० घर ध्वस्त भएका छन । यसअघि सन २००८ मा सिचुआन प्रान्तमा गएको शक्तिशाली भूकम्पले ९० हजारको मृत्यु भएको थियो ।
-सिन्ह्वा

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates