'हामी चे र चारु बन्न तयार छौं' - -नेत्रविक्रम चन्द 'विप्लव'
केन्द्रीय सचिव, नेकपा-माओवादी
तपाईंहरूको विरोधका वाबजुद पनि चुनाव त हुने नै भयो नि, होइन ?
उनीहरूले चुनावको कुरा त गरेका छन् तर हामीले त्यसलाई चुनावको रूपमै स्वीकार गरेका छैनौं । त्यो त संसदीय व्यवस्था लाद्ने दलालहरूको संसदीय चुनावी खेल मात्र हो भनेर हामीले त्यसलाई हेरेका छौं । त्यो माओवादीसँगको सहमति र सम्झौता विपरीतको कुरा हो । त्यसकारण यसलाई कदापि स्वीकार गर्न सकिँदैन र त्यो सफल हुने सम्भावना पनि हामीले देखिरहेका छैनौं ।
तपाईंहरूको पार्टीमै यो चुनावको उपयोग गर्नुपर्छ भन्ने जबर्जस्त मत छ रे नि ?
होइन, यो कल्पना पनि गर्न सकिँदैन । आत्मसमर्पणवादसँग सम्बन्ध-विच्छेद गरेर, संविधानसभाको औचित्यको बारेमा बहस गरेर, एउटा दृष्टिकोण बनाएर अगाडि आएको हो माओवादी पार्टी । संविधानसभा अहिले यस्तो विषय बनेको छ कि नेपाली क्रान्तिका सम्पूर्ण पक्षहरू यसैसँग आएर जोडिएका छन् । यस अर्थमा पार्टीले के संश्लेषण गरेको छ भने एउटा नयाँ सहमति नभई, जनताको संविधान लेखिने कुरा सुनिश्चित नभई संविधानको औचित्य पनि छैन, संविधानसभाको औचित्य पनि छैन र चुनावको त झन् कुनै अर्थ हुने कुरै भएन । यो निष्कर्ष निकालेर आएको हुनाले यसबारे हाम्रो पार्टीमा कुनै भ्रम छैन, बाहिर जे प्रचार भइरहेछ त्यो कुरा सत्य होइन । अहिलेसम्म हाम्रो पार्टीमा कसैले पनि आँखा चिम्लेर चुनावको उपयोग गर्नुपर्छ भनेको स्थिति पनि छैन ।
यतिबेला संसारभर चुनाव नै मूल प्रवृत्ति हो, साराका सारा परिवर्तन र प्रगति चुनावबाटै भइरहेका छन् तर तपाईंहरू भने बीसौं शताब्दीमा लेनिन र माओले प्रयोग गरे झैं बल प्रयोगको सिद्धान्तमै टाँसिइरहनु भएको छ; तपाईंहरूले समय-सन्दर्भ बुझ्नै सकिरहनु भएको छैन भनिँदै छ नि ?
त्यो त संसद्वादीहरू र उनका पाल्तु कुत्ताहरूले लगाउने आरोप मात्र हो । यथार्थ त के देखिन्छ भने यो शताब्दी सशस्त्र सङ्घर्षको आवश्यकतामा यसरी बाँधिन पुगेको छ कि एउटा पुँजीवादी पार्टीले अर्को पुँजीवादी पार्टीलाई नै सत्ताबाट हटाई सत्ता आफ्नो हातमा लिनुपर्यो भने आफ्नो मात्र शक्तिले नपुग्दा अरु विदेशीहरूबाट समेत साथ-सहयोग लिएर सशस्त्र सङ्घर्षको प्रयोग गरिरहेका छन् । हामी कम्युनिस्टहरूको त कुरै छाडौं, एउटा संसद्वादीले अर्को संसद्वादीलाई विस्थापित गर्नका लागि समेत सशस्त्र सङ्घर्षकै प्रयोग भइरहेको छ । यसको मतलब हामी जुनसुकै स्थितिमा, जहाँकहीं सशस्त्र सङ्घर्ष प्रयोग गरिहाल्छौं भनेर मैले भन्न खोजेको होइन । सशस्त्र सङ्घर्ष मान्छेको रहरको विषय होइन, यो जथाभावी प्रयोग गर्ने विषय पनि होइन । यो त इतिहासको नियमअनुसार राज्यसत्ताको लापरबाही, गैरजिम्मेवारी र दमनकारी चरित्रका कारण जनताले बाध्य भएर आवश्यक ठान्न पुग्ने एउटा साधन मात्र हो । अहिले त संसदीय दलहरूले आफ्ना प्रतिपक्षीलाई सत्ताबाट मिल्काउनका लागि शक्ति नपुगेपछि सीधै बराक ओमाबासँग मिलेर समेत त्यस्ता युद्धहरूमा भाग लिइरहेको देखिन्छ । यस्तो बेलामा जनपक्षीय शक्तिहरू र क्रान्तिकारी कम्युनिस्टहरूका निम्ति सशस्त्र सङ्घर्षको औचित्य छैन भन्ने कुरा त तथ्यहीन हल्ला मात्रै हो ।
परिवर्तित विश्व-सन्दर्भ र अन्तर्राष्ट्रिय शक्तिसन्तुलन नबुझेरै तपाईंहरूले खालि बल प्रयोगको भूमिकामा जोड दिइरहनु भएको छ भन्नेहरूलाई के जवाफ दिनुहुन्छ ?
मैले माथि नै भनिसकें कि सङ्घर्षको स्वरूपको निर्धारण राज्य र जनताका बीचको अन्तर्विरोधको स्थितिले गर्दछ । अरु कुनै शक्तिको दबाबले त्यो कुरा हुने होइन । पछिल्ला दिनमा 'बाहृय शक्तिको डिजाइनमा यिनीहरू सशस्त्र सङ्घर्ष गर्दैछन्' भनेर समेत हामीविरुद्ध फत्तुर लगाउन थालिएको छ । तर, जनताकै बीचको अन्तर्विरोधले नै त्यो आवश्यक या अनावश्यक भन्ने कुराको फैसला गर्ने हो । जनताकै स्थितिले आवश्यक अनुभूत हुँदा बल प्रयोगको भूमिकालाई स्वीकार गर्ने कुरा हो, अन्य बाहृय कारणलाई तेस्र्याएर जनताको अधिकार सुनिश्चित गर्ने सङ्घर्षलाई कमजोर बनाउने, छाडिदिने कुरा आउँदैन ।
माओको निधनपछि विश्वमा कतै पनि सर्वहारा क्रान्ति सफल हुन नसकेको, विश्वका कयौं देशमा भएका जनक्रान्तिले धक्का खाएका र भारतीय जनयुद्धले समेत अपेक्षित उचाई हासिल गर्न नसकेको जस्ता सन्दर्भलाई कसरी हेरिरहनु भएको छ ?
होइन-होइन; माओको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको सफलतापछि नै संसारका अरु धेरै देशले क्रान्ति सफल पारेका हुन् । क्युबामा पनि त्यसपछि नै भएको हो, भियतनाममा त्यसपछि नै जितेको हो, कम्बोडियाले त्यसपछि नै जितेको हो, कोरियामा त्यसपछि नै जितेको हो । यसकारण त्यो कुरा सत्य होइन । बरु माओका नीतिहरूलाई, माक्र्स-लेनिनका नीतिहरूलाई क्रान्तिकारी कम्युनिस्टहरूले ठीक ढङ्गले आत्मसात् गर्न नसक्दा क्रान्तिहरू हारिएका छन् या प्राप्त भैसकेका सत्ताहरू पनि गुमेका छन् । तैपनि जे-जस्ता प्रयत्नहरू भएका छन्, क्रान्तिकारीहरू सत्ताको नजिक पुग्ने अवस्था सिर्जना भएको छ, त्यो पनि सम्पूर्ण क्रान्तिकारी सिद्धान्तहरूको आत्मसात्कै कारण भएको कुरा स्पष्ट छ । केही नकारात्मक उदाहरणहरू पनि छन्, तिनलाई हामीले 'असम्भव' भन्ने कोणबाट ग्रहण गर्नु हुँदैन । सत्तामा पुग्न सफल भए पनि, नभए पनि ती क्रान्तिहरूले जनताको शक्तिलाई, आन्दोलनलाई, वर्गसङ्घर्षको स्थितिलाई मुखरित गरेको कुरालाई हामीले भुल्नु हुँदैन । तिनले दिने शिक्षाहरू, तिनले क्रान्तिमा लिएर आएका परिणामहरू जो छन्, ती सुखद् परिणामहरूलाई हामीले उनीहरूको असफलतालाई मात्रै कारण मानेर त्याग्ने कुरा आउँदैन । फिलिपिन्सकै कुरा गरौं, 'मिस्टेक' भएपछि हारिन्छ- त्यो अर्कै कुरा हो; तर २५ हजारसम्म जनमुक्ति सेना बनाउने स्थिति त्यहाँ रहृयो नि त । त्यो त सही विचारकै कारणले भएको हो नि । पेरुमा केन्द्रीय राज्यसत्ता कब्जाको नजिक पुग्नुको कारण पनि सही नीतिकै परिणाम हो नि त । क्रान्तिकारी कार्यदिशाकै परिणाम हो नि त । पेरुमा गोन्जालोहरू त्यहाँसम्म पुगेर पराजित हुनुबाट फेरि क्रान्ति नै नउठाउनु चाहिँ सही हो त ? या ती कमजोरीहरूलाई हटाएर फेरि क्रान्तिलाई पूरा गर्ने गरी सङ्घर्षलाई उठाउने कुरा सही हो ? पेरुकै नजिकका देशको- कोलम्बिया या इक्वेडरको कुरा गरौं; त्यहाँ क्रान्ति नै नहुनु राम्रो हो या पेरुमा क्रान्ति हुनु राम्रो ? क्रान्ति भएर पनि धक्का खानु राम्रो हो या क्रान्ति नै नहुनु राम्रो ? विद्रोह हुनु, प्रयत्नहरू गर्नु राम्रो कुरा हो; विजयलाई सुनिश्चित गर्न सक्नु-नसक्नु अर्को कुरा हो । तर, राज्यको अत्याचारका विरुद्ध, शोषक वर्गको अत्याचारका विरुद्ध विद्रोह हुनु त क्रान्ति नहुनुभन्दा राम्रो कुरा हो ।
संसारभर भएका सफल-असफल क्रान्तिको समीक्षा त गर्नु'भो, नेपालमा चाहिँ सर्वहारा क्रान्ति सफल हुने कारण र आधारहरू के-के देख्नु भएको छ त ?
यसका कारण र आधारहरू त हामीले प्रस्टै देखिरहेका छौं । मैले बारम्बार भन्ने पनि गरेको छु कि नेपाली क्रान्तिको सफलताका प्रमुख कारण भनेका नेपाली जनता नै हुन्; नेपालका किसान-मजदुरहरू हुन्, युवाहरू हुन् । जो लामो समयदेखि राज्यबाट उत्पीडित छन् र अधिकारबाट वञ्चित छन्, उनीहरूको अधिकार प्राप्तिको आकाङ्क्षा, नयाँ भविष्य निर्माणको चाहना, नेपाललाई स्वाधीन बनाउनुपर्छ भन्ने सोचाइ- यी नै क्रान्तिको सफलताका मुख्य आधारहरू हुन् । त्यस बाहेक नेपालमा हामीसँग एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी छ, त्यसको वरिपरि गोलबन्द लाखौं युवाहरू छन्, करोडौं जनता छन्, यो क्रान्तिकारी आन्दोलनलाई माया गर्ने राष्ट्रवादीहरू, देशभक्तहरू छन् । यो शक्तिको प्रभाव क्रमशः सबैतिर पर्दैछ । यतिसम्म कि नेपालका सम्पूर्ण संस्थाहरू- सेना, प्रहरी, कर्मचारी सबैतिर माओवादीले लिएको नीतिको सीधा प्रभाव पर्दैछ/पार्नु पनि पर्दछ । यिनै स्थितिलाई क्रान्ति सफल हुने वा विद्रोह सङ्गठित हुने आधार मान्न सकिन्छ ।
सर्वहारा क्रान्ति सफल भइहाले तापनि त्यो टिक्ने समय-परिवेश नभएकाले नै हामीले सम्झौता गरेका हौं त्यसैले उनीहरूले पनि क्रान्ति गर्नै सक्दैनन्, गरिहाले पनि टिकाउनु असम्भव छ भन्ने प्रचण्ड-बाबुरामहरूको भनाइ ठीकै होइन र ?
होइन, त्यो एकदमै गलत कुरा हो । त्यो त केवल उहाँहरूमा आएको विचलनको ढाकछोप र कमजोर मनोबलको अभिव्यक्ति हो; आत्मविश्वासको खडेरी हो । क्रान्तिको एकदमै प्रबल सम्भावना भएको बेलामा प्रचण्डजी, बाबुरामजीहरूले अलिकति जोखिम मोलेर क्रान्तिको नेतृत्व गर्नुपर्ने थियो तर त्यसबाट उहाँहरू भाग्नु'भो, विचलित हुनु'भो । त्यसैलाई ढाकछोप गर्न अनेकौं झुट्टा कुतर्कद्वारा, क्रान्ति नै सम्भव छैन भनेजस्तो गरी ढाँटछल गरिरहनु भएको छ । त्यसैले उहाँहरूका ती एकदमै गलत कुतर्कहरू हुन् ।
नेपालको भू-बनोट र समकालीन परिवेशका कारण पनि यहाँ हिंसात्मक सङ्घर्ष विजयमा पुग्ने र कम्युनिस्ट सत्ता स्थापित हुने सम्भावना छैन भन्नेहरूले पनि गलत नै भनिरहेका हुन् त ?
होइन, त्यो भनाइका पछाडि कुनै तथ्य नै छैन । नेपालका जनता, क्रान्ति, आन्दोलन, बलिदान, लगानी, सहभागिता आदि कुराहरूले नै ती कुर्तकहरूको स्वतः खण्डन गरिरहेका छन् नि । नेतृत्व ठीक भएको बेलामा, क्रान्ति व्यवस्थित ढङ्गले अगाडि बढेको बेलामा जनताले जहिले पनि नेता र पार्टीले सोचेभन्दा बढ्ता सहयोग र सहभागिता देखाएका छन्, त्यसैले पनि उनीहरूको त्यो कुतर्क गलत सिद्ध भैसकेको छ ।
अहिले अभूतपूर्व रूपमा भइरहेको सूचना-प्रविधिको विकास र विस्तारका कारण समेत बल प्रयोग होइन; सम्झौता, समझदारी र प्रतिस्पर्धाको राजनीति मात्रै सम्भव हुने स्थिति आएको छ भनिन्छ नि ?
यो कुनै नयाँ कुरा नै होइन । नियम र तथ्यहरूले के भन्छन् भने भौतिक स्रोत-साधनको दृष्टिले, शक्तिको दृष्टिले, सङ्गठित संस्थाहरूको दृष्टिले नागरिक वा क्रान्तिकारी पक्षभन्दा जहिले पनि राज्य बलियो नै देखिन्छ- रूप पक्षबाट हेर्दा । रूपमा त्यस्तो देखिए तापनि उसको जनविरोधी चरित्रका कारण सारमा ऊ सधैं कमजोर नै हुन्छ । तर, विचलित र स्खलित नेतृत्वले चाहिँ जहिले पनि दुस्मन पङ्क्तिसँग भएको भन्दा पनि बढ्ता 'शक्ति' र 'बलियोपन' को बढाइचढाई चर्चा गर्ने, प्रचार गर्ने र आफ्नो कायरता तथा भगुवापनलाई ढाकछोप गर्ने काम गर्दै आएको छ/गरिरहेको छ । जनतालाई कमजोर सावित गर्ने, क्रान्तिकारीहरूलाई कमजोर देखाउने धृष्टता गर्दै आएको छ । उनीहरूको यस्तो कुर्तकलाई इतिहासले खण्डन गरिदिएको छ । दासमालिकहरू रूपमा त बलियो नै थिए नि ! तर, दासहरूले विद्रोह गरिसकेपछि २-४ दिनमै तिनीहरू धराशायी भए । तत्कालको सत्ता रूपमा कमजोर त कहीं पनि थिएन नि । यही कुरा काउत्स्कीले लेनिनका सामु गरेका थिए । लेनिनले बोल्सेभिक क्रान्तिको नेतृत्व गरिरहँदा काउत्स्कीले अब यहाँ सम्भवै छैन भन्ने कुरा गरेका थिए । राज्य यति धेरै बलियो भइसक्यो कि स्रोत-साधन र प्रविधिका दृष्टिले; अब चाहिँ राज्यसँग विद्रोहको कुनै गुन्जायस नै छैन भन्ने कुतर्क काउत्स्की, प्लेखानोभहरूले गर्ने गर्दथे । अहिले १ सय वर्ष पछाडि पनि फेरि त्यही 'तर्क' गर्नु कुनै नौलो कुरा होइन, यो त बासी कुतर्क मात्र हो । हामीले के बुझ्नुपर्छ भने सबै प्रविधिहरू, सबै साधनहरू अस्थायी कुराहरू हुन्; मुख्य कुरा त जनता-युवाहरूको तागत हो । उनीहरूले सत्य कुरा बुझे भने ती सबै साधनहरू फेरि क्रान्तिको साधनमा बदलिन बेर पनि लाग्दैन । यसर्थ, अहिले नेपालमा प्रविधिका कुराले, अन्तर्राष्ट्रिय कुराले क्रान्ति सम्भव छैन भन्ने जो चर्चा गरिन्छ- त्यो मनोगत विश्लेषण मात्र हो, सत्य होइन ।
प्रत्येक गाउँमा मोटरबाटो र सबैका हातमा मोबाइल फोन पुगेको अहिलेको परिवेशमा सशस्त्र विद्रोह र भूमिगत युद्ध सम्भव छैन भन्नेहरूको तर्क पनि गलत हो त ?
यस्ता कुर्तक दुईटा कारणले आएका हुन सक्छन् । एउटा- अल्पज्ञान; भूमिगत हुनु भनेको, क्रान्ति भनेको के हो भन्ने कुरालाई नबुझ्दा पनि त्यस्तो लागेको हुन सक्छ । पहिले लडाइँको बेला पनि यस्ता घटना छिटपुट रूपमा सुनिन्थ्यो कि अलि कमजोर मनस्थिति भएका साथीहरू या कहिलेकाहीं भ्रम पर्यो भने डाँडाकाँडा-ढुङ्गाहरू सबैलाई दुस्मनै देख्ने, सेना नै ठानेर आफैं दौडेर, हाम्फालेर मर्ने । अर्को कुरा- कमजोर मनोबल; क्रान्तिमा दुस्मनलाई भयङ्कर मात्रै देख्ने र जनतालाई कमजोर मात्रै देख्ने दृष्टिदोष । त्यसकारण विकास र प्रगति क्रान्तिको बाधक हुँदैन । मोबाइल हातहातमा पुगेको छ त माओवादीको हातमा पनि मोबाइल नै हुन्छ ! बाटो सबैतिर पुगेको छ त सबैका निम्ति बाटो हुन्छ नि त, एउटाका लागि मात्रै बाटो भन्ने त हुँदैन । यी सबै कुरा सहायक पक्षहरू मात्र हुन् । त्यसो हो भने त पुँजीवादमा झन् क्रान्ति नै नहुने भो ! केको बाटो मात्र ? त्यहाँ त सबै पिचैपिच हुन्छ, सबैतिर सहरैसहर हुन्छ । अनि कसरी समाजवाद आउला त ? त्यो त अनौठो कुरा भो । विकासले क्रान्तिको सम्भावना अन्त्य गरिदिन्छ भन्ने कुरा गर्न थालियो भने त त्यो सभ्यताकै विरोधी कुरा पो हुन्छ ।
तपाईंले जे-जस्ता तर्क र व्याख्या गर्नु भए पनि हिजोको जनयुद्धका बाँकी कार्यभार त्यस्तैखाले युद्धकै निरन्तरताबाट पूरा गर्नु त असम्भ नै छ नि, होइन र ? कहाँ ०५२ साल, कहाँको ०७० साल; नीति र विधि एउटै हुन सक्छ ?
हामीले भनेका छौं- हाम्रा अगाडि गहन जिम्मेवारी छ । त्यो भनेको नेपाललाई यो सङ्क्रमणकालबाट जनताको राज्यमा बदल्नु वा जनताका अधिकारहरू सुनिश्चित गर्नु हो । जस्तासुकै चुनौती आइलागे पनि हामी यो जिम्मेवारी पूरा गर्नबाट पछि हट्नु हुँदेन । त्यहाँभित्र म देख्छु- यस्ता अनुकूल आधारहरू छन्, सम्पूर्ण जनताको अपेक्षा नै यस्तो भइदेओस् भन्ने छ । त्यसबाट हामी कसरी पछि हट्न मिल्छ ? अप्ठ्याराहरू छन्, त्यो हामीले बुझेका छौं । तर, प्रमुख कुरा के हो भने हामी आफ्नो कार्यभारबाट पछि हट्नु हुँदैन । जनताको अपेक्षालाई हामीले निराशामा बदलिन दिनु हुँदैन । राज्यमा अहिले जनु खालको परिस्थिति छ, त्यसको हामीले नेतृत्व गर्नु पर्दछ । यो नै मूल कुरा हो ।
'जनयुद्धको जगमा जनविद्रोह' भन्ने जुन कार्यदिशा पारित गर्नु भएको छ, त्यसबारे बाहिर मात्र होइन, तपाईंहरूको पार्टीपङ्क्तिमै समेत अस्पष्टता, जिज्ञासा र अन्योल देखिन्छ । लागू हुनै नसक्ने कार्यदिशा अघि सार्नुभयो भन्ने पनि आरोप छ, यसबारे प्रष्ट पारिदिनोस् न !
हो, प्रश्नहरू त उठिरहन्छन् र उठ्नु नै वस्तुसङ्गत कुरा पनि हो । क्रान्ति दाल-भात खाएजस्तो सजिलो हुने भइदिएको भए त जसले पनि गरिहाल्थे नि । त्यसो भैदिएको भए ठूलठूला समस्या र विचलनहरू पनि आउने थिएनन् । माओ-त्से तुङले पनि क्रान्ति भनेको कलाजस्तो मात्र पनि होइन, भोजभतेर जस्तो पनि होइन भन्नु भएको छ नि । त्यसैले अलिकति जटिलता, अलिकति चुनौती, अलिकति आशङ्का-अन्योल र जिज्ञासा क्रान्तिमा त भई नै हाल्छ । मैले अघि पनि भनें कि क्रान्तिको निर्धारक तत्त्व भनेको बाहृय पक्ष होइन, आन्तरिक नै हो । आन्तरिकमा पनि मुख्य पक्ष जनता हो, कार्यकर्ता हो । हाम्रो पार्टीका नीति, विचार र नेतृत्व सही छन् भने क्रान्ति हाँक्न सकिन्छ, जित्न सकिन्छ । अतः प्रश्न उठ्छन् तर ती प्रश्नको जवाफ दिँदा सबै सन्तुष्ट र खुशी भएर काममा होमिएकै हामीले पाएका छौं । अहिले नेकपा-माओवादीको पक्षमा आइरहेको जनलहर, जनउत्साह, कार्यकर्तामा देखिएको आत्मविश्वास त्यसैको अभिव्यक्ति हो । त्यसैले यो हुँदैन कि, सम्भव छैन कि भन्नेतिर हामीले सोचेकै छैनौं ।
'जनयुद्धका जग' त सबै सकिएका होइनन् र ? जनयुद्धका कुन जग बाँकी छन् र तिनमा टेकेर जनविद्रोह सफल पार्नुहुन्छ ?
तपाईंले प्रश्न गरेजस्तो एक अवधि आएको थियो तर अब त्यो 'च्याप्टर' सिद्धिइसक्यो । तपाईंले भनेजस्तै प्रचण्डजी-बाबुरामजीहरूले एकचोटि हाम्रो जनयुद्धका सबैजसो आधारहरू भत्काइदिनु भएको कुरा सही हो । तर, अहिलेसम्म ती सबैको पुनर्सङ्गठन भैसक्यो । जनयुद्धको जगमा जनविद्रोह भन्ने कुरा जगहरू भत्किइरहेको स्थितिबाटै हामीले सोचिरहेको विषय होइन कि पुनर्सङ्गठन गरिसकेपछि सोचिएको कुरा हो । नयाँ ढङ्गको माओवादी पार्टी हामीले निर्माण गरिसक्यौं, मोर्चाहरू निर्माण भएका छन्, जनतासँगको एकता सुदृढ भएको छ, अरु कयौं कुराहरूलाई हामीले एउटा प्रक्रियामा लगिसकेका छौं भने अब तपाईंले प्रश्न गरेजस्तो स्थिति नै छैन ।
तपाईंहरूले भन्ने 'विद्रोह' शब्दबाटै कोहीकोही तर्सिन थालेका छन्, त्यसको ठ्याक्कै अर्थ र स्वरूप चाहिँ कस्तो हुन्छ ? माओको नेतृत्वमा चीनमा भएजस्तो कि लेनिनको नेतृत्वमा रुसमा भएजस्तै कि अन्य कुनै मोडल हुन्छ त्यसको ?
यसलाई शब्दमा जनताको असहमति, जनताको प्रतिवाद, प्रतिरोध र अन्तमा गएर जनता आफैंले राज्यको नेतृत्व गर्ने आदि ढङ्गले प्रस्ट्याउन सकिन्छ । यो दुई-तीन पटक, विभिन्न रूप, स्केल र मात्रामा नेपालमा यसअघि पनि आइसकेकै कुरा हो । यसैलाई हामीले अझै सुसङ्गठित गर्ने कुरा हो । यसको केन्द्रविन्दुमा अहिले धेरै कुरा छैन, त्यसमा अहिले जनताका अधिकारहरूलाई सुनिश्चित गर्ने कुरा छ । जनताका अधिकार सुनिश्चित नहुँदा अहिले मजदुर, किसान, महिला, जनजाति, युवालगायत कोही पनि नागरिक सन्तुष्ट हुने स्थिति नभएकाले त्यही आधारबाटै विद्रोह सङ्गठित भई बिस्फोट हुने कुरा हो । रुसमा भएको पनि यही हो, चाइनामा भएको पनि यही हो । तर, त्यसको अभिव्यक्ति विभिन्न ढङ्गले हुन सक्छ । रुसमा एकैचोटि सशस्त्र प्रतिरोधको ढङ्गले भयो, चीनमा नियमित जनसेना निर्माण गरेर भयो । नेपालमा हामीले ती सबै प्रयोग गरिसकेका पनि छौं र अबको आन्दोलनले कस्तो माग गर्छ- त्यो हेर्दै स्टेप चाल्ने कुरा हुन्छ ।
कुनै देशको अन्धानुकरण गर्दै हुनुहुन्छ, त्यसैले पनि असफल हुने निश्चित छ भन्नेहरूलाई के भन्नुहुन्छ ?
अहिलेको विश्वमा कुनै एउटा मुलुकको यान्त्रिक अनुकरण त असम्भव कुरा हो, हामीले कहिल्यै त्यसरी सोचेका छैनौं । तर, ती सबै देशले आर्जन गरेका अनुभव र शिक्षाको नजिकनजिकबाटै गुज्रने कुरा भने हुन सक्छ । रुसमा जस्तो मजदुरवर्गीय एकता भयो, तिनले सङ्घर्ष गरे- रूपमा त त्यसकै नजिक हामी पुग्नुपर्छ । चाइनाका पनि कयौं विधि हामीले अपनाउनुपर्ने हुन सक्छ । तर, अहिले नै लडाइँमा होमिइसकेको जसरी खाकै बनाएर त हामीले सोचिसकेका छैनौं । हामीले अहिले यत्ति भनेका छौं कि आफ्ना अधिकारहरूबाट वञ्चित हुँदा पीडित हुनेहरू सबै सङ्गठित हुनुपर्छ र राज्यसँग असहमति राख्नुपर्छ ।
हिजो प्रचण्डकै नेतृत्वमा पनि पटकपटक जनविद्रोहको प्रयास गरिए तापनि सफल हुने सम्भावना नदेखिएकैले पछाडि हट्नुपर्यो भनिन्छ । अब तपाईंहरूले नेतृत्व गर्ने विद्रोह चाहिँ कसरी सफल होला त ?
विद्रोहको कुरा त सबैले गरेकै हुन् नि । नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले समेत 'संविधानसभामा विद्रोह हुन्छ' भनेर भाषण गरे भने प्रचण्डले नगर्ने त कुरै भएन ! विद्रोह शब्दलाई जथाभावी प्रयोग गर्दै सस्तो बनाउने कुरा पनि सही होइन । दबाब दिने हतियार बनाउनलाई पनि विद्रोह-विद्रोह भनिन्छ र साँच्चै नै जनताका अधिकार सुनिश्चित गर्ने उद्देश्यले पनि विद्रोह भनिन्छ । उहाँहरूले विद्रोह भन्नु त भयो तर विद्रोह सङ्गठित गर्ने बारेमा अथवा जनतालाई साथ लिएर अघि बढ्ने बारेमा कहिल्यै पनि निर्णय लिन सक्नु भएन । उहाँहरूको अहिलेको विचलनको प्रमुख कारण नै त्यही बन्न पुग्यो । मेरो ख्यालमा बेलाबेला मधेशी समूहहरूले भन्ने वा रामचन्द्र पौडेलहरूले भन्ने वा प्रचण्डहरूले भन्ने विद्रोह र नेकपा-माओवादीले भन्ने विद्रोहलाई कसैले पनि एकै ढङ्गले बुझेको छैन । माओवादीले भन्ने विद्रोह चाहिँ वास्तवमै नेपालको राजनीतिक वस्तुस्थितिलाई अगाडि बढाउनका लागि नै भनिएको हो भन्ने कुरा शायद सबैले बुझेका छन् ।
यतिबेला तपाईंहरूसँग सेना नै त छजस्तो लाग्दैन, जनताको सशस्त्र शक्तिविना जनविद्रोह गर्ने वा राज्यसँग टक्कर लिने कुरा कत्तिको वस्तुसङ्गत हुन्छ ?
यसमा त हामी पहिले सैद्धान्तिक ढङ्गबाट स्पष्ट हुनुपर्छ । जनताले यदि राज्यलाई आफ्नो प्रभाव वा नियन्त्रणमा लिने हो भने जतासँग लडाकु शक्ति हुनैपर्छ भन्ने विश्वव्यापी सैद्धान्तिक मान्यता हो । अब त्यसको सङ्गठन ठ्याक्कै कतिबेला र कसरी गर्ने भन्ने कुरा चाहिँ परिस्थितिसापेक्ष विषय हो । अहिले हामीले नियमित सेना बनाएर 'रन' गरेको स्थिति त छैन तर त्यसको आवश्यकतै हुँदैन भनेर पनि भनेका छैनौं । यी दुई कुराको बीचमा तालमेल हुन्छ ।
एउटा अलग प्रसङ्गमा कुरा गरौं । कुनै बेलाका प्रचण्ड र यतिबेलाका विप्लवमा एउटै प्रकृति, प्रवृत्ति र लक्षण देखियो- उस्तै गतिशीलता, उस्तै क्रियाशीलता, उस्तै नेतृत्व-क्षमता र उस्तै महत्त्वाकाङ्क्षा । भोलि गएर विप्लवको अन्त्य पनि प्रचण्डकै स्वरूपमा हुन्छ अर्थात् हिंसात्मक र क्रान्तिकारी प्रयोगद्वारा शक्ति आर्जन गर्ने, शक्ति र सत्ताको नजिक पुगेपछि सम्झौतामा टुङ्गिने नै हुने छ भन्ने चर्चा-परिचर्चा व्याप्त छ । यी टिप्पणीलाई कसरी लिनुभएको छ ?
यसमा मेरो त भन्नु केही पनि छैन । नगर्नेलाई असक्षम भन्ने भैहाले, गर्नेलाई महत्त्वाकाङ्क्षी पनि भनी नै हाल्ने भए । क्रान्तिको कुरा गर्यो- दुस्साहसी भन्ने भैहाले, नगर्यो- दक्षिणपन्थी भन्ने भैहाले । यो खालको एउटा आलोचनात्मक कोण हुँदोरहेछ समाजमा, बुद्धिजीवीहरूमा अथवा केही राजनीतिज्ञहरूमा । यी भनाइलाई म त्यसकै अभिव्यक्ति ठान्छु । मेरो आफ्नो दृढ मत छ कि मान्छे एक्लै केही पनि होइन । सबैका क्षमतालाई जोड्ने अवसर पाउँदा, नेतृत्व गर्नुपर्दा धेरै कुराहरू गर्न सकिन्छ, स्थितिलाई अगाडि बढाउन सकिन्छ र दुनियाँलाई बदल्न सकिन्छ, यो कुरामा मेरो दृढ आत्मविश्वास हो । र, आज हामीले जुन क्रान्तिको कुरा गरिरहेका छौं, यो कोही-कसैको महत्त्वाकाङ्क्षाको परिणाम होइन । यसलाई हामीले नेपाल राष्ट्रको वस्तुगत आवश्यकताका रूपमा ग्रहण गरेका छौं । र, अरु बाँकी जो शङ्का र प्रश्नका कुरा छन्- विश्वासघात गरिँदैन, यो कुरामा हाम्रो दृढ सङ्कल्प छ । जुनसुकै मूल्य चुकाइने छ तर जनताका अधिकार स्थापित गर्ने एजेन्डाबाट पछि हटिने छैन । अरु बाँकी त व्यवहारमा हेर्दै जाने कुरा हो ।
आफू र आफ्ना सहयोगी-समर्थकहरूलाई राम्ररी स्थापित गरेर क्रान्ति वा बल प्रयोगबाटै भए पनि अलिक राम्रो हैसियत बनाएपछि तपाईंको नियति पनि सम्झौतामा विसर्जन नै हो, त्यसबाहेक तपाईंका सामु कुनै बाटो छैन भन्छन् त ?
होइन, मैले भनिसकें कि यी आरोप सत्य वा गलत के हुन् भन्ने ठम्याउन त दुइटा कुरालाई हेर्ने हो- एउटा, सैद्धान्तिक-वैचारिक कुरा र अर्को, व्यावहारिक कुरा । त्यत्तिकै आशङ्का मात्रै गर्ने हो भने त यो संसारको निर्माण र परिचालन नै हुन सक्दैन । कसै न कसैले राम्रो गर्ला, अनुसन्धान गर्ला र समाधान गर्ला भन्नेतिरबाट विश्वास नगर्ने हो भने कुनै पनि नयाँ सिर्जना, नयाँ परिवर्तन त सम्भवै हुँदैन नि । सैद्धान्तिक ढङ्गले हाम्रो सङ्घर्ष कहाँनेर भयो, यो पार्टीको निर्माण कसरी भयो भन्ने कुरा हेर्नुहुन्छ भने जब माओवादी आन्दोलनका आदर्शहरू, विचारहरू, मान्यताहरू प्रचण्ड-बाबुरामजीहरूबाट भत्काइयो, उल्ट्याइयो-विचलनहरू देखियो, त्यसपछि नै यो पार्टी निर्माण भएको हो । यदि हामीमा पनि उस्तै-उस्तै गरेर बस्ने इच्छा भैदिएको भए त त्यसरी विचार-आदर्शमा आएको विचलनलाई संश्लेषण गरेर लड्नुपर्ने जरुरत नै थिएन । अर्को, अवसर र सुविधा प्राप्तिको जुन कुरा उठाउनुभयो- अहिले विचलित हुनुभएका जो साथीहरूका हामीले कुरा गर्यौं, उहाँहरूले भोग गरेजत्तिको सुविधाका लागि बन्दुक उठाउनै पर्दैन । अहिले प्रचण्डजत्तिकै चर्चामा आउनका लागि फेरि अर्को कुनै क्रान्तिको नाटक रचिरहनै पर्दैन । यी कुरा त पहिल्यै हामीलाई प्राप्त नै थिए किनकि हामी सबै माओवादीहरू उही एउटै मोर्चाबाटै, त्यसैगरी योगदान गरेरै आएका त हौं, त्यसैगरी स्थापित भएकै हौं । त्यति मात्र होइन, अझै त्योभन्दा बढ्ता सुविधाका लागि पनि अहिल्यै यहीं नै अवसर छ । त्यसका लागि फेरि कुनै क्रान्तिको कुरा गर्नुपर्ने, फेरि छुट्टै व्यक्तित्व बनाएर फाइदा लिने प्रयास गर्नुपर्ने जरुरी नै छैन । फेरि म भन्छु- यस्ता प्रश्न त उठ्छन् तर यी समाधान गर्न सकिने प्रश्न हुन्, चिन्ता मान्नुपर्ने कुनै कारण छैन । रुसमा पनि एउटा क्रान्ति असफल भएपछि यस्तै प्रश्न उठेका थिए । लेनिन पागल हो, लेनिन महत्त्वाकाङ्क्षी हो, लेनिन तानाशाह हो भन्ने कुरासम्म पनि त मान्छेले गरेका थिए । त्यतिबेला लेनिनले एउटा मीठो जवाफ दिनु भएको थियो- 'तिमीहरू तानाशाह हुनुभन्दा त जनताका निम्ति मै तानाशाह हुनु नै राम्रो हो' भनेर ।
यदि आत्मसमर्पण र सम्झौताको बाटो रोज्नुभएन भने तपाईंहरूको गन्तव्य पनि चारु मजुमदारकै बाटो हो भनिँदैछ नि ?
ठीकै भन्नु भो, यस्ता पनि चर्चा हामीले सुनेका छौं । यहाँ अनेकौं छन्- लिट्टेका कुरा, प्रभाकरणका कुरा, साथीहरूले कहिलेकाहीं चे ग्वेभाराका कुरा पनि गर्छन्- यस्ता आई नै हाल्छन् । तर, म के ठान्छु भने इतिहासमा सुलेमान, मिलेराँ, ज्योति बसु हुनुभन्दा त चारु मजुमदार हुुनु नै राम्रो हो; चे हुनु नै राम्रो लाग्छ मलाई । यो मेरो आफ्नो आदर्शको कुरा हो ।
हालै 'लुसुक्क' चाइना पुगेर आउनु भो भनिँदैछ, पटक-पटकका चीन भ्रमणबारे व्यापक टीकाटिप्पणी भइरहेछन् नि ?
लुसुक्क गएको भन्ने कुरा सही होइन । सीआईसीसीले एउटा कार्यक्रम आयोजना गरेको थियो, म त्यही अन्तक्रिर्या कार्यक्रममा भाग लिन गएको हुँ । पार्टीको निर्णय र छलफलअनुसारै गएको हुँ । हो, मैले त्यसबारे हल्लाखल्ला चाहिँ गरिनँ । चाइना जाने र आउने विषय त्यति ठूलो कुरा पनि त होइन । नेपालमा कस्तो छ भने उत्तरतिरको प्लेन चढ्यो भने सात समुद्रपारि गएको भन्दा पनि ठूलो रूपमा हेरिन्छ । र, अन्यत्र गयो भने सामान्य भान्छा-चुलोमा गएजस्तै रूपमा लिइन्छ । यी सारा टीकाटिप्पणी बुझाइको समस्याबाहेक अरु केही पनि होइनन् । त्यहाँको कार्यक्रम राम्रो भयो, बुद्धिजीवीहरूसँग अन्तक्रिर्या गरियो, आइयो ।
हिजो अलग पार्टी बनाउन पनि विप्लवकै बढ्ता सक्रियता रह्यो तर आज उही विप्लव प्रचण्डहरूसँग एकता गरिहाल्नुपर्छ भनेर हतारिएका छन् भन्ने चर्चा पनि व्यापक छ नि ?
यो कुरामा कुनै सत्यता छैन त्यसैले यसबारे मैले केही भनिरहनु जरुरी नै छैन । मैले भनेको के हो भने राजनीतिमा अब कदापि एकता नै हुँदैन भन्ने कुरा गर्नु हुँदैन । रूपान्तरणहरू हुन सक्छन् । नारायणकाजीहरूसँग त एकता भयो भने प्रचण्ड-बाबुरामजीहरू पनि आफ्ना भूलहरू सच्याएर आए भने एकता हुन सक्छ । अर्को, मैले भन्ने कुरा के पनि छ भने जो-जोसँग विचार मिल्छ, त्यहीं एकता गर्नुपर्छ; हैरान-परेसान गर्नुहुन्न । यो माओवादीको ट्रयाक भनेको छुट्टै कुरा हो, यसले क्रान्ति पूरा गर्ने उद्देश्य राखेको छ, एकता-सेकता गर्दै अन्यत्र जाने कुरासँग यसको सम्बन्ध छैन । एउटा कुरा कस्तो हुँदोरहेछ भने मान्छेले जानीजानी हमला गर्छन्, जानीजानी गलत विश्लेषणहरू गर्छन्- तिनको प्रयत्न जहिले पनि क्रान्ति नहोस् भन्ने हुन्छ, क्रान्तिलाई भ्रमित पार्न पाइयोस् भन्ने हुन्छ, क्रान्तिकारी नेताहरूलाई बद्नाम गर्न सकियोस् भन्ने हुन्छ । साम्राज्यवादी-विस्तारवादीका एजेन्ट, चाटुकार र दलालहरूको त्यस्तो उद्देश्य त भई नै हाल्छ । समाजमा यही व्यवस्था टिकिराखोस् भन्नेहरूले, यही व्यवस्थाको पूरा महिमागान गर्नेहरूले अर्को ढङ्गले हमला गर्ने गर्दछन् । त्यो हमलाका पछाडि कुनै तुक छैन, चिन्ता मान्नुपर्ने कुनै आवश्यकता म देख्दिनँ । यो त हामीले काम गर्दै, पुष्टि गर्दै जाने कुरा हो ।
(जनजिब्रो साप्ताहिक, २८ भदौ, २०७० बाट)

0 comments