मैले पीडा सुनाउँदा मेरा नेता हाास्न थाले --लेखनाथ न्यौपाने, युवानेता, नेकपा―माओवादी
कुनै बेला उनलाई सडक बाघ भन्थे विद्यार्थीहरु । जतिबेला तत्कालीन नेकपा (माओवादी) सशस्त्र युद्धमा थियो, त्यतिबेलै उनी काठमाडौं वरिपरिको रिङ क्षेत्रमा बसेर राजधानीमा विद्यार्थी आन्दोलन चर्काउँथे । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि उनी सडक बाघ नै बने । उनी अर्थात लेखनाथ न्यौपाने, त्यसबेला माओवादीका शक्तिशाली भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष थिए । विस्तारै माओवादी पार्टीका नेताहरु भोगविलास र पैसा भण्डारण गर्नेतिर लागेपछि लेखनाथ आफ्नै नेताहरुमाथि बाघले झैं भम्टिन थालेका थिए । त्यसपछि नै लेखनाथका दुःखका दिन शुरु भए ।
नेतृत्वले आफ्नो कमाइ धमाइमा लेखनाथ बाधक बनेको पटक्कै रुचाएन । आफ्ना छोराछोरीलाई महँंगा बोर्डिङमा पढाउँदा लेखनाथले लिष्ट नै बनाएर पार्टी भेलामा भण्डाफोर गर्दा धेरै नेताको मनमा झस्का पसेको थियो । अन्ततः अखिल क्रान्तिकारीबाट बिदा भए लगत्तै लेखनाथ राजनीतिक मूलधारबाट पनि अलग जस्तै भए । पार्टीमा खरो कुरा गर्ने र क्रान्तिकारी हुनेहरुको जे हविगत हुन्छ, त्यही हविगत लेखनाथको पनि भयो । बाबुराम–प्रचण्ड नवप्रतिक्रियावादी बनेपछि उनले मोहन वैद्य र रामबहादुर थापा बादललाई साथ दिए । यसपालीको सातौं महाधिवेशनमा पनि भाग लिए तर उनलाई किन हो किन, यो महाधिवेशन हो कि कुम्भ मेला हो जस्तो लागे छ । शरीर रोगले थलिदै गए पनि उनको बिचार थलिएको रहेनछ, यसै सन्दभर्मा साँघुले लेखनाथसँग गरेको लामो सम्बाद अन्तरवार्ताको रुपमा प्रस्तुत छ ।)
नेतृत्वले आफ्नो कमाइ धमाइमा लेखनाथ बाधक बनेको पटक्कै रुचाएन । आफ्ना छोराछोरीलाई महँंगा बोर्डिङमा पढाउँदा लेखनाथले लिष्ट नै बनाएर पार्टी भेलामा भण्डाफोर गर्दा धेरै नेताको मनमा झस्का पसेको थियो । अन्ततः अखिल क्रान्तिकारीबाट बिदा भए लगत्तै लेखनाथ राजनीतिक मूलधारबाट पनि अलग जस्तै भए । पार्टीमा खरो कुरा गर्ने र क्रान्तिकारी हुनेहरुको जे हविगत हुन्छ, त्यही हविगत लेखनाथको पनि भयो । बाबुराम–प्रचण्ड नवप्रतिक्रियावादी बनेपछि उनले मोहन वैद्य र रामबहादुर थापा बादललाई साथ दिए । यसपालीको सातौं महाधिवेशनमा पनि भाग लिए तर उनलाई किन हो किन, यो महाधिवेशन हो कि कुम्भ मेला हो जस्तो लागे छ । शरीर रोगले थलिदै गए पनि उनको बिचार थलिएको रहेनछ, यसै सन्दभर्मा साँघुले लेखनाथसँग गरेको लामो सम्बाद अन्तरवार्ताको रुपमा प्रस्तुत छ ।)
० नेकपा–माओवादीको महाधिवेशनमा युवापुस्ताका लागि खास उत्साहप्रद रहेन भनियो । त्यस्तै भएको हो कि ?
युवाहरुको मत दुई ठाउँमा अभिव्यक्त हुनुपर्ने थियो । एउटा लाइनको सन्दर्भमा, अर्काे लिडरसिप बनाउने सन्र्दभमा । लाइनको सन्दर्भमा युवहरुको मत सुनवाइ हुने कुरामा ठीकै भयो । महाधिवेशनमा युवाहरुले उठाएका विषय माक्र्सवादको आधारभूत सिद्धान्तः वर्गसंघर्ष र बलप्रयोगको सिद्धान्त हो । बल प्रयोगको सिद्धान्तलाई महाधिवेशनले दृढतार्पूवक समातेको छ । बल प्रयोग नगरी हाम्रो वर्गको रक्षा गर्न सकिदैन । अर्थात विना बल प्रयोग हाम्रो आन्दोलनको रक्षा र विकास गर्न सकिदैन । त्यो विषयलाई पार्टीले समातेको छ । नेतृत्वको सवालमा कुराकानी गर्ने हो भने चाहिं अलिकति मिलेको छैन । महाधिवेशन अगाडि जति संख्यामा केन्द्रीय समिति, पोलिटव्युरो, पदाधिकारी थियो, लिडरसीपको कार्यविभाजन जे थियो त्यही हुँदा चाहिं नयाँ केही भएन भन्ने कुरा आम र पार्टीभित्र पनि छलफल चलेको छ । त्यसलाई आगामी दिनमा लिडरसीपले शिक्षाको रुपमा ग्रहण गर्दै सम्बोधन गर्नुपर्छ भन्ने ठान्छु ।
० लिडरसीपमा पुरानै अनुहारले निरन्तरता पाउँदा नयाँ पुस्तामा काम गर्ने उत्साह प्राप्त हुन्छ र ?
यसमा दुई तीनवटा पं्रसगबाट हेर्नुपर्छ । कार्यकर्ताको मूल्यांकन गर्ने विधि के हो ? कुन विधिका आधारमा कार्यकर्ताको प्रमोशन गर्ने हो ? अथवा कसलाई के जिम्मेवारी दिने हो भन्ने कुरा अलिकति फराकिलो ढंगबाट सोच्नुपर्छ । जसलाई चिनेको छ, त्यो नै सत्य हो भन्ने आधारमा जिम्मेवारी बाँडफाँड गर्न खोजियो भने त्यो एकांकी बन्छ । त्यो तरिकाले आन्दोलन बन्दैन । यो कुरा, अहिलेको महाधिवेशनमा मात्रै होइन, महाधिवेशनपछिको लामो राजनीतिक यात्रामा पनि गम्भीरतापूर्वक ख्याल गर्नुपर्छ । कार्यकर्ताको क्षमता र इमान्दारिकता मापन गर्ने कुरा भनेको एउटा वर्गसंघर्षमा उसले खेलेको भूमिका, दोस्रो, उसले अन्तरसंघर्षमा खेलेको भूमिकाका अधारमा हो । तेस्रो र महत्वपूर्ण कुरा, सबैले सबैसँग कम्युनिष्ट विधि अनुसार नै प्रतिस्पर्धा गर्ने विधि के हो ? यो कुरा किटान गर्नुपर्छ । मेरो योग्यता प्रमाणित गरिपाउँ भनरे विधिमा प्रवेश गर्न खोज्नु वा एक सदस्यले अर्काे सदस्यसँग प्रतिस्पर्धा गरेर योग्य ठहरिने र त्यो योग्यताको आधारमा जिम्मा लिने तरिका के हो भन्ने कुरामा पनि आम बहस गर्नुपर्छ । त्यो बहस पार्टीभित्रको निर्णय प्रक्रियामा पनि प्रवेश गराउनुपर्छ भन्ने ठान्छु । महाधिवेशनले यी विषयले जुन मात्रामा बहस गरेर आकार ग्रहण गर्नुपर्दथ्यो त्यो मात्रामा बहस र आकार ग्रहण गर्न सकेन ।
० नेतृत्वहरु बढी शुद्धतावादी हुँदा युवालाई नेतृत्वमा ल्याएर जोखिम मोल्ने आँट गरेन भन्ने बुझाइ हो ?
कुनै एउटा सन्दर्भमा कुनै एउटा पार्टी सदस्य या सहयोद्धा नेतृत्वमा गयो वा पुग्यो भने त्यो आजीवन नेतृत्व नै भइरहने भन्ने कुरा माक्र्सवादसम्मत होइन । उसको टेष्ट कसरी गर्ने ? नेतृत्वमा जाने कुरा क्षमताले हो । यो क्षमतासहितको संयोग पनि हो । कुनै संयोगले केन्द्रमा गएको साथी र कुनै एउटा संयोगले केन्द्रमा जान नपाएको साथीले प्रतिस्पर्धा गर्ने विधि के त ? विधिमै बसेर एउटा सदस्यले खुला चुनौती खडा ग¥यो, “म अहिले भएका ४३ जना केन्द्रीय सदस्यहरुसँग विचारको तहमा, राजनीतिक वहसको तहमा, गति, खटाइ र परिणम निकाल्ने तहमा या चौतर्फी तहमा प्रतिस्पर्धा गर्न तयार छु्ु” भनेर चुनौती खडा ग¥यो भने त्यसलाई कुन विधि अनुसार मापन र सम्बोधन गर्ने ? हिजो त प्रचण्ड बाबुरामलाई सख्या चाहिएको थियो, अयोग्य मान्छेहरु एकता, विद्रोह वा अन्य विविध नाममा केन्द्रीय समितिमा नियुक्त गरियो । हामीले त्यो विधि बेठीक थियो, अनुचित थियो, बहुमत पु¥याउनलाई थियो भनेपछि त हामीले नयाँ प्रकारको विधिमा प्रवेश गर्न सक्नुपर्ने थियो । त्यो भएन । महाधिवेशन सकिएको हुनाले यो विषय आगामी दिनमा शिक्षाका रुपमा लिनुपर्ला ।
० जो नेता भयो त्यो सधै नेता भइरहेन प्रथा कम्युनिष्ट पार्टीमा किन भइरहन्छ ?
यसको दुईवटा पक्ष छन । पहिलो यति लामो समयसम्म नेपाली कम्युनिष्ट आन्दोलन निर्णायक विजयमा प्रवेश गर्न नै सकेन । जहिले पनि आन्दोलन वा वर्गसंघर्षको फेज भइरह्यो । आन्दोलन व्यवस्थित ढंगले अगाडि नजाने र अगाडि गएको आन्दोलन विजयसम्म नपुग्ने, संधैभरी आन्दोलन गरिरहनु पर्ने अवस्था रहेकोले कुनै पनि नेता कार्यकर्ताले विश्राम लिन्छु, रिटार्यड हुन्छु भन्ने अवस्थाको सिर्जना नै हुन पाएन । आन्दोलन विजय नभइकन या संस्थागत नभइकन रिटार्यड हुने कुरा त्यति उपयुक्त हुँदैन । त्यसर्अथमा हाम्रो महाधिवेशनले केही गरेन जस्तो देखिएको हो । बहस त भयो तर निर्णयमा जाँदा अध्यक्ष पनि उही, महासचिव पनि उही, उपाध्यक्ष पनि उही, सचिव पनि उही, पोलिटव्युरो पनि उही, पहिला जति जना केन्द्रीय सदस्य थिए, त्यति जनाकै नेतृत्व भनेपछि कँही न कँही हामीले निर्णय गर्न सकेनौ भन्ने बहस चलेकै छ । यसलाई नकार्न मिल्दैन । तर यो बहस अगामी भेला सम्मेलन, महाधिवेशनका लागि गम्भीर शिक्षाका रुपमा लिनुपर्छ भन्ने लाग्छ ।
० नेकपा–माओवादीमा यो विग्रेको बौद्ध भेलाबाट नै होइन र ?
कम्युनिष्ट पार्टीमा सदस्यहरुले आफ्नो मत कमिटीभित्र राख्ने कुरा हो । बाहिर बोलेर प्रभावित गर्छु भन्ने कुरा र्बुजुवा तरिका हो । तर, कैयौं यस्ता विषय छन जो आन्तरिक बहस गरेर मात्रै पुग्दैन र सार्वजनिक बहस गर्नु जरुरी हुन्छ । यस्ता बहस पार्टीलाई राम्रो बनाउनकै लागि हो । आन्दोलनलाई सुसंगठित गर्नकै लागि हो भन्ने बुझ्नु पर्छ । यसरी हेर्दा, अन्तर्राष्ट्रिय कन्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा पनि केन्द्रीय नेतृत्वको जिम्मेवारी विचारको तहमा आन्दोलन उठ्यो भने अध्यक्षका रुपमा अभिव्यक्त गर्ने र त्यो विचारको तहमा उठेको छैन भने महासचिवको नेतृत्वमा कलेक्टिभ नेतृत्वको अभ्यास गर्ने परम्परा हो । २०५७ सालमा हाम्रो पार्टीले दोस्रो राष्ट्रिय सम्मेलनमार्फत अध्यक्षको रुपमा पार्टी संरचनालाई अभिव्यक्त गरेको हो । हामी विचारको तहमा उठ्यौं र त्यो विचार भनेको प्रचण्डपथ हो भनेर सश्लेषण गरेका थियौं । प्रचण्डपथ गलत थियो भनेर हामीले बौद्ध भेला र अहिले महाधिवेशनमा पनि भन्यौं । प्रचण्डपथ हतारको निर्णय थियो, त्यसैले विकास थिएन । व्यक्तिका महत्वकांक्षालाई पार्टीले नबुझेर संश्लेषण गरेका थियौं भनेर आइसकेपछि पार्टीले अन्तर्राष्ट्रिय र नेपालको अनुभवमा पनि मुख्य नेतृत्व महासचिव र अरु नेतृत्वहरु सदस्य भएर कलेक्टिभ नेतृत्वको अभ्यासमा जानुपर्ने थियो । यहाँ हामी चुकेकै हो । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव भन्ने त संसदीय अभ्यास हो । संसदीय तरिकालाई नै क्रान्तिकारी कम्युनिष्ट पार्टीले अवलम्बन गर्नु जरुरी थिएन भन्ने मत पनि थियो । त्यसकारण यो मतबारे विधिमा पनि बहस गर्नुपर्छ, सार्वजनिक हिसाबमा पनि बहस गर्नुपर्छ । अन्तर्राष्ट्रिय र नेपाली अनुभवका आधारमा आगामी दिनमा सच्चाएर जानुपर्छ ।
० महाधिवेशनमा उमेर हदबन्दीको कुरा पनि उठेको थियो । तपाईहरुको भनाई अुनसार यो मत पनि ठीकै हो जस्तो लाग्छ नि ?
राजनीति गर्ने भनेको, नेतृत्व चयन गर्ने भनेको शुद्ध संसदीय र बुर्जुवा तरिकाद्धारा र्निवाचित हुने तरिकाबाट बढी नै प्रशिक्ष्ाित र प्रवाहित भएको ठूलो जेनेरेशन छ नेपालमा । संसदीय राजनीतिमा रिर्टायड हुने कुरा हुन्छ । तर, हाम्रो आन्दोलन विजय भएकै छैन, विजय नभएको आन्दोलन संस्थागत हुने कुरा त कहाँ छ कहाँ ? यस्तोबेला उमेरको कुरा उठाउने, रिटार्यडको कुरा उठाउने, दुई र्कायकालभन्दा बढी बस्न नपाउने अवस्थाको कुरा त्यति वस्तुवादी हुँदैन भन्ने ठान्छु । सँगै अर्काे पक्ष पनि हेर्नुपर्छ, उमेर बढ्दै जाँदा शारीरिक र मानसिक हिसावले मानिस कमजोर बन्दै जान्छ । आँखा कम देख्छ, कान कम सुन्छ, स्मरणशक्तित कमजोर हुन्छ । सेलहरु मर्दै चाउरी पर्छ । यि सबै प्रकृयाले कँही न कँही समस्या आउँछ । त्यसलाई भने सम्बोधन गर्नैपर्छ । यो अघिल्लो पुस्ताका आदरणीय नेताप्रति गरिएको आलोचना होइन । यो पक्षलाई सम्बोधन गर्न सकिएन भने समग्र आन्दोलनलाई सम्बोधन गर्न गा¥हो हुन्छ । किरण दाइले महाधिवेशनमा भन्नुभयो, “भर्खर पार्टी फुटेको छ, दक्षिणपन्थी संशोधनवादका विरुद्ध विद्रोहको झन्डा उठाएका छांै । यो वैचारिक संघर्षका आधारमा वर्गसंघर्षको झन्डा उठाउनुपर्ने छ । यो चुनौतिको बीचमा मैले विदा लिन्छु, अरु नेतृत्वका साथीहरुले विदा हुन्छु र अरु साथीलाई अगाडि बढाउछु भन्दा आन्दोलनलाई पार नलगाउने तरिका हुन्छ । आन्दोलनबाट भागेको वा साइट लागेको जस्तो हुन्छ । त्यसकारण मृत्यु स्वीकार छ तर सबै मिलेर आन्दोलनको नेतृत्व गरेर जानुपर्छ ।” यो मर्मलाई सबैले सम्मान गर्नुपर्छ ।
० पार्टीभित्रका क्षमतावान, उर्जाशील युवाहरुलाई केन्द्रमा तान्ने इच्छा या जोखिम दुवै उठाउन नचाहेको सत्य त हो नि ?
लिडरसीपसँग यो विषयमा पछिल्लो समयमा अन्तरक्रिया गरेको छैन । अन्तरक्रिया गर्नुपर्छ भन्ने ठान्छु । हामी जतिसुकै अनुशासित बन्नुपर्छ भने पनि बाहिर आम जनताले सोध्छन, मिडियाले सोध्छ, शुभचिन्तकले सोध्छ, त्यहाँ त हामीले अन्तरक्रिया गर्नै पर्छ, भाग्न त मिल्दैन । यस्ता अन्तरक्रियाबाट आन्दोलनको विकासका निम्ति, आन्दोलनलाई व्यवस्थित गर्नका लागि केही नयाँ तर्क आउछन भने अन्यथा ठान्नुहुदैन । त्यसकारण महाधिवेशनले केन्द्रीय लिडरसीपको सन्दर्भमा जुन नयाँ निर्णय गर्नुपर्दथ्यो त्यो गर्न नसकेकै हो । मैले अध्यक्ष अर्को हुनुपर्छ भन्न खोजेको होइन, केही दर्जन नयाँ युवाहरुलाई भर्ति गर्नुर्पदथ्यो । त्यो चाहिं निर्णय गर्न नसकेकै हो ।
० तपाईले यो विषयमा लिखित रुपमै असहमति राखेको हो ?
होइन । मैले लिखित रुपमा किन दर्ज गरिन भने हाम्रो संस्कृति नि त्यस्तो होइन । हामी विचारसंघर्ष र वर्गसंघर्षको हिसाबले ठूलो सेटव्याक खाएर यो पुनर्संगठनको अवस्थामा आएका छौं । पार्टी, विचार र आन्दोलनलाई पुनसंगठित गर्ने प्रतिवद्धतासहित आएको हुनाले आलोचनामात्रै, विमति राखेर मात्रै अगाडि जानसक्दैनौं । यस्ता कतिपय विषयमा धैर्यतापूर्वक सुन्नुपर्ने, पर्खनुपर्ने र अभिव्यक्त गर्नुपर्ने ठाउँमा हामी छौं । अलिअलि नमिलेको जस्तो लागैकै छ । त्यसकारण आगामी दिनको शिक्षाका लागि मिहिनेत गनुपर्छ । पहलकदमी लिनुपर्छ । भित्र र बाहिर दुवैतिर बहस गर्नुपर्छ भन्ने मेरो मत हो ।
० देश फिजीकरणको दिशामा छ भन्दा या अन्य कतिपयप सन्र्दभमा महाधिवेशन हलमा दस्तावेजको विपक्षमा मतहरु प्रशस्त आए । यसको मतलव त्यहाँभित्र पनि समस्या त जटिल नै रहेछन नि ?
हामी संयुक्त माओवादीमा हुँदा जे जे समस्या भोगेका थियौं, ती समस्याबाट मुक्त भयौं र पुरै शुद्ध माओवादी बन्यौ भन्ने मेरो दावी छैन र होइन पनि । त्यहाँभित्रका खराब अवशेषहरु हाम्रो पार्टीभित्र, आन्दोलनभित्र र नेता कार्यकर्ताभित्र अहिले पनि छ । त्यसलाई हल गर्ने विधिमात्रै नयाँ बनाएको हो । हल गर्ने विधि वर्गसंघर्ष र अन्तरसंघर्ष हो भनेका छौं । महाधिवेशनमा विभिन्न मत आउछन । त्यसरी आएका मत त्यही महाधिवेशन वा भेलामा अन्त्य हुन्छ भन्ने होइन । कैयांै विषय त्यहीँ हल हुन्छन, कैयांै विषय पछिसम्म जान्छन्। । यो विषयमा मत दर्ज गर्ने साथी वा सदीयले धैर्यता कायम राख्न सक्नुपर्छ । पार्टीको नेतृत्वले पनि त्यसलाई व्यवस्थित गर्ने विधि बनाउनुपर्छ । तेस्रो कुरा, महाधिवेशन ठूलो सेटव्याक खाएर गर्दैगर्दा संख्यामा कँही न कँही लुज भयो । पुरानो सत्ताको बनिबनाउ भवन, उसको नियन्त्रण र निगरानी रहेको हलमा गर्नुले कति गोपनीयता होला ? थप कुरा मान्छेहरुका महत्वकांक्षा पनि छन । अघिल्लो महाधिवेशन पछि जन्मेकाहरु अहिलेको महाधिवेशनमा प्रतिनिधि भएर आएका छन । तिनले विधि, प्रक्रियाका हिसाबले के सिकेका होलानर हामीले कति सिकाउन सक्यौं ? २२ बर्ष भयो महाधिवेशन नभएको तर २२ बर्षभन्दा कम उमेरका एकतिहाई प्रतिनिधि थिए । चौथौ, पार्टीले सुरुमा प्रतिनिधि चयनको जुन विधि चयन गरेको थियो, त्योबाट पार्टी अलिकति पछाडि हट्यो । प्रतिनिधिहरु समग्र पार्टी सदस्यको ०.५ प्रतिशत र र ०.१ प्रतिशत पर्यवेक्षक भनेर तोकिएको थियो । त्यो विधिमै रहेको भए, हाम्रो महाधिवेशन छलफल, वहस, निर्णय प्रक्रिया र विषयवस्तुको गम्भिरतामा प्रवेश गर्ने हिसाबले गुणात्मक हुन्थ्यो । पार्टीले आवश्यकतै ठानेर होला त्यसको दायरा अलिकति बढाइदिंदा हाम्रो महाधिवेशन त कुम्भभेला जस्तो भयो । संख्या धेरै हुने तर गुणस्तर चाहिं कम हुने जस्तो भयो । त्यसकारण कम्युनिष्ट पार्टीका महाधिवेशनमा प्रतिनिधि संख्या धेरै हुनु ठूलो कुरा होइन । छलफललाइृ गुणत्मक बनाउने कुरा प्रमुख हो । यहाँ कँही न कँही कमजोरी रह्यो । यो पनि आगामी दिनलाई शिक्षा रह्यो ।
० सचिव नेत्रविक्रम चन्द एमाओवादीका अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामलाई गद्दार घोषणा गरेर जानुपर्छ र पार्टी छापामार युद्धमै फर्किनुपर्छ भन्ने मत थियो रे । त्यो दुवै भएना । कुरा के हो ?
केन्द्रीय समितिको बैठकमा नेताहरुका मत के थिए भन्ने कुरा मलाई जानकारी हुने भएन किनभने म केन्द्रीय समितिमा छैन र केन्द्रीय समितिमा फलानो सदस्यले यस्तो भन्यो र उसो भन्यो भनेर बाहिर भन्ने विधि र चलन दुवै हुँदैन । दोस्रो कुरा, प्रचण्ड–बाबुराम गद्दारी गरे भन्ने विषयमा पनि छलफल भयो । तर लाइन नै गलत भएर प्रचण्ड–बाबुरामले धोका दिएका हुन कि लाइन ठीक हुँदाहँुदै पनि उनीहरु बेइमान भएका हुन भन्ने बहस पनि चल्यो । राजनीतिक लाइन गलत भएर उनीहरु गलत भएका हुन्। । राजनीतिक लाइन ठीक थियो, त्यहाँभित्रका मुख्य नेता मात्र गलत भएका हुन भन्ने होइन । दोस्रो राष्ट्रिय सम्मेलन २०५७ देखि नै हाम्रो राजनीतिक लाइन यस्तो बन्यो, कि त्यो लाइन कम्युनिष्ट पार्टीको अन्तरवस्तुबाट चिप्लिएको हो । हामीले त्यहाँ तीनवटा कुरा उठायौं । दोस्रो राष्ट्रिय सम्मेलनले उठाएको विचारमा प्रचण्डपथ, फ्युजनको र्कायदिशाा र संविधानको कार्यनीति सबै असफ भए । तीनवटै चीज गलत सावित भएपछि राजनीतिक लाइन नै गलत थियो भनेर बुझ्नुप¥यो । निष्कर्ष, लाइन गलत थियो र पात्रहरु पनि गलत थिए । यसअर्थमा प्रचण्ड–बाबुरामले धोका दिए भनेको हो । यध्यपि इतिहासमाथि समीक्षा गर्दा आगामी दिनमा त्यस्तो गल्ती नदाहो¥याउने मात्र हो । इतिहास नै सच्याउन त सकिदैन । अहिले हामी त्यही ठाउँमा छौं । गलत लाइनको पहिचान गर्न नसक्ने र निर्णायक लडाई समयमै लड्न नसक्ने हामी क्रान्तिकारीहरुको पनि कमजोरी हो भन्ने कुरा महाधिवेशनमा उठ्यो । यो निकै महत्वपूर्ण विषय हो । प्रचण्ड–बाबुराम गलत भए भनेर गाली गरेर मात्र हामी सही हुन सक्दैनौ । हामी पनि त्यही कमिटीमा थियौं । त्यही आन्दोलनमा थियौं । सहकार्य गरेकै थियौं । चुनवाङ बैठकमा किरण र गौरब कमरेड त जेलमा हुनुहुन्थ्यो, मत राख्न पाउनुभएन तर अरु नेताहरु त सबै हुनुहुन्थ्यो नि । यसले दक्ष्ािणपन्थी दिशा समात्छ्, संसदीय व्यवस्थामा फर्किन्छ, माओवादको अन्तरवस्तुअन्तर्गत आन्दोलन अगाडि जाँदैन भनेर बहस भएन र भएको बहसले पनि निर्णायक भूमिका खेल्न सकेन । यो कुरालाई स्वीकार गर्नुपर्छ र अगाडि जानु पर्छ ।
० एमाओवादीमा हँुदैदेखि उठेको जनविद्रोहको कार्यनीति पारित गरेर तपाईहरुले पनि नयाँ त केही गर्नुभएन नि ?
नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने हाम्रो उद्देश्य हो । छापामार युद्ध त शक्ति सानो हुँदा लड्ने तरिका हो । जस्तो उपत्यकामा मात्रै हामीसँग १२–१३ हजार पार्टी सदस्य छन । देशभरी करिब साँढे ३ लाख पार्टी सदस्य छन । समर्थक, शुभचिन्तकको ठूलो घेरा छ । अर्काेतिर दशवर्ष जनयुद्ध लडेका जनमुक्ति सेना हामीसँग छन्। । हामीसँग जनयुद्ध लडेको अनुभव र ज्ञान छ । कम्युनहरु छन । यो स्थितिमा सबै कुरा छोडेर छापामार युद्धमा फर्किहाल्ने कुरा आवश्यकताका हिसाबले र विधिका हिसाबले पनि पहिलो विकल्प होइन । हामीसँग भएका यी सबै कुरा, जनताका बीचमा रहेको आन्दोलनको मनोभावना, समस्याहरु यथावत र पार्टीको यो ठूलो आकार मिलाउँदा विद्रोह गर्न सकिन्छ कि सकिदैन भन्दा संभावना छ । संभावनालाई छोड्न हुँदैन भन्ने हो । आत्मगत परिस्थिति र बस्तुगत परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्छ । उत्तेजनात्मक र आवेगात्मक निर्णयले मात्रै हँुदैन तर जोखिम भने उठाउनै पर्छ ।
० तपाईले असन्तुष्टि पोखिरहँदा तपाईभित्रको असन्तुष्टिले के को प्रतिनिधित्व गर्छ ?
म असन्तुष्ट छैन र असन्तुष्टी पोख्दै हिंडेर पनि काम छैन । मेरो बुझाइमा राजनीति भनेको व्यक्तिगत गुनासो गर्ने थलो पनि होइन । व्यक्तिगत सम्बन्धका आधारमा पद लिने र दिने प्रकृया पनि पुरै बेठीक हुन्छ । स्वयम् मेरो बारेमा पार्टीले कसरी सोचेको छ भनेर खोज्दै पनि हिंड्दिन । म इमान्दारीका साथ वर्गका निम्ति लागिरहन्छु । अवसरकै लागि कुरा गर्ने हो भने त चाकडी गर्ने, चाप्लुसी गर्ने, नेताहरुको ढोका ढक्ढक्याउने, नमस्कार गर्ने,ज्यू हजुर गर्ने, तपाई त महानै हो भनेको भए एमाओवादीमै महत्वपूर्ण जिम्मेवारी पाउथे होला । २०६० सालदेखि पटक पटक तत्कालीन पार्टी अध्यक्ष प्रचण्डले तपाई केन्द्रमा आउनुपर्छ भनेर म लगायत अरु नेताहरुसँग भनेको कुरा अहिले पनि हाम्रो पार्टीका नेताहरुले उधृत गर्नुहुन्छ । २०६० सालदेखि अहिलेसम्म कति पटक उदारो केन्द्रीय नेता र सभासद भइयो तर प्रचण्डले कहिल्यै कार्यान्यन गर्नुभएन । किनभने यस्ता आलोचनात्मक टिप्पणी राख्ने मान्छेलाई केन्द्रमा ल्याउने हो भने हाम्रो भविष्य छैन भन्ने बुझ्नुभएको थियो, त्यसकारण भन्ने तर कार्यान्वयन नगर्ने नीति लिनुभयो । नयाँ पार्टीमा पनि यही तरिका दोहोरियो भने के भन्ने ?
० तपाईको स्वास्थ्य अवस्थामा गम्भीर बन्दै गएको सुनिएको छ । वास्तवमा के भएको छ ?
यो व्यक्तिगत कुरा हो । किरण दाइ,गौरब दाइहरुले आजीवन पार्टीमा काम गर्नुभयो । सरदर नेपालीहरुको आयु भन्दा माथि उहाँहरु प्ुगिसक्नुभयो । त्यसैकारण हामीले यति धेरै त्याग ग¥यौं, लगानी ग¥यौं भन्दा उपयुक्त नहोला । तर, उर्जाशील जीवन चाहिं हामीले आन्दोलनका निम्ति खर्चेका छौं । म दाबाका साथ भन्छु, इमान्दारीसाथ काम गरे । माक्र्सवादको विधिभित्र रहेर सबै साथीहरुसँग प्रतिस्पर्धा गर्न तयार छु । विचार, राजनीति, वर्गसंघर्ष, अन्तरसंघर्ष, कार्यक्षेत्र, त्यहाँको पहलकदमी र परिणाम सबै हिसाबमा प्रतिस्पर्धा गर्न चाहन्छु । २२ बर्ष मैले विद्यार्थी संगठनमा काम गरे भने मेरो मूल्याङ्कन सैन्य क्षेत्रतिरबाट गर्ने खोजेर हुँदैन । लामो समय जेल बसियो, यातना खाइयो । ६९–६० मै साँढे एक वर्ष पार्टीको जिल्ला इञ्चार्ज भएर काम गरे । मेरो मूल्याङकन यही विषयको आधारमा गर्नु प¥यो नि । तर पछिल्लो समय शारीरिक हिसाबले गम्भीर समस्या देखा प¥यो । ब्याकबोन पछाडि दबेको हुनाले बस्न, हिंड्डुल गर्न समस्या आएको छ । यो समस्या मैले कहाँ भन्ने ? मेरो कमिटी, मेरो नेता कसलाई भन्ने ? संभव भएसम्म उपचारको खोजी गर्ने हो कि ? संभव नै भएन भने कसरी अगाडि जाने भन्ने कुरा छलफल गर्ने खास ठाउँ नै मैले पाइन । बलियो संगठनात्मक विधि नहँुदा, पार्टी सदस्यहरु के गरिरहेका छ भनेर माथिल्लो तह र नेताले अनुगमन गरेन भने तस्करी गर्ने मालामाल भइरहने, खान नपाएर थलिएका कार्यकर्ता त्यही मर्ने अवस्थाबाट आन्दोलनलाई बचाउनुपर्छ भन्ने कुरा हो । एक महिना म पुरै ओछ्यानमा बसें । मेरो पार्टी कमिटीको इञ्चार्जलाई थाहै भएन रे । एकदिन भेटेर जानकारी गराउँदा, थाहा थिएन भन्नुभयो । मैले हाँसो ठट्टासहित पीडा पनि पोखें । उपचारका लागि दिल्ली, बैंकक जान पाएको भए हाम्रा नेताहरुलाई थाहा हुन्थ्यो । मसँग त्यहाँ जाने हैसियत छैन । वीर अस्पतालमा उपचार गराईरहेको छु । त्यसैले जानकारी भएन होला भनिदिएँ । त्यो अलिकति व्यंग्य पनि थियो । ब्याकबोनको समस्याका कारण त्यसको प्रभाव क्रमिक रुपमा गोडातिर सर्दैछ । उपचार नै हुँदैन भन्ने डाक्टरहरुको निष्कर्ष भयो भने अर्कै कुरा भयो । तर उपचार हुने अवस्थालाई प्रयोग गर्ने हो भने चाहिं संभव भएका उपचारका प्रविधि, आर्थिक खोजी गर्ने कुरामा म व्यक्ति लाग्ने हो कि संस्था लाग्ने हो कि घरपरिवारले गर्नुपर्ने हो कि ? घरपरिवारले गर्ने भनेको मुखले खुईंयाँ मात्रै हो, अरु केही गर्न सक्ने अवस्था छैन । यही स्थितिले मेरो राजनीतिक सक्रियाता अलि घटेको अनुभूति गरेको छु । आन्दोलनमा सक्रियता घटेपछि गणनामा आउने संभावना पनि कम हुन्छ ।
0 comments