अबको माओवादी दिशा: रामदिप आचार्य


नेकपा(माओवादी) र एकीकृत नेकपा माओवादीको महाधिवेशन सकिरहेको छ, राष्ट्रिय राजनीतिमा माओवादी आन्दोलनको र यसको भावी दिशाबारे ब्यापक चर्चा(परिचर्चा चलिरहेको छ । यसै सन्दर्भमा मुख्यगरी नेकपा(माओवादीको महाधिवेशन र यसले लिएको मुल दिशाबारे छोटोमा चर्चा गर्ने प्रयास गरिएको छ ।


अन्य महाधिवेशन जस्तै माओवादी महाधिवेशनका पनि मुलभूत रुपमा दुईवटा कार्यभारहरु थिए( नीति बनाउने र ...नेतृत्व छनौट गर्ने ।
नीति अन्तर्गत विचार, राजनीति, कार्यदिशा, रणनीति, कार्यनीति, कार्ययोजना र कार्यक्रम पर्दछ । नेतृत्व अन्तर्गत नीति बनाउने केन्द्रीय समिति, राजनीतिक ब्यूरो, स्थायी समिति र पदाधिकारीहरुको टीम निर्माण पर्दछ । रुपमा हेर्दा पुरानै नीति र नेतृत्वलाई महाधिवेशनले अनुमोदन गरेजस्तो देखिन्छ तर अन्तर्यमा त्यसभित्र केही फरकपन र नयाँपन पनि छ ।
माक्र्सवाद(लेनिनवाद(माओवादको विचार, नयाँ जनवादको राजनीति, जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशा, जनताको संघीय गणतन्त्रको रणनीति, सशक्त जनप्रतिरोध संघर्षको कार्यनीति, सडकको सत्ता ब्युँताउने कार्ययोजना, जनयुद्ध दिवस, सहीद सप्ताह, चैत्र २४, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, मे दिवसको कार्यक्रम(नेकपा(माओवादीले तत्काल पारित गरेको नीति यही हो । महाधिवेशनले यही नीतिलाई माक्र्सवादको रक्षा, प्रयोग र विकास भनेको छ ।

आफ्ना घनिष्ट सहयोद्धा फ्रेडेरिक एंगेल्सको साथमा कार्लमाक्र्सले ‘कम्युनिस्ट लिग’को घोषणापत्र तयार पार्ने जिम्मा पाएका थिए । ‘सबै मान्छेहरु दाजुभाई हुन्’ भन्ने नारालाई सच्याएर ‘संसारका मजदुरहरु एक होऔं’ भन्ने अपिलसहितको मुल नारा तय गर्दै ‘कम्युनिस्ट घोषणापत्र’ लेखिएको थियो ।
‘संगठित सर्वहारावर्गलाई सत्तारुढ वर्गमा फेर्ने’ घोषणापत्रको मुल ध्येय थियो । पछि कार्लमाक्र्सले आफ्नो जीवनको संश्लेषण गर्दै भनेका थिए, ‘मैले गरेको नयाँ काम भनेको मूख्यगरी दुईवटा विषयको खोज अनुसन्धान हो( पहिलो, ऐतिहासिक भौतिकवाद र दोश्रो अतिरिक्त मुल्यको सिद्धान्त । ऐतिहासिक भौतिकवादले मानवसमाजलाई द्धन्द्धात्मक भौतिकवादी कोणबाट अध्ययन गर्ने प्रक्रियाको शुरुवात गरेको थियो भने अतिरिक्त मूल्यको सिद्धान्तले पुँजीपति वर्गले मजदुरवर्गलाई कसरी शोषण गर्दछ भन्ने खोज अनुसन्धान गरेको थियो । माक्र्स आफैले आफ्नो खोज अनुसन्धानबाट प्रतिपादित सिद्धान्तलाई माक्र्सवाद भनेका थिएनन् । फ्रेडेरिक एंगेल्सले आफू दुईजनाले लामो समय लगाएर नयाँ सिद्धान्तको नाम माक्र्सवाद राख्नु न्यायसंगत हुने तर्क गरेका थिए । यसरी सर्वहारावर्गको मुक्तिको सिद्धान्तको रुपमा माक्र्सवाद संश्लेषित गरियो । मानवसमाजको समग्र इतिहासको विश्लेषण गर्दै विभिन्न तर्क र तथ्यहरुका आधारमा मानव समाज साम्यवादमा पुग्ने परिकल्पना माक्र्सवादमा गरियो । शुरुमा प्रगतिशील चरित्र बोकेको पुँजीवादले अति उत्पादन, बजारको निम्ति होडवाजी र अस्वस्थ प्रतिस्पर्धाले गर्दा एकाधिकारको रुप धारणा ग¥यो । एकाधिकार पुँजीवादलाई साम्राज्यवाद भनियो । विकसित प्रमुख मुलुकहरुमा एकैचोटी क्रान्तिकारी ज्वारभाटा उठ्ने माक्र्स(एंगेल्सको भविष्यवाणीलाई पछि पार्दै पिछडिएको एक्लो मुलुक रुसमा प्रथम विश्वयुद्धको बीचमा अक्टोवर समाजवादी क्रान्ति सम्पन्न भयो । अक्टोवर क्रान्तिको नेतृत् वगर्ने सोभियत संघको कम्युनिस्ट पार्टी (बोल्शेविक)का प्रमुख नेता भि.आई.लेनिनको नामबाट लेनिनवाद नामाकरण गरियो । लेनिनवादलाई ‘साम्राज्यवाद र सर्वहारा क्रान्ति युगको माक्र्सवाद’ भनियो ।

प्रथम विश्वयुद्धको गर्भबाट अक्टोवर समाजवादी क्रान्ति जन्मियो भने दोश्रो विश्वयुद्धको कोखबाट चिनियाँ नयाँ जनवादी क्रान्ति । चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख नेता, सिद्धान्तकार र कमाण्डर माओले पुरानो जनवाद बुर्जुवा वर्गको जनवाद भएको रनयाँ जनवाद सर्वहारावर्गको जनवाद भएको घोषणा गरे । नयाँ जनवादमा अर्थनीति, राजनीति र संस्कृति तिनकुरा नयाँ हुने उल्लेख गरे । ‘सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन’ र ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ,’ भन्ने मुल मान्यतालाई आत्मसाथ गरेर गाउँबाट शहर घेर्ने दीर्घकालीन जनयुद्धको बाटो अख्तियार गरे । झण्डै तिन दशक लामो दिर्घकालीन युद्ध (जसमा गुहयुद्ध र राष्ट्रिय मुक्ति युद्ध लडिएको थियो)बाट जनगणतन्त्र चीनको घोषणा गरियो । अर्ध(सामन्ती र अर्ध(औपनिवेशिक तेश्रो विश्वका मुलुकमा पार्टी, सेना र संयुक्त मोर्चाको तीन जादुगरी हतियारद्धारा सत्ता प्राप्त गर्ने सिद्धान्तलाई माओवाद भनियो । अध्यक्ष माओको नामसँग जोडिएको यस विचारलाई चीनमा १९४५ को सातौं महाधिवेशनताका ‘माओ बिचार’ का रुपमा संश्लेषित गरियो भने ‘माओवाद’ पदावलीको प्रथम प्रयोग पेरु कम्युनिस्ट पार्टी साइनिङपाथले ग¥यो र पछि क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम)ले संश्लेषण ग¥यो(माक्र्सवादको तेश्रो र उच्च चरणको रुपमा । माओवादका दुई आयाम भनेर चर्चा गरियो( दिर्घकालीन जनयुद्धको सिद्धान्त र सर्वहारा सांस्कृतिक क्रान्ति ।

माक्र्सवादको विकाससँगै संशोधनवादको पनि विकास भयो । लेनिनले पुँजीपतिवर्गको आधारभूत हितसँग नबाझिने गरी माक्र्सवादको संशोधन गर्नुलाई ‘संशोधनवाद’ भने । अर्को शब्दमा ‘संशोधनवाद’ भनेको कुहिएको अण्डा हो न त्यो खाना मिल्छ, न त्यसबाट चल्ला निस्कन्छ’ भने । माक्र्सवादको जन्मसँगै माक्र्सवाद र संशोधनवाद बीचको संघर्ष जारी छ । माक्र्सवादले वर्गसंघर्ष पुँजीपति वर्गसँग र बैचारिक संघर्ष संशोधनवादसँग गर्दै आइरहेको छ । पेरिस कम्युन जो मजदुर वर्गको पहिलो सत्ता थियो, को पतनपछि माक्र्सले पुरानो राज्यसंयन्त्रलाई सर्वहारावर्गलाई जस्ताको तस्तै प्रयोग गर्न सक्दैन, पहिला ध्वंश गरेर पछि निर्माण गर्नुपर्दछ भने । यो मतसँग जसले बिमति जाहेर गरे तिनलाई शास्त्रीय संशोधनवादी भनियो । पुरानो राज्यसंयन्त्रलाई भत्काइने तर नयाँ नबनाएर एकैपटक साम्यवादमा पुग्ने विचारलाई अराजकतावाद भनियो । माक्र्सवादले सुधारवाद र अराजकतावादसँग एकैसाथ संघर्ष गर्नुप¥यो । लेनिनको मृत्युपछि परिस्थिति बदलिएको छ, अब पुँजीवाद शान्तिपूर्ण तरिकाले समाजावादमा रुपान्तरण हुन्छ भन्ने मत जसले राखे, तिनलाई आधुनिक संशोधनवादी भनियो । सिद्धाततः माओवादलाई मान्ने, सशस्त्र बलद्धारा सत्ता लिनुपर्दछ भन्ने कुरालाई आत्मसाथ गर्ने तर व्यवहारमा जहिले पनि शान्तिपूर्ण संघर्षभन्दा माथि उठ्न नसक्नेलाई नवसंशोधनवाद भनियो । कुरा क्रान्तिका काम सुधारवादका गर्नेलाई छद्म संशोधनवाद भनियो । धर्मशास्त्रका रुपमा माक्र्सवादलाई अंगिकार गर्नेलाई जडसुत्रीय संशोधनवाद भनियो । अहिले पनि माक्र्सवाद मूख्य गरी दक्षिणपन्थी संशोधनवाद र कहिलेकाँही जडसुत्रीय संशोधनवादको शिकार बन्दै आइरहेको छ । जनतासँगै रहनुपर्दछ भन्दा पुँजीवादको पिछलग्गु बन्ने खत्तरा र सिद्धान्तको रक्षाको कुरा गर्दा जनताबाट अलग हुने खत्तरा यी दुर्व प्रवृत्तिबाट प्रष्ट हुन्छ । सच्चा माक्र्सवादले जनताको साथमा रहेर सिद्धान्तको रक्षा गर्नुपर्दछ ।


तिन गल्ती
कमलादीबाट नेकपा(माओवादीको सातौं महाधिवेशनले तिनवटा विगतका गल्तीहरुलाई सच्याउने प्रयत्न गरेको छ । विचारमा प्रचण्डपथ, कार्यदिशामा दिर्घकालीन जनयुद्धमा सशस्त्र विद्रोहको समायोजन र कार्यनीतिमा संविधानसभा । कम्युनिस्टहरुले विचारको विकासलाई आफ्नो स्थापना कालदेखि नै विशेष जोड दिंदै आएका छन् । माक्र्सवाद(लेनिनवाद(माओवादको अलावा पेरुमा गोञ्जालो विचार, उत्तर कोरियामा जुछे विचारधारा, नेपालमा प्रचण्डपथ र अमेरिकामा नयाँ संश्लेषण आदि । नेपालमा मालेमावादको विशिष्ट विकास र सामुहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको रुपमा ‘प्रचण्डपथ’ संश्लेषण गर्नु ऐतिहासिक गल्ती थियो । त्यसले नेपाली क्रान्ति र माक्र्सवादका तिन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादमा सही योगदान गरेन भन्ने निश्कर्ष महाधिवेशनले निकाल्यो । फ्युजनको कार्यदिशाले कन्फ्युजन मात्रै पैदा ग¥यो र अन्ततः संविधानसभाले आफ्नो औचित्य सिद्ध गर्न सकेन । जहाँबाट गल्ति भएको छ, त्यहीँबाट सच्याउने काम महाधिवेशनले गरेको छ ।

तिन नयाँ
आधारभूत चरित्रको दृष्टिले एकाधिकार पुँजीवादकै रुपमा रहेपनि साम्राज्यवादले थुपै्र नयाँ रुप धारणा गरेको छ । भूमण्डलीकृत अवस्थामा रहेको र एकल हैकम कायम गरेको साम्राज्यवाद बहु धु्रवीय बन्दै गइरहेको विश्लेषणलाई नयाँ सैद्धान्तिक संश्लेषण भनेको छ । यद्यपि एउटै वर्गभित्रको अन्तरविरोधलाई अर्को धु्रव या बहु ध्रुव भन्ने कि नभन्ने बहस पनि छ । राष्ट्रिय स्वाधिनतामाथि भइरहेको नयाँ रुपको हस्तक्षेप र स्वरुपलाई नवउपनिवेश भनेको छ । क्रान्तिको नेतृत्व गरेकै व्यक्तिहरुबाट भएको प्रतिक्रान्तिलाई नवसंशोधनवाद भनेको छ । दस्तावेजमा साम्राज्यवाद, नवउपनिवेशवाद र नवसंशोधनवादलाई सैद्धान्तिक महत्वको नयाँ कुरा भनिएको छ ।


तिन फरक
एकीकृत नेकपा (माओवादी)सँग नेकपा(माओवादीको मूख्य तिनवटा विषयमा प्रष्ट फरक देखिएको छ । एनेकपा माओवादीले आफ्नो मौलिकतामा नेपाली जनवादी क्रान्तिको मुलभूत काम सम्पन्न भएको र बाँकी क्रान्तिका कार्यभार पुरा गर्दै समाजवादी क्रान्ति पुरा गर्ने दिशामा अगाडि बढ्ने मुल कार्यदिशा प्रस्तावित गरेको छ । नेकपा(माओवादीले नेपाल अहिले पनि अर्ध(सामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेको र नेपाली क्रान्तिको चरित्र अहिले पनि जनवादी नै भएको निष्कर्ष निकालेको छ । यो अन्तरले क्रान्तिको स्वरुपलाई नै निर्धारित र प्रभावित गर्दछ । एनेकपा माओवादी आफ्ना कैयौं बाध्यताका कारण सिद्धान्ततः सशस्त्र संघर्ष परित्याग गरेको घोषणा नगर्न विवश छ तर व्यवहारतः उसले त्यसलाई पूर्णतः छोडिसकेको छ । एनेकपा माओवादीको अबको बाटो भनेको वर्नस्टीन, खुश्चोभ, देङ र मदन भण्डारीकै नयाँ रुप रंगको बाटो हो भन्नेमा दुईमत छैन । नेकपा(माओवादीको मूल नीति भनेको सशस्त्र बलद्धारा सत्ता हाताम लिने हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा कैयौं बदलाव आएकोले राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई कुटनीतिक तहमा सीमित गर्ने वा मूख्य हस्तक्षेपकारी शक्तिसँग मौन बस्ने एनेकपा माओवादीको राष्ट्रिय सम्बन्धी नीति हो । विगतभन्दा कैयौं गुणा बढि राष्ट्रियतामाथि हस्तक्षेप बढेकोले अब त्यो हस्तक्षेप अर्ध(औपनिवेश मात्रै नभएर नवऔपनिवेश बन्न गएको छ । तसर्थ राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई चर्काउनुपर्छ भन्ने नेकपा(माओवादीको नीति रहेको छ । क्रान्तिको चरित्र, संघर्षको स्वरुप र राष्ट्रियताको सवाल दुई माओवादीका बीचमा प्रमुख भिन्नताहरु हुन् ।

कम्युनिस्ट पार्टीमा विचार अनुसारको कार्ययोजना र कार्ययोजना अनुसारको संगठनात्मक ढाँचा रहने गरेको छ । २०६९ माघ १७ गते जारी नेकपा(माओवादीको प्रेस(विज्ञप्तिमा महाधिवेशनको समीक्षा गर्दै ‘आयोजक समितिको संगठनात्मक तयारीका कतिपय सीमा र कमजोरी रहेको’ भनिएको छ । ती सीमा र कमजोरीले गर्दा महाधिवेशनले जुन नयाँपन, उत्साह र गति लिनुपर्ने हो त्यो लिन सकेन । नेतृत्वको क्षमता, रणनीतिक विषयहरुको सैद्धान्तिक व्याख्या र विश्लेषणमा मात्रै अभिव्यक्त हुने नभई दिनदिनैका कार्यनीतिक प्रश्नहरुमा लिने पहलकदमीमा भर पर्दछ । बौद्ध भेलाको बेला जुन कारण देखाई संगठनात्मक नयाँ निर्णय लिन नेतृत्व असमर्थ भएको थियो, सातौं महाधिवेशनमा उही कारणको पुनरावृत्ति भयो । नेतृत्वले जोखिम उठाउन नचाहेको प्रष्ट देखियो । नेतृत्व निर्माण, विकास र स्थापित गर्ने माक्र्सवादी मान्यतामा रुढीवाद झल्कियो । कार्ययोजना र संगठनको तादाम्यता नमिल्दा परिणाम अपेक्षाकृत आउन सक्दैन । महाधिवेशनले जुन नेतृत्वको टीमलाई अनुमोदन गरेको छ, द्धन्दात्मक सम्बन्ध र विश्लेषणका आधारमा गरिएको छ । क. किरणको सैद्धान्तिक स्पष्टता, प्रतिवद्धता, इमान्दारिता र पारदर्शीता, क. बादलको गाम्भीर्यता र शालिनता, क.गौरवको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र योगदान, क. देव गुरुङको सैद्धान्तिक अध्ययन र ब्याख्या र क. विप्लवको गतिशिलता र मूख्य गरी नयाँ पुस्ताको विशेष आर्कषणका कारण नेतृत्वको टीमलाई हलले सर्वसम्मत अनुमोदन गरेको छ । पदाधिकारी, पोलिट्व्यूरो र केन्द्रीय समितिलाई सर्वसम्मत अनुमोदन गर्दा इमान्दारिता र क्षमतामाथि प्रश्न चिन्हरहित छैन । नेतृत्वको टीमको अग्नीपरिक्षा व्यवहारमा शुरु भइसकेको छ ।

माओवादी आन्दोलनको भावी दिशा
कमलादीको माओवादीले क्रान्तिकारी दिशा अंगिकार गर्दा हेटौंडाको माओवादी धु्रविकृत हुनेछ, देशभक्त र क्रान्तिकारी नेता(कार्यकर्ताहरुको ठूलो पंक्ति नेकपा(माओवादीको बिचार, राजनीति र संगठनमा सामेल हुनेछ । अर्को दक्षिणपन्थी, यथास्थितिवादी र अवसरवादी पंक्ति एमालेपथमा तिव्रताका साथ जानेछ, विघटनको दिशामा । कमलादीको माओवादीले कुरा क्रान्तिका तर काम यथास्थितिको गर्ने हो, पार्टीलाई असन्तुष्टिका पोका विसाउने माध्यम बनाउने हो भने हेटौडा माओवादीको यथास्थितिवादी भविष्य केही समयलाई थपिनेछ । एमाले सुधारवादीबाट यथास्थितिवादी पार्टीमा रुपान्तरित हुँदा एनेकपा माओवादी क्रान्तिकारीबाट सुधारवादी पार्टीमा फेरिएको छ । कांग्रेस, एमाले, मधेशवादीको संसदवादी कित्तामा एनेकपा माओवादी लम्पसार परेको छ । सामन्ती राजतन्त्रवादी बिडा थाम्ने असफल प्रयास कमल थापाहरुले गरिरहेका छन् । कम्युनिस्टको क्रान्तिकारी धारामा मैदान खाली छ । त्यही मैदानमा साहसपूर्वक परेड खेल्ने चुनौती नै नेकपा(माओवादी)को चुनौती र दिशा हो ।
आचार्य अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघका केन्द्रीय संयोजक हुन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates