एमाओवादीमा पदको लागि हानाथाप

केन्द्रीय समितिलाई पूर्णता दिने समय नजिकिँदै जाँदा एकीकृत नेकपा माओवादीभित्र पदको लागि हानाथाप भएको छ ।

एकीकृत नेकपा माओवादीभित्र उपाध्यक्ष र सचिव पदको लागी नेताहरुले आ आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् ।

पार्टीमा बरियताको हिसावले अमिक शेरचन उपाध्यक्षका दाबेदार हुन् भने कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी र वर्षमान पुन सचिवका दाबेदार हुन् ।

पार्टी फुट्नुअघि केन्द्रीय समितिमा सीपी गजुरेल र पोष्टबहादुर बोगटी सचिव थिए। गजुरेल अहिले वैद्यपक्षमा लागिसकेका छन् भने बोगटी हेटौडा महाधिवेशनबाट महासचिव पदमा चुनिए ।


एमाओवादीको विधानमा केन्द्रीय समितिमा दुईभन्दा बढी सचिव र उपाध्यक्ष रहने  व्यवस्था रहेको छ । एमाओवादीको अब बस्ने बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लगाउने जनाएको छ ।

केन्द्रीय सदस्यको संख्या ३ सय ९९ बाट घटाएर २ सय ४० मा झारिएको छ । तीन दिनअघि पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १ सय ५१ सदस्य पूर्ण र २ सय ४८ वैकल्पिक रहेको ३ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates