उच्च स्तरीय राजनीतिक संयन्त्रद्धारा माओवादी र फोरमलाई वार्ताका लागि आह्वान

चैत्र १६ काठमाण्डौं । सरकार सञ्चालनमा चार दलको भूमिका स्थापित गर्न बनेको उच्च स्तरीय राजनीतिक सयंन्त्रको बैठकले नेकपा–माओवादी र मधेशी जनअधिकार फोरमलाई वार्ताका लागि आह्वान गरेको छ ।
निर्वाचन संग सम्वन्धित तीन ओटा विषयमा छलफल गरेको संयन्त्रको वैठकले माओवादी र फोरम संगको वार्तालाई प्राथमिकता दिएको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनु भयो ।

आज विहान नया वानेश्वर स्थित विशेष समितिको हलमा बसेको बैठकले ने क पा माओवादीले फोटो सहितको मतदाता नामावलीमा गरिरहेको अवरोध हटाउनका लागि पनि सकेसम्म आजै बाट माओवादी र फोरम संग वार्ता गर्ने निर्णय गरेको गौतमले वताउनु भयो ।

संयन्त्रको वैठकले अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगका पदाधिकारी र उच्च स्तरिय राजनीतिक संयन्त्रवीच प्रगति विवरण र वाधा व्यवधानवारे यथाशिघ्र त्रिपक्षिय छलफल गर्ने निर्णय गरेको छ ।

वैठकले त्यसैगरि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईने व्यक्तिको नाम तय गर्न एक सिफारिस समिति गठन वारे छलफल गरि त्यसलाई चाडै पुर्णता दिने निर्णय भएको छ ।
सयंन्त्रमा चार दलका मुख्य नेताहरु सलंग्न रहेका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates