भक्तपुरमा पनि अवरोध
चैत १६ गते । अपरिचित मानिसहरुको समूहले भक्तपुरको जिल्ला निर्वाचन कार्यालयमा तोडफोड गरेका छन् ।
फोटो खिच्ने बाहनामा कार्यालय प्रवेश गरेका ४ जनाले एक थान फोटो खिच्ने
ल्यापटप, एक थान फोटोकपी मेसिन फुटाएर नामावली संकलन गरिएका ६८ वटा फारम
च्यातेका छन् ।
उनीहरुले कर्मचारीलाई नियन्त्रणमा लिएर तोडफोड गरेको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उता ललितपुरको चौघरा गाविसमा फोटोसहितको मतदाता नामावली संकलन कार्यमा पुगेको टोलीको साथमा रहेको एउटा ल्यापटप आज माओबादी कार्यकर्ताहरुले नियन्त्रणमा लिएको छ ।
खिलराज रेग्मी नेतृत्वको असम्वैधानिक सरकारले गराउने निर्वाचनको औचित्य नहुने भन्दै नेकपा–माओबादीले निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्ने वताएपछि माओबादी कार्यकर्ताहरुले ल्यापटप नियन्त्रणमा लिएका हुन् ।
त्यस्तै, पाल्पाको ठिमूरेमा प्रहरीको लाठी चार्जबाट नेकपा–माओवादीका २ जना कार्यकर्ता घाइते भएका छन् । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई अवरोधको प्रयास गरेका कार्यकर्तालाई प्रहरीले लाठी चार्ज गरेको हो ।
लाठी चार्जबाट माओवादीका कार्यकर्ता आशिष दुधराज र रिजन थापा घाईते हुनुभएको नेकपा माओवादी पाल्पाका सह–इन्चार्ज धिरज रानाले बताउनुभयो ।
कडा सुरक्षाका बिच नामावली संकलन भईरहेको समयमा अबरोधमा गर्न पुगेका दुई दर्जन कार्यकर्तालाई प्रहरीले तितर बितर बनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो ।
आज बिहानै गाविस कार्यालयमा माओवादी कार्यकर्ता पुगेर मतदाता नामावली संकलन कार्यलाई रोक्न भन्दै तालाबन्दी गरेका थिए । तर गाविसको अन्य काम गर्न दिने सहमति अनुसार गाविसको ताला खोलिएको थियो ।
ताला खोलेलगत्तै सुरक्षाकर्मी परिचालन गरी मतदाता कार्यलाई अगाडि बढाउने क्रममा रोक्न अपिल गर्दा प्रहरीले लाठीचार्ज गरेको पूर्व सभासद् तथा माओवादी जिल्ला नेतृ लिला सोमैले बताउनुभयो ।

0 comments