युवती छिर्दा पेरिसडाँडामा आपत

काठमाडौं । रामचन्द्र झा एमालेबाट माओवादीमा डेरा सर्ने भएपछि उनले स्वतः केन्द्रीय सदस्य पाउने कुरा छ । उता, प्रचण्ड ‘न देशका, न मधेशका’ भन्दै प्रभु साहहरु अलग पार्टी बनाउनतिर अग्रसर छन् । यस्तो कुराले अरुलाई भन्दा वर्षौंदेखि खाइखेली गर्दै आएका श्रवण यादवहरुलाई आशा र निराशा दुबै दिएको छ । यी मधेशी अगुवाका कुरा यस्तै हुन्, तर अहिले एकीकृत नेकपा (माओवादी) भित्र एउटी महिलाको उपस्थितिलाई लिएर सबैले आपत्ति जनाएका छन् । उनी हुन्, केन्द्रीय सदस्य सविना अर्याल ।
नवराज सुवेदीको नेकपा (एकीकृत) विभाजन भई एकता प्रक्रियामा सामेल हुँदा उनी माओवादी भएकी हुन् । पछिल्लो समय बाबुरामपत्नी हिसिलासँग घनिष्टतम् सम्बन्ध बनाएकी छन् । तर, ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तो हिसिलासँग घनिष्ठतम् सम्बन्ध बनाउनाले अहिले उनका विरुद्ध पार्टी हेडक्वार्टरमा गम्भीर प्रकृतिको उजुरी परेको छ । स्रोतका अनुसार, द्वन्द्वकालभरि माओवादी पीडित बनेर कुस्त कमाउनेमध्येकी उनी अहिले त्यही पार्टीको केन्द्रीय नेतृ बनेकी छन् । केन्द्रीय सदस्य बनेरमात्र त केही थिएन होला, ‘फस्र्ट लेडी’ सँग लागेर माओवादीकै नाममा पनि कुस्त कमाउनेमा दरिएकी छन् भन्दै हेडक्वार्टरमा उजुरी परेको हो । पेरिसडाँडास्रोतले जनाएअनुसार, उनी आफू माओवादीबाट विस्थापित भएको र आफूजस्ता थुप्रै विस्थापितको न्यायका लागि नेपालमा माओवादीलाई परास्त गर्न सहयोग गर्नुप¥यो भन्दै बेल्जियममा चन्दा उठाउन सक्रिय व्यक्ति भएको भरपर्दो प्रमाण त्यहाँ छ ।
 सविना २०५८ देखि ०६४ सालसम्म बेल्जियममा थिइन् । मसाल फुटेर नवराज सुवेदीहरुले एकीकृत बनाउँदासम्म पनि सो पार्टीको सदस्य थिइनन् । तर, नेपाल फर्किएलगत्तै एकीकृत विभाजन गरी एउटा समूह माओवादी प्रवेश गर्दा महिला कोटामा केन्द्रीय सदस्य बनिन् । उनका श्रीमान् बसन्त दवाडी पनि राज्य समिति सदस्य बनाइएका छन् । बसन्त नेकपा (चौम) देखिकै प्रतिबद्द कार्यकर्ता हुन् । तर, अहिलेसम्म केन्द्रमा चिहाउन पाएका छैनन् । श्रीमती भने पैसाकै बलमा केन्द्रमा पुगेको प्रति माओवादीभित्र तीव्र असन्तुष्टि पैदा भएको हो । सविनाकै कमाइबाट कोटेश्वरमा भव्य महल खडा छ ।
उता, आजसम्म एकीकृत नेकपा (माओवादी) को सदस्यता नलिएका हरि रोका पनि केन्द्रीय सदस्य बनेपछि अर्को असन्तुष्टि देखिएको छ । पहिला नेकपा (बर्मा) हुँदै एमाले, माले र पछिल्लो समयमा माओवादी निकट थिए । भनिन्छ, कम्युनिष्ट पार्टीको इतिहासमा पहिलो पटक पार्टीको सदस्यता नलिई उनी बाबुरामको कोटामा केन्द्रीय सदस्य बन्न सफल भएका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates