नयाँ संविधान सभाले पनि संविधान दिँदैन : आङ्काजी
इलाम चैत १५ (नागरिक)- नेपाल आदीवासी
जनजाति महासंघका महासचिव आङ्काजी शेर्पाले अब हुने नयाँ संविधान सभाको
चुनावले संविधान बनाउने निश्चित नभएको बताएका छन्। उनले पहिलेकै
संविधानसभाको पुनर्स्थापना गरेर मतदानका आधारमा संविधान जारी गर्नुपर्ने
महासंघको धारणा रहेको बताए।
उनले भने ‘अब हुने चुनावबाट संविधान बन्छ भन्ने आधार केही छैन।
पुनर्स्थापना गरिएको संविधानसभाले संविधान जारी गर्ने निश्चित छ।'
नेपाल
आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले सदरमुकाममा विहीबार आयोजना गरेको
पत्रकार सम्मेलनमा उनले अब पुनः चुनाव गर्नु नौ अर्ब खर्च नोक्सान हुनु
मात्रै भएको बताए।
उनले राज्य पुनसंरचना र संघीयताका विषयमा जारी विवाद
समाधान नभए यो रकम बालुवामा पानी खन्याएसरह मात्रै हुने बताए।
ठूला
भनिएका दलहरुको अक्षमताको कारण मुलुक अझ संक्रमणकालको गतिमा धकेलिएको भन्दै
उनले संक्रमणकाल लम्बिँदा विदेशीले टाउको उठाउने मौका पाएको बताए।
शेर्पाले भने ‘पूर्व राजा ज्ञानेन्द्र र राप्रपा नेपालका अध्यक्ष कमल थापाल
पनि देशको धार्मिक सहिष्णुतामाथि आँच ल्याउन खोजिरहेका छन्।'
0 comments