मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएन

चैत १५ गते । चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद गठन भएको दुई हप्ता पुगिसक्दा पनि कुनै पनि मन्त्रीहरुले आ–आफ्ना सम्पत्ति सार्वजनिक गर्नुभएको छैन ।
बहालबाला कर्मचारीहरु र पूर्व कर्मचारीहरु रहेको मन्त्रिपरिषद गठन भए पछि अन्तरिम संविधान अनुसार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आफ्नो स्वामित्वमा भएका सम्पत्ति सार्वजनिक गर्नु पर्ने प्रावधान रहको छ ।तर नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आधिकारिक वेभसाइटमा मन्त्रिपरिषदका अध्यक्ष र दशजना मन्त्रीहरुको कुनै पनि सम्पति सार्वजनिक गरिएका छैनन् ।
मन्त्रिपरिषद कार्यालयका एक वरिष्ठ अधिकारीले अहिलेसम्म कुनै पनि मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण नपठाएको बताउनुभयो ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates