शहरका चोकहरुमा ३३ दलको विरोधसभा

चैत्र १५ गते । वर्तमान सरकार असंवैधानिक र गैरराजनीतिक भएको भन्दै ने क पा माओवादी सहितका ३३ ओटा दलहरुले विरोधसभाको आयोजना गरेका छन् ।

आजको विरोध सभामा सवै दलका नेताहरुको सहभागिता रहने छ । राजधानी काठमाडौमा भने कोटेश्वर, वानेश्वर, चावहिल, भोटाहिटी र कलंकी लगायतका स्थानमा, विरोधसभा गर्ने माओवादी काठमाडौ इन्चार्ज झक वहादुर मल्लले जानकारी दिनुभयो ।

त्यसैगरि ललितपुरको लगनखेल, पाटनढोका, र भक्तपुरको सुर्यविनाकमा पनि ३३ ओटा दलको आयोजनामा संयुक्त विरोध सभा गर्दैछन् ।


चार दल र सरकारको विरोधमा उत्रिएको नेकपा माओवादी नेतृत्वको गठवन्धनले तीन दल र मधेसी मोर्चा वीचको ११ बुादै सहमति र अन्तरिम संविधानका २५ वटा धाराहरुमा गरेको संशोधन प्रति कडा आपत्ति जनाएको छ ।

गठवन्धनले सरकार गैरराजनीतिक र गैरसंवैधानिक भन्दै त्यसका खारेजी हुनुपर्ने, राष्टिय गोलमेच सभाबाट दलहरुको सहमतिका आधारमा राष्टिय सहमतिको सरकार निर्माण गर्नुपर्ने र राजनीतिक दलहरुकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates