लासमाथि टेकेर चुनाव भए होला : गुरुङ

नेकपा-माओवादीका सचिव देव गुरुङले संविधान सभाको चुनाव हुन नसक्ने बताएका छन् । यदि संविधान सभाको चुनाव भएमा हाम्रो लासमाथि टेकेर भए होला नत्र हुँदैन भन्दै कडा शब्दको प्रयोग गरेका छन् ।
पोखरामा बिहिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गुरुङले भने, 'नेकपा-माओवादी रहेसम्म यहि सरकारलाई कुनै हालतमा संविधान सभाको निर्वाचन गर्न दिंदैनौ ।'

संविधानसभाको निर्वाचन गर्नका लागि चार राजनीतिक दलले गरेको चैत्र १ गतेको निर्णय खारेज हुनुपर्ने माग राखेका छन् ।
चैत्र १ गतेको निर्णय खारेज नभएसम्म चुनावको कल्पना कसैले पनि नगर्न उनले चेतावनी दिए ।


साना राजनीतिक दललाई वास्ता नगरी चार राजनीतिक दलले विदेशी शक्तिको इसारामा निर्वाचन गर्न लागेको उनले आरोप लगाए ।

चैत्र १ गतेको ग्राइण्ड डिजाइन खारेज नभएसम्म कुनै हालतमा संविधान सभाको निर्वाचन हुनै नसक्ने उनले दोहोराए ।

यो सरकारले गर्ने चुनावी कार्यक्रममा हाम्रो पार्टीले निरन्तर अवरोध गर्छ भन्दै उनले भने, 'मुख्य दलले चोरबाटो प्रयोग गरेकाले चुनावको विरोध गर्नुपरेको बताए ।'

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates