नेपाली जनप्रगतिशील मोर्चा, युएईको वनभोज कार्यक्रम सम्पन्न


नयाँ वर्ष २०७० तथा जनप्रतिरोध दिवसको अवसर पारेर नेपाली जनप्रगतिशील मोर्चा, युएईले दुवईको जबिल पार्कमा वनभोजसम्पन्न गर्यो । 
कार्यक्रमको समापन पछी सामुहिक तस्बिर खिचाउदै
यही १२ अप्रिलकामा मोर्चाको केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त वनभोज कार्यक्रमलाई दुई चरणमा विभाजन गरि शुभकामना आदानप्रदान तथा हाजिरीजवाफ प्रतियोगिता संचालन गरेको थियो । मोर्चाका केन्द्रिय सल्लाहकार प्रमुख हरि नेपालीको प्रमुख आतित्थयमा संचालन भएको पहिलो चरणको शुभकामना आदानप्रदान कार्यक्रममा गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष चन्द्र रोकाहा, जनजाती महासंघ युएईको अध्यक्ष गिरमान थापामगर, शहिद परिवारका मनोज काउचा, सागर भुषाल लगायतको आतिथ्यता रहेको थियो । नेपाली जनप्रगतिशील मोर्चाका केन्द्रिय अध्यक्ष रमेश गिरीको अध्यक्षतामा देश र जनताको लागि जीवन उत्सर्ग गर्ने शहीदहरु प्रति एक मिनेट मौनधारण गरि सुरु गरिएको कार्यक्रमलाई मोर्चाका सचिव छक बुढाले संचालन गरेका थिए ।

बनभोज कार्यक्रममा रमाइलो गर्दै 
 उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि हरि नेपालीले चार दलीय सिन्डिकेट र उनीहरुमा देखिएको भारतपरस्त आचरणका कारण देश झन् झन् संकटको दलदलमा फस्दै गइरहेको विचार राखेका थिए । गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष चन्द्र रोकाहाले नयाँ सालले देशमा सहमतिय राजनीतिको ढोका खोल्ने कामना गर्दै नेपालमा क्रिकेट खेलको विकासको लागि युएईबाट अभियान नै थालेको बताउदै सम्पुर्ण नेपालीहरुलाई सो अभियानमा सरिक हुनको लागि आग्रह गरेका थिए । साथै नेपालीहरुले अचार जस्ता खाद्य पदार्थहरु ल्याउने गर्नाले युएईमा जेलजीवन विताएर नेपाल फर्किन परिरहेका कारण सकेसम्म यस्ता विषयहरुमा सवैलाई सचेत गराउन आग्रह गरेका थिए । 

शारजाह क्षेत्रिय समितिको तर्फबाट शुभकामना मन्तव्य राख्दै यम बहादुर सारुले नयाँ साल सम्पुर्ण शोषित पिडित नेपालीहरुले मुक्तिको साल बनाउनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी काशी काफ्लले सामन्ती अबशेषहरु क्रमसः हिजोका सर्वहारा भनिएका पार्टीका नेताहरुमा सरेकोले त्यसलाई ध्वंस नगरी नयाँ निर्माण हुन नसक्ने बताएका थिए । कार्यक्रममा मोर्चाका उपाध्यक्ष समर खत्री, कोषाध्यक्ष विचारी लामिछाने, केन्द्रिय सदस्यहरु रामशरण कडरिया,गोविन्द पन्त, उत्तम विश्वकर्मा, विर्ख लिम्बु, शहिद परिवारका मनोज काउचा तथा सागर भुषाल, रामप्रसाद गौडेल, हेमा थापा, सिता शर्मा, राम बहादुर कुमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


पहिलो चरणाको शुभकामना कार्यक्रममको समापन गर्दै मोर्चाका अध्यक्ष रमेश गिरीले बनभोज कार्यक्रमलाई सफल बनाउन हरदम लागि रहने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै देश परिवर्तनको एजेण्डा नेकपा–माओवादीसँग मात्र भएकोले श्रमिकहरुको पक्षमा अनवरत रुपमा लडिरहने नेपाली जनप्रगतिशील मोर्चामा आबद्ध हुन अनरोध गरेका थिए ।
हाजिरीजवाफ प्रतियोगितामा  पुरस्कार वितरण गर्दै प्रमुख अतिथि हरि नेपाली 



दोस्रो चरणको कार्यक्रम अन्तर्गत भएको हाजिरी जवाफ प्रतियोगितामा मोर्चाका क्षत्रिय समितिगत रुपमा दुबई, अबुधावी, देइरा, जेवलअली, अलबर्षा, शारजाह र अलकुज गरी सात समुहले भाग लिएका थिए । सो प्रतियोगितामा देइरा क्षेत्रिय समिति अन्र्तगतको समुह पहिलो भएको थियो भने दोस्रो र तेस्रोमा क्रमस जेबलअली र अबुधावीको समुह भएका थिए । विजयी समुहहरुलाई मोर्चाका सल्लाहकार हरि नेपालीले पुरस्कार वितरण गरेका थिए । 

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates