पार्टीको माग पुरा नभए निर्वाचनमा भाग नलिने : किरण

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टीको माग पुरा नभएसम्म निर्वाचनमा भाग नलिने धम्की दिएका छन् ।

'हाम्रो पार्टी शान्ति विरोधी होइन, हामी राजनीतिक निकासका लागि दिगो  शान्ति चाहन्छौ त्यसका लागि आफुहरुले अगाडी सारेका मागको सम्बोधन हुनुपर्छ' वैद्यले भने ।

संवाद डवलीमा बोल्दै अध्यक्ष वैद्यले चार दलले यो देशलाई फाँसिवादको दिशामा लगेको आरोप लगाएका छन् । प्रधान न्यायाधीशलाई अन्तरिम चुनावी मन्त्रीपरिषद्को अध्यक्ष बनाएकोमा उनले विरोध जनाए ।

चार राजनीतिक दलका शीर्ष नेताले लोकतन्त्रको हत्या गरेको उनले आरोप लगाए । उनले भने, 'चार दलको सिण्डीकेटले देशलाई गम्भीर मोडमा पुर्यायो ।'

जबर्जस्ती  यो सरकारले चुनाव गर्न खोजे त्यसलाई असफल बनाईदिने मोहन वैद्यले चेतावनी दिएका छन् ।





0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates