हामी पनि भ्रष्टाचारी - प्रचन्ड
२८ चैत, काठमाडौ । एकीकृत नेकपा
(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई उत्पादनमूलक
कार्यमा लाग्न निर्देशन दिएका छन् ।
एमाओवादी पश्चिम व्यूरोले आज बाग्लुङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले युवाहरू उत्पादनमूलक काममा नलाग्दा भ्रष्टाचार मौलाएको बताएका छन् । उनले आफ्ना कार्यकर्तालाई ध्वंशमात्र गरेर नहुने भन्दै निर्माण र उत्पादनमा जुट्नुपर्ने बेला आएको बताए । उनले भने, 'हामी ध्वंश गर्न सीपालु र निर्माणमा कमजोर भएकोले सच्चिनुपर्ने बेला आएको छ।'हरेक संरचनामा भ्रष्टाचार मौलाएको बताउँदै उनले कहीँ न कहीँ आफ्नो पार्टी पनि भ्रष्टाचारमा लागेको बताएका छन् ।
उनले क्रान्तिकारी पत्रकार संघले आजै बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाटमा पनि पार्टीभित्र अनियमिता हुने गरेको स्वीकार गरेका छन् । उनले एमाओवादी अन्य पार्टीभन्दा तुलनात्मकरूपमा सही दिशामा रहेको बताउँदै पार्टीको यो कमजोरीलाई सच्याउनुपर्ने धारणा राखे । उनले असारमा निर्वाचन हुने सम्भावना टरेको बताउँदै अब कात्तिकको अन्तिम साता वा मंसिरमा निर्वाचन गर्नुपर्ने बताए ।

0 comments