खिलराजको विरोधमा चितवनमा प्रदर्शन

खिलाराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिएको विरोधामा राष्ट्रिय जनमुक्ति पार्टी चितवनले बुधबार नारायणगढको पुलचोकमा विरोध गरेका छन् ।

चारठुला राजनीतिक दलको सहमतीमा मात्रै रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिएकोले उनीहरुले आपती जनाएका हुन् । केन्द्रीय कार्यक्रम अनुसार उनीहरुले चितवनमा पनि र्याली निकालेका हुन् । शक्ति विकेन्द्रीकरणको सिद्धान्तलाई ठुलादलले बेवास्ता गरेकोले पनि विरोध ¥यालीको आयोजना गर्नुपरेको राष्ट्रिय जन मुक्ति पार्टीका जिल्ला सचिव तुलाराम गुरुड्डले बताउनुभयो ।

विरोध कार्यक्रम अन्तर्गत चैत ८ गते प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको, २८ गते बुधवार नारायणगढमा विरोध स्वरुप कोण सभाको आयोजना र ३० गते बुटवलको भैरहवामा कोण सभाको आयोजना गरिदै छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates