स्ववियु निर्वाचनमा एक नम्बर हुनुपर्छ :किरण
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले
स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा एक नम्बरको पार्टी बनाउँन
विद्यार्थी नेतालाई निर्देशन दिएका छन्।
खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्री परिषद्ले गर्ने भनेको संविधानसभाको विरोध गर्दै आएको नेकपा–माओवादीका अध्यक्ष वैद्यले बुधबार विद्यार्थी नेतालाई भने स्ववियु चुनावमा भाग लिएर ठूलो पार्टी बनेको देखाइदिन निर्देशन दिएका हुन् ।

बुधबार पार्टी कार्यालय बुद्धनागरमा विद्यार्थी नेतालाई निर्देशन
दिदै वैद्यले विजय आफ्नो पक्षमा पार्नका लागि चाडो चुनावको तयारी गर्न
निर्देशन दिएका हुन् । स्ववियू चुनावसँग पार्टीको अस्तित्व जोडिएको भन्दै
निर्वाचनमा सक्रियताका साथ लाग्न वैद्यले बताएका हुन् ।
बुद्धनगरमा
भेला भएका अनेरास्ववियु (क्रान्तिकारी)का नेता र केन्द्रीय सदस्यहरुलाई
निर्देशन दिँदै वैद्यले पार्टीको अस्तित्व स्ववियू निर्वाचन सँग जोडिएको
बताएका हुन् । वैद्यले देशभर आफ्नो पक्षमा युवालाई अगाडि बढ्न समेत
निर्वाचनको प्रचार गर्नुपर्नेमा जोड दिए ।सोही अवसरा उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापा बादलले विद्यार्थी नेतासँग क्याम्पसमा आफ्नो पार्टीको उपस्थिति बारे जानकारी लिएका छन् । वैद्यले भने अग्रगामी शैक्षिक मुद्धालाई आफ्नो पार्टीको प्रमुख ऐजेन्डा बनाउँन निर्देशन दिएका छन् ।
0 comments