ठकुरीहरुले राष्ट्रियताका पक्षधर पार्टीसग सहकार्य गर्ने
नया वर्ष २०७० शुरु हुनै लाग्दा
नेपालभरिका ठकुरीहरु पोखरामा जम्मा हुने भएका छन् । ठकुरीहरुको नेतृत्वदायी
साझा संस्था ठकुरी समाज महासंघ नेपालको यही चैत ३० र ३१ गते पोखरामा हुने
दोस्रो राष्ट्रिय महाधिवेशनका क्रममा नेपालभरिका ठकुरीहरु पोखरामा जम्मा
हुने भएका हुन् ।
जातीय मुक्तिको नाममा विभिन्न जातिहरु एकजुट भई अघि बढिरहेको अवस्थामा नेपालभरिका ठकुरीहरुले पोखरामा हुने राष्ट्रिय महाधिवेशनबाट आगामी दिनहरुमा ठकुरीहरु के कसरी अघि बढ्ने भन्ने विषयमा व्यापक छलफल गरी विभिन्न कार्यक्रमहरु तय गर्नेछन् भने संगठनको विधान संशोधन गर्नुका साथै आगामी तीन वर्षका लागि नया“ नेतृत्व चयन गर्नेछन् ।
राष्ट्रिय महाधिवेशनपूर्व आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा वर्तमान अध्यक्ष मोहनविक्रम शाहीले दिएको जानकारी अनुसार, उक्त महाधिवेशनमा नेपालका ३५ जिल्लाबाट करीब तीनसय ५० जना प्रतिनिधि÷पर्यवेक्षकहरुको सहभागिता रहनेछ ।

महाधिवेशन उद्घाटनपूर्व पोखराको शहीदचोकबाट छोरेपाटनसम्म ठकुरीहरुले ऐक्यवद्धताका साथ ¥याली प्रदर्शन गर्ने बताइएको छ । नेपालमा जातीय पार्टीहरु खुल्ने क्रम चलिरहेको अवस्थामा ठकुरीहरुले पनि पार्टी खोल्ने तयारी त गरिरहेका हैनन् भन्ने पत्रकारहरुको जिज्ञासामा ठकुरी समाज महासंघ नेपालका अध्यक्ष मोहनविक्रम शाहले, “ठकुरीहरुले नया“ जाति पार्टी खोल्ने कुरामा विश्वास नगर्ने” बताउनुहु“दै राष्ट्रियता र देश विकासका सवालमा कुनै शक्ति उदाउ“छ भने त्यस शक्तिस“ग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो । नेपालको जनगणना २०६८ अनुसार, नेपालभरि करीब चारलाख २४ हजार ठकुृरीहरुको जनसंख्या रहेको छ । त्यसमा पनि नेपालको मध्यपश्चिम क्षेत्रमा ठकुरीहरुको बसोबास बढिरहेको ठकुरी समाज महासंघ नेपालले जानकारी दिएको छ ।
0 comments