२४ चैत, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष किरणले आफूसित रहेको एउटा
पेस्तोल प्रहरीले खोसेर लगेको अनलाइनखबरलाई जानकारी दिनुभएको छ । सरकारले
हतियार बुझाउन आग्रह गरे पनि आफूसित हाल एउटा पनि हतियार नभएको उहाँले
स्पष्टीकरण दिनुभएको छ ।
‘मेरो एउटा पेस्तोल थियो । मेरो गार्डले
बाहिरजाँदा लगेर गएको रहेछ, प्रहरीले पक्ड्यो । हामीले यो हतियार यस्तो
यस्तो हो भनेपछि फर्काउनुपर्ला त भनियो । तर उनीहरुले फर्काएनन् । अध्यक्ष
किरणले आनलाइनखबरसँग भन्नुभयो- ‘विशेष समितिमा पनि यसबारे कुरा भयो । तर
मलाई त्यो हतियार दिँदै दिएनन् । यसबारेमा मैले प्रचण्डजीलाई पनि भनेको
थिएँ, उहाँलाई पनि थाहा छ ।
नेपाल सरकारले ३२ थान हतियार माओवादीका साथमा रहेको भन्दै बैसाखभित्र
बुझाइसक्न उर्दी गरेपछि अध्यक्ष किरणको यस्तो प्रतिक्रिया आएको हो । शनिबार
बिहान आफ्नै निवासमा आनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष किरणले आफ्नो
पार्टीसँग एउटा पनि हतियार नरहेको हुनाले यसको प्रष्टीकरण प्रचण्डले नै
सरकारलाई दिनुपर्ने बताउनुभयो ।
सबै हतियार प्रचण्डजीमार्फत
बुझाइएको हो । प्रचण्डजीले के कति बुझाउनुभयो, त्यो मलाई थाहा हुने कुरा
भएन । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मसँग एउटा पनि हातियार छैन ।
त्यसैले यसको प्रष्टीकरण प्रचण्डले नै दिनुपर्छ ।
सरकारले
एमाओवादी र माओवादी नेताहरुसँग ३२ थान हतियार रहेको भन्दै ती हतियार बुझाउन
बैशाख मसान्तसम्मको समय दिएको छ । बैशाख मसान्तसम्म हतियार नबुझाएमा
गैरकानुनी ठहर गरी कार्वाही गरिने सरकारले बताइसकेको छ । सेना समायोजन
विशेष समितिले गरेको निर्णयलाई सदर गर्दै सरकारले माओवादी नेताहरुसँग रहेका
हतियार बुझाउन निर्देशन दिएको हो ।
काठमाडौंमै २७ थान हतियार
सरकारले माओवादी नेताहरुसँग ३२ थान हतियार रहेको भने पनि सैनिक स्रोतका
अनुसार माओवादीसँग रहेका ३८ थान हतियार सरकारले प्राप्त गरेको छैन् ।
तीमध्ये कुनै नेताहरुको सुरक्षाका लागि राखिएका छन् भने केही हतियारको
बारेमा सेनालाई समेत थाहा छैन ।
कहाँ कति ?
हामीसँग एउटा पनि हतियार छैन। सबै हतियार प्रचण्डलाई बुझाईएका छन: किरण
Copyright 2013 Nepali Janapragatishil Morcha
Powered by Blogger | Templates Modified by 

0 comments