»
जनयुद्धको तयारी हुदैंछ - नेकपा माओवादी
जनयुद्धको तयारी हुदैंछ - नेकपा माओवादी
नयाँ जनवादी क्रान्तिका लागी मातृका समुह नेकपा माओवादीले दीर्घकालीन जनयुद्धको तयारी गरीरहेको जनाएको छ ।
चैत २८ र
२९ गतेको केन्द्रीय कमिटीको वैठकले गरेका निर्णयका वारेमा जानकारी दिन
मातृक समुह माओवादी बुधवार देशैभर पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको
जानकारी गराएको हो ।
मातृका समुह माओवादी कैलालीका सेक्रेटरी पदम भण्डारीले माओवादीले जनयुद्धको तयारी गरीरहेको जानकारी दिए ।
उनले
जनसविधान निर्माणको लागी सयुँक्त क्रान्तिकारी सरकार निर्माण गरीनुपर्ने र
बैद्य पक्ष संग पनि धेरै विषयमा अन्तरविरोध रहेकाले पार्टीको एकीकरण तत्काल
नहुने जिकिर गरे ।
नकेपा-माओवादी
बैद्य समुहले उठाएको माग जनयुद्धको जगमा जनविद्रोहको कल्पना गर्न नसकिने
भएकाले एकिकरण सम्भव नरहेको भण्डारीको भनाई छ ।
यस्तै चार दलिय सेन्डीकेटको अन्त्य हुनुपर्ने आफ्नो पार्टीको माग रहेको नेता भण्डारीले बताए । उनले राज्यवाट आन्दोलनलाई दवाउन खोजे हतियार उठाउने तयारी पनि माओवादीले गरीरहेको वताए । |
|
|
|
|
|
|
|
|
|
|
Labels:
0 comments