आन्तरिक मामिलामा अर्ती दिने कार्टरलाई अधिकार छैन: अध्यक्ष किरण

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई सम्झौतामा नआए कानुनी कारवाही हुन्छ भन्ने अधिकार नभएको बताएका छन् ।

नेपाल भ्रमणबाट फर्केका कार्टरले आफ्नो वेबसाइटमा आफूले वैद्यलाई कि 'सम्झौतामा आउन् कि कानुनी कारवाही सामना गरुन्' भनेको उल्लेख गरेका छन् । तर उक्त भाषाप्रति वैद्यले आपत्ति जनाएका छन् ।

वैद्यले कार्टरलाई नेपालको आन्तरिक मामिलामा अर्ती दिने अधिकार नभएको भन्दै आपत्ति जनाएका हुन् । कार्टरले सुझाव दिन सक्ने बताउँदै आफुसँगको भेटमा सम्झौतामा नआए कानुनी कारवाही हुन्छ भन्ने कुरा नभएको दावी गरेका हुन् ।

नयाँ संविधानसभाको निर्वाचनको लागि नेपाल केन्द्रित भएपनि माओवादीले त्यससँग सम्बन्धित गतिविधिमा अवारोध पुर्याएको सन्दर्भसँगै कार्टरले उक्त कुरा उल्लेख गरेका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates