गुण्डालाई छुटाउन कांग्रेसको दबाब
'संजिवको रिहाई माग गदै आन्दोलनमा उत्रिएका हौ', तरुण दलका जिल्ल्ाा
उपाध्यक्ष केशब तिमल्सिनाले भने, 'बिना कारणले प्रहरीले उसलाई पक्राउ गरी
हिरासतमा राखेको छ ।' प्रहरीले लामालाई बिना सर्त रिहाई नगरे सम्म आन्दोलन
जारी राख्ने उनले बताए ।
लामालाई सार्वजनिक अपराधको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौले
चैत्र २४ गते न्यूरोड गेटबाट पक्राउ गरेको थियो । उनलाई गौशाला क्षेत्रमा
रहेको एक म्यानपावर तोडफोड गरेका अभियोग प्रहरीले लगाएको छ । 'म्यानपावर
तोडफोड गरेको अभियोगमा पक्राउ गरेका हौ', परिसरका प्रवक्ता चक्रबहादुर
सिंहले भने, 'लामामाथि सार्वजनिक अपराधअन्र्तगत कारवाही चलिरहेको छ ।'
लामालाई २०६६ साल माघ ६ गते गोठाटारमा हत्याकाण्डमा अदालतले एक बर्ष बढी
सजाय सुनाएको थियो । जिल्लाको छक्रेबाँझ ५ घर भएका लामा जेलबाट बाहिर
निस्के लगत्तै आफ्ना सहयोगीसहित कांग्रेसमा प्रवेश गरेका थिए । २०६९ साउन ७
गते काभ्रे
कांग्रेसले बनेपामा आयोजना गरेको '३० औ बिपी स्मृति दिवस एंव पार्टी
प्रवेश' कार्यक्रममा काँग्रेस सभापति शुशिल कोइरालाको हातबाट टिका र
सदस्यता लिएर पार्टी प्रवेश गरेका थिए ।
0 comments