दमन गरे बन्दुक : बिप्लब
काठमाडौ, वैशाख ५ -
नेकपा-माओवादी सचिव नेत्रविक्रम चन्दले आफूहरूको आन्दोलनलाई दमन गर्ने
प्रयास गरे बन्दुक उठाउन तयार रहेको चेतावनी दिएका छन् ।
नेकपा-माओवादीलगायत ३३ साना दलद्वारा आयोजित विरोधसभामा सचिव चन्दले भने,
'दमन गरेर त हेर, परिणाम कस्तो निस्कन्छ ।'
चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारको खारेजी नभएसम्म
वार्तामा नबस्ने उनले बताए । असंवैधानिक जगमा बनेको सरकारसँग वार्तामा
बस्नुको कुनै औचित्य नभएको उनको भनाइ थियो । रेग्मी नेतृत्वको सरकारले
गराउने नयाँ संविधानसभा चुनावको कुनै अर्थ नभएको उनले उल्लेख गरे ।
0 comments