कार्की र रेग्मीको पुत्ला जलाइयो
कार्की र रेग्मीको पुत्ला जलाइने
विवादास्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा
सिफारिश गरेको बिरोधमा नेपाल बिद्यार्थी संघले आन्दोलन थाल्ने भएको छ ।
संघले आज कार्की र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पुत्ला पुत्ला
दहन गर्ने प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
'आज त्रिचन्द्र क्याम्पसमा बिरोधस्वरुप कार्की र रेग्मीको पुत्ला दहन
गछौं', उनले भने । असंवैधानिक सिफारिशको बिरोधमा सबै बिद्यार्थी संगठनले
संयुक्तरुपमा आन्दोलन गर्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।
आइतबार संबैधानिक परिषद्को बैठकले भ्रष्टाचार काण्डमा मुछिएका र जनआन्दोलन
दबाउन दोषी ठहर्याइएका कार्कीलाई अख्तियार प्रमुखमा सिफारीशको निर्णय
गरेपछि युवा बिद्यार्थीहरुले देशभरका बिभिन्न स्थानमा प्रदर्शन सुरु गरेका
छन् ।
आज बिहान राजधानीका प्राय सबै क्याम्पसमा अनेरास्वियुले बिरोध प्रदर्शन गरेका थिए ।
पार्टीले निर्देशन नदिए पनि लोकमान सिफारिशको बिरोधमा आन्दोलन गरिने लामिछानेले बताए ।
0 comments