लोकमान विरुद्धको रिट समेत दर्ता भएन, रिट निवेदकलाई उल्टै शर्त
अख्तियारको प्रमुख हुनका लागि कार्कीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा
रिट दर्ता गराउन पुगेका अधिबक्त ओमप्रकाश अर्याललाई २०६३ सालको एउटा आदेशको
नजिर टेकेर कम्तीमा २ वटा शर्त पुरा गर्न भनिएको छ ।
यसअघि यस प्रकारको सार्वजनिक चासोमा विषयमा जोकसैले पनि रिट दिन पाउथे ।
कार्कीकै विषयमा पनि यसअघि चार दलीय संयन्त्रले संबैधानिक परिद्लाई सिफारिस
गरेपछि रिट परेको थियो । त्यसमा भएको लामो बहसपछि त्यही अदालतले नियुक्ति
प्रकृया परिपक्क नभएको भन्दै न्यायाधीसहरु गिरिसचन्द्र लाल र तर्कराज
भट्टले त्यसअघि न्यायाधीस सुशीला कार्कीले जारी गरेको अन्तरिम आदेश फिर्ता
लिएको थियो ।
त्यस बेला परिपक्क नभएको भनिएको उक्त विषयमा संबैधानिक परिषद्ले आइतवार
नियुक्तिका लागि सिफारिस गरेपछि अव परिपक्क भयो भन्दै अदालत रिट लिएर
पुगेका वकिललाई अदालत प्रशासनले शर्तहरुको चाङ नै पुरा गर्न भनेका हुन् ।
शर्तहरु यस्ता छन्:
अदालतमा निवेदन दिनु पूर्व सम्बन्धित निकाय वा पदाधिकारी समक्ष आवश्यक उपचारका लागि निवेदन दिनु पर्ने,
उपचार पाउन नसकेको कारण दर्शाएर सम्बन्धित अधिकारी वा पदाधिकारी समक्ष सो
काम गरे वा नगरे उपर सार्वजनिक सरोकारको निवेदन दिनलागेको कुराको जानकारी
गराई त्यसको प्रमाण पेश गर्नु पर्ने ।
यि दुई वटा शर्त पुरा नगरेको भन्दै रिट फिर्ता दिइकोएको छ । 
0 comments