नेपालगञ्जमा नेकपा-माओवादी बैठक


नेकपा–माओवादीको थारुवान राज्य समितिको दोश्रो पूर्ण बैठक आज सम्पन्न हुने भएको छ।

हिजोदेखि नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा संचालन भएको बैठक केही समयपछि सम्पन्न हुने आयोजकले बताएका छन् । बैठकमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ्गका राज्यसमिति स्तरका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको छ । बैठकमा सहभागी कार्यकर्ताहरुले संविधानसभामा भाग लिने वा नलिने भन्ने विषयमा र क्रान्तिको स्पष्ट खाका निर्धारण गरेर जानुपर्ने जस्ता कुरामा जोड दिइएको बताइएको छ ।

बैठकमा नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लब’, पोलिटब्यूरो सदस्य धमेन्द्र बास्तोला लगायतका केन्द्रीय नेताहरुले पार्टीको याजना र रणनीतिका बारेमा प्रशिक्षण दिएको बताइएको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates