अन्तरिम संविधान विपरित अख्तियार
दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीको नाम
सिफारिसको विरुद्ध विद्यार्थी सडकमा उत्रिएका छन्। नेपालमा राजतन्त्रको
समाप्ति र गणतन्त्रको स्थापनाका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/६३
दबाउनमा प्रमुख भूमिका खेलेको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन गरिएको
सिफारिस विरुद्ध विभिन्न विद्यार्थी संगठन सडकमा चर्का नारा र टायर बाल्दै
उत्रिएका हुन् ।
आइतबार बसेको संवैधानिक परिषद् बैठकले लोकमानसिंह
कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्तिका लागि
राष्ट्रपति समक्ष सिफारिस गरेको विरुद्ध विभिन्न विद्यार्थी संगठन
आन्दोलनमा उत्रिएका हुन् । राजधानीका विभिन्न क्याम्पस अगाडि सोमबार
विद्यार्थीले विभिन्न लोकमान कार्की, अन्तरिम चुनावी मन्त्री परिषदका
अध्यक्ष खिलराज रेग्मी र लोकमानसिंह कार्कीको नाम संवैधानिक परिषद समक्ष
पेश गर्ने राजनीतिक दलका शीर्ष नेता विरुद्ध चर्को नाराबाजी समेत गरे ।
रत्नराज्य
लक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार राईले
संवैधानिक परिषदले सिंहको सिफारिस नसच्याएसम्म विरोधका कार्यक्रमहरु जारी
रहने बताए । त्यस्तै विश्वभाषा क्याम्पस अखिल क्रान्तिकारी (मोहन वैद्य
समूह)का अध्यक्ष रोमश श्रेष्ठले कार्कीको नामको सिफारिस स्वीकृत भए अब
विद्यार्थीले हिंसात्मक आन्दोलन गर्ने चेतावनी दिए । रायमाझी आयोगले दोषी
समेत ठहर गरेको सिंह शाही शासनको समयमा मुख्य सचिव थिए ।
लोकमान नियुक्तिको सिफारिस विरुद्ध विद्यार्थी सडकमा
Copyright 2013 Nepali Janapragatishil Morcha
Powered by Blogger | Templates Modified by 

0 comments