लोकमानका नामको सिफारिस रद्ध गर्न राष्ट्रपति कार्यालय घेराउ
लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख नियुक्तिका लागि गरिएको सिफारिसको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गरिएको छ।
हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारबाट नै भ्रष्टचारी ठहरिएका शाही कालका मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा गरेको सिफारिस स्वीकृत गर्नु नहुने भन्दै नागरिक समाज र विद्यार्थी संगठनले राष्ट्रपति कार्यालय घेराउ गरेका हुन् ।
कार्कीको नाम अख्तियारको प्रमुखका रुपमा सिफारिस भएको विरोधमा बिहान विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका विद्यार्थी संगठनले राष्ट्रपतिले कार्कीको नाम स्वीकृत गरे देशभर आन्दोलन चर्काउने चेतावनी दिइ सकेका छन् भने नागरिक समाजका अगुवाले समेत कार्कीको नामको विरुद्धमा राष्ट्रपति कार्यालय समक्ष वक्तव्य बुझाएर विरोध जनाइसकेका छन् ।

0 comments