आफ्नै सम्पत्तिसँग तर्सिए प्रचण्ड

काठमाडौं । ज्यान, सम्पत्ति र यी दुवै कुरा जोगाउन पद प्राप्तिको तिगडममा तल्लीन एमाओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवास वरिपरि सुरक्षा निगरानी ह्वात्तै बढाइएको छ। सात फिट अग्लो पर्खाल र त्यसमाथि फलामे बार लगाएको कम्पाउन्डभित्र रहेको लाजिम्पाटस्थित उनको निवास तीन रोपनी क्षेत्रफलमा फैलिएको छ।

विगत दुई वर्षअघि दाहालले खरिद गरेको, तर अजय सुमार्गीको परिवारका नाममा राखिएको उक्त आधुनिक बंगलाका झ्यालका पर्दाहरू अक्सर खुल्दैनन्। निवास वरिपरिका अग्ला घरहरूमा आवत–जावत गर्नेहरूमाथि पनि विशेष निगरानी राख्न थालिएको छ। परिवारका सदस्य, प्रमुख राजनीतिक दलका शीर्ष नेता र कूटनीतिक नियोगका प्रमुखबाहेक उनको निवास जाने जोसुकैलाई पनि मेटल डिटेक्टर लगाएर जँच गरेपछि मात्रै सुरक्षागेटबाट भित्र छिर्न दिने गरिएको छ। आफ्ना कार्यकर्तामाथि अझै बढी निगरानी राख्न थालिएको छ।

एमाओवादी अध्यक्ष दाहालले आफूमाथि सुरक्षा थे्रट छ भन्न थालेको धेरै पहिलेदेखि नै हो। सुरक्षा थ्रेटलाई महसुस गर्दै आफू नयाँबजार निवासबाट लाजिम्पाट निवासमा सरेको भन्दै उनले १० महिनाअघि भृकुटीमण्डपमा सम्पन्न सातौं विस्तारित बैठकमा स्पष्टीकरण दिएका थिए। राजा महाराजा जस्तै आलिसान बंगलामा बसेको कुरा कार्यकर्ताले उठाएपछि स्पष्टीकरण दिँदै उनले भनेका थिए– यत्रो महँगो महलमा बस्ने इच्छा मलाई छैन, सरकारले उपयुक्त आवासको प्रबन्ध गरिदिओस्, म तत्काल महल छाड्छु। उनको सुरक्षाका लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ३० जना सुरक्षाकर्मी तैनाथ गरेको छ। यति धेरै सुरक्षाकर्मी तैनाथ नेताका लागि फराकिलो कम्पाउन्ड आवश्यक पर्नु स्वाभाविकै भएको आशय उनको थियो।

विगतमा आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री पदमा भएका कारण सुरक्षा थ्रेटबारे उनले राज्यलाई आधिकारिक जानकारी गराएका थिएनन्। प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएपछि दाहालले आफूमाथि सुरक्षा थ्रेट भएको जनाउ राष्ट्रप्रमुख र कार्यकारी प्रमुख दुवैलाई दिएका छन्। दाहालले आफूसँग भएको सेक्युरिटीसम्बन्धी गुनासोबारे राष्ट्रपति डा.रामवरण यादवले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग कुराकानी पनि गरेका थिए। उनीमाथि कुन कोणबाट थ्रेट भएको हुनसक्छ? अथवा चर्चामा आउने प्रोपोगन्डा पो गरेका हुन् कि? भन्ने कुरामा राष्ट्रपति यादवले दाहालसँग चासो राखेका थिए। राष्ट्रपतिसँगको उक्त भेटघाटमा दाहालले भनेका थिए– ‘मेरो ख्यालमा फुटेर गएको मोहन वैद्य समूहकै कोणबाट सुरक्षा थ्रेट छ, उनीहरूसँग रहेका हतियारहरू तुरुन्त नियन्त्रणमा लिन रेग्मीलाई दबाब दिएको छु।’

एमाओवादी अध्यक्ष दाहालले कोबाट सुरक्षा थ्रेट महसुस गरेका हुन् सक्छन्? भन्ने विषयमा राजनीतिक वृत्तमा अनेकांै कोणबाट विश्लेषण गरिएको छ। यता, स्वयं दाहालले भने जुन शक्तिले वैद्य समूहलाई प्रयोग गरेर धोबीघाट गठबन्धनमार्फत भट्टराईलाई प्रधानमन्त्री बनाएको थियो, त्यही शक्तिले फेरि वैद्य समूह वा पार्टीभित्रकै कुनै असन्तुष्ट समूह प्रयोग गर्नसक्ने संकेत मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसमक्ष गरेका थिए। दाहालले भारत भ्रमणबाट फर्केलगत्तै राष्ट्रपति यादव र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग भएको भेटघाटमा ज्यादै हतास मनस्थितिमा सुरक्षा थ्रेटबारे गुनासो पोखेका थिए। चीन भ्रमणबाट फर्केपछि नै उनी बढी उदास देखिन थालेको निकटस्थ नेताहरू बताउँछन्। पार्टी कार्यकर्ता बिना मगरसँग तेस्रो विवाह गरी भागेपछि आफैंले प्रस्ताव राखेर छोरा प्रकाश दाहालमाथि अध्यक्ष दाहालले कारबाही गरेका थिए। चीन भ्रमण जानुअघि अचानक उक्त कारबाही फिर्ता गरिनुलाई पनि सुरक्षा थ्रेटसँगै गाँसेर हेरिएको छ। यतिबेला उनले छोरा प्रकाशलाई बढी नै च्याप्ने गरेका छन्।

भारत भ्रमणबाट फर्केलगत्तै आफूले दिएको राज्यपुनर्संरचनासम्बन्धी अभिव्यक्तिलाई पनि दिल्लीले गम्भीर रूपमा लिएको सूचना दाहालले एक हप्ता नबित्दै प्राप्त गरेका थिए। ‘भारत जातीय होइन, भाषिक आधारमा राज्य पुनर्संरचना हुनुपर्ने पक्षमा रहेको’ उनको भनाइ थियो। उनी भ्रमणबाट फर्केको भोलिपल्ट सचिव ठाकुर बराललगायतको सातजनाको टोली दिल्ली पुगेको थियो। ‘भारत जातीय आधारमा राज्य पुनर्संरचना नगर्दा राम्रो हुन्छ’ भन्नेबाहेक यस विषयमा दाहालसँग कुनै कुरा नभएको भनाइ उक्त टोलीसँग दिल्लीका अधिकारीले बताएका थिए। यस विषयमा भारतले आपत्ति जनाएको विभिन्न स्रोतमार्फत थाहा पाएपछि ‘मेरो बुझाइ गलत भयो’ भन्दै एमाओवादी अध्यक्ष दाहालले राजदूत जयन्त प्रसादसँग माफी मागेको शैलीमा कुरा राखेका थिए। जातीय राज्य हुँदैन भन्नुको अर्थ भाषिक आधारमा राज्य पुनर्संरचना हुनुपर्छ भन्ने बुझाइ आफ्नो रहेको भन्दै उनले राजदूत जयन्त प्रसादसँग स्पष्टीकरण दिएको शैलीमा कुरा राखेका थिए। बरालको टोली भने साउथ ब्लकसँगको भेटघाटपछि भने जातीय, भाषिक, धार्मिक संघीयता नहुने निष्कर्षसहित एक सातापछि फर्केको थियो।

सबै सम्पति मालिक सुमार्गीको नाममा भयकोले झनै ठूलो डर

यसैबीच भष्ट्राचारको डरले अरबौ रकम हेटौडाका सामान्य क्रसर व्यापारी अजय पराजुली ‘सुमार्गी’ मार्फत लगानी अर्थात व्यापार गर्न दिइएको रकम नै एक किसिमले ठूलो थ्रेट हुन थालेको छ । त्यसै त सुमार्गीको संगत र नियत ठिक नभएको जानकारी हुनु र यदि आफूलाई कसैगरी केहि भइहालेमा सम्पूर्ण रकम डुब्ने निश्चित मात्र होइन सम्पूर्ण परिवार नै सडक छाप हुने छ । बस्ने घर समेत सुमार्गीकी जेठी सासुको नाममा किन्नुको बाध्यता छ । अलिकति पैसाका लागि त कतिलाई सडक छाप बनाउने पराजुलीले प्रचण्डजस्तालाई छोडे भने अचम्मै मान्नु पर्ने हुन्छ । पैसा नहुने नेता नै होइनन् भन्ने प्रचण्डले सडक छाप भएको सपना मात्र देखे भने पनि रातरात नै रक्सीको नशामा सुत्ने दाहालले सधैका लागि सुतेको सुत्यै नहोलानन भन्न पनि सकिदैन । उता बाबुरामलाई नेता बनाउन पनि उनका गुरुहरुले दाहाललाई सधैका लागि सुताउने सम्भावना पनि बलियो छ । जस्तो मदन भण्डारीलाई उतैले मारे पनि उनकी श्रीमतीको उठबस उनीहरुसँग नै बाक्लो हुनाले पुष्टि गर्छ कस्को कति विश्वास हुन्छ भनेर । दरबारभित्र छिरेर रातारात सबै परिवार नै सखाप पार्न सक्नेहरुको फन्दामा परेर दाहाललाई बाच्न र सम्पतिको सुरक्षा दिने सर्तमा देशलाई नै बुझाउन नलागाउन भन्न पनि नसकिने अवस्था रहेन दाहाल परिवार स्रोतले बतायो ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates