सरकार गलत बाटोमा अगाडि बढ्दै छ : पोखरेल
नेकपा एमालेका सचिव शंकर पोखरेलले वर्तमान सरकार गलत काम गर्दै अगाडि बढेको अरोप लगाएका छन्।
सोमबार प्रेस चौतारीले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको सरकारले गलत काम गर्दै अगाडि बढेको आरोप लगाएका हुन् ।
पोखरेलले शाही कालका मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएदेखि नै सरकार गलत बाटोमा लागेको अरोप लगाएका हुन् । पोखरेलले राजनीतिक दलको चाहाना बमोजिम सरकार अघि नबढेकोप्रति समेत आपत्ति प्रकट गरेका छन् ।
पोखरेलले वर्तमान सरकारको गठन निर्वाचनको लागि मात्र भएकाले यो सरकारले अन्य कामलाई भन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

0 comments