रातारात विद्यार्थी भर्नाको विरोधमा आरआरमा तालाबन्दी
रातारात गैरकानुनीरुपमा एकमुष्ट फर्जी विद्यार्थी भर्ना गरिएको विरोधमा
नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले रत्नराज्य लक्ष्मी क्याम्पसमा
तालाबन्दी गरेको छ ।
यहि जेठ
२३ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी एकमुष्ट फर्जि भर्ना गरिएकाले
क्याम्पसमा तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारी आर आर क्याम्पस
कमिटिका अध्यक्ष ललित बिकले जानकारी दिए ।
अवैधानिरुपमा
रातारात गरिएको एकमुष्ट भर्ना रद्द नभएसम्म क्याम्पसमा लगाइएको तालाबन्दी
कुनैपनि हालतमा नखोलिने क्रान्तिकारीले चेतावनी दिएको छ ।
एकीकृत
नेकपा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी र एमाले निकट
विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनमा बढी मत ल्याउने हेतुले
रातारात गैरकानुनी रुपमा फर्जी विद्यार्थी भर्ना सम्पन्न गरेका थिए ।
यति
मात्र होइन आरआर क्याम्सका विद्यार्थी नेताहरुले जनआन्दोलनमा कुनै पनि
चोटपटक नलागेका विद्यार्थीलाई जनआन्दोलनको घाइते भएको भन्दै 'जनआन्दोलन
घाइतेको कार्ड' बनाइ निःशुल्क रुपमा भर्ना गरेका छन् ।
0 comments