हामीसम्म आएको छैन मजदुर दिवस


हामीसम्म आएको छैन मजदुर दिवस (साथमा फोटो फिचर)
 
काठमाडौं - १२४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशका विभिन्न स्थानमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइँदै छ। राजनीतिक दल आवद्ध विभिन्न ट्रेड युनियनले राजधानीका विभिन्न ठाउँबाट मजदुर हकहितका चर्का नारा लगाउँदै र्याेली निकाले। तर यो आवाजले दिनभरी काम गरेर बिहान बेलुकी छाक टार्न बाध्य मजदुरलाई भने छुन सकेन। के इँटाभट्टा, के घर निर्माण, के व्यापार या त खेती नै गर्ने किन नहुन उनीहरु मजदुर दिवसको दिन होस् या अरु दिन नै किन नहोस् काममा रटिन बाध्य छन् ।
 
बुधबार बिहान भक्तपुरस्थित एक इँटाभट्टामा पुग्दा त्यहाँ काम गर्नेहरु अन्य दिन जस्तै धुँवा–धुलोको मुस्लोबीच इँटाको भारी बोक्दै थिए। उनीहरुको कामको तालिका पनि निश्चित थिएन। न त बसोबासको व्यवस्था नै राम्रो थियो । 
इँटाभट्टामा मालिकहरु पछिल्ला दिनमा इँटा ओसार्न गाधा पनि राखेका छन। बुधबार मजदुरसँगै गधा पनि काममा व्यस्त थिए। गधाको अनुगमन एनिमल नेपाल नामक संस्थाले गर्ने गरेको छ। तर इँटाभट्टामा भेटिएका नाबालक मजदुर, अस्वस्थ्य वातावरणको भने कसैले गर्ने गरेको छैन।
यसरी काम गर्नेहरुको एउटै आवाज छ- 'एकदिन मजदुरको नाममा चर्को नाराबाजी गरेर मात्रै मजदुरको दुख पीडा समाधान हुँदैन । हामीलाई मजदुर दिवस भन्ने थाहा छ तर काम नगरी सुख छैन ।'

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates