निर्वाचन आयोग घेराउ


काठमाडौ २० वैसाख । नेकपा–माओवादी सहितका ३३ दलले शुक्रवार निर्वाचन आयोगको कार्यालय घेराउ गरेका छन् ।

निर्वाचन आयोगले आफूहरुको सहमति विना दल दर्ता र मतदाता नामावली संकलन कार्य जारी राखेको भन्दै सहमति विना ती कार्यहरु बन्द गर्न माग गर्दै विहान ९ वजे देखि ११ वजे सम्म दुई घण्टा निर्वाचन कार्यालय घराउ गरेका हुन् ।

नागरिकता वितरण लगायतका विषय र केहि ऐनमा विवाद वाँकी रहेको तथा वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचन प्रकृया वहिष्कारको घोषणा गरेका ३३ दलले मतदाता नामावली संकलन कार्य समेत अवरोध गर्दै आएका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates