निर्वाचनले फाँसीवादलाई प्रश्रय दिन्छः वैद्य

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चारदलको निर्देशनमा घोषणा गरिएको निर्वाचनले फाँसीवादलाई प्रश्रय दिने आरोप लगाउनु भएको छ ।

रेडियो मिर्मिरेको नियमित कार्यक्रम जसको विचार उसको बोलीमा कुरा गर्दै अध्यक्ष वैद्यले पञ्चायती चुनाव र अहिले घोषणा गरिएको संविधानसभाको चुनावमा कुनै भिन्नता नरहेको जिकिर गर्नुभयो ।
वैद्यले संविधानसभाको पहिलो चुनावमा प्रतिनीधित्व गरेका ३२ दल मध्य २४ दल वाहिर राखेर घोषणा गरिएको निर्वाचनले लोकतन्त्रकै उपहास गर्ने टिप्पणी गर्नुभयो ।

मोर्चाका अन्य घटक सगको परामर्शपछि चुनाव विरुद्ध शसक्त संघर्षका कार्यक्रम घोषणा गर्ने वताउनु भएका वैद्यले अलोकतान्त्रिक विधि र अलोकतान्त्रिक प्रयोजनका लागि गरिएको चुनावलाई कुनै हालतमा स्विकार गर्न नसकिने स्पष्ट पार्नुभयो ।

निर्वाचन घोषणाको विरुद्ध नेकपा–माओवादी सांकेतिक विरोध स्वरुप शुक्रवार अपरान्ह राजधानीमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates