निर्वाचन भण्डाफोरका लागि कोणसभा
नेकपा–माओवादी सहितका दलहरुले निर्वाचन घोषणा विरुद्ध
शनिवार साँझ राजधानीका विभिन्न ठाँउमा कोणसभा गर्ने भएका छन् ।
भोली असार २ गतेको नेपाल वन्द आह्वानको प्रचार प्रसार तथा सरकारले घोषणा गरेको निर्वाचनको भण्डाफोरका लागि कोणसभा गर्न लागिएको नेकपा माओवादीले जनाएको छ ।
विहिवार सरकारले निर्वाचनको मिति घोषणा गरेपछि शुक्रवार नेकपा माओवादीको मुख्यालय वुद्धनगरमा वसेको माओवादी सहितका ४२ दलहरुको संयुक्त वैठकले सरकार विरुद्ध कडा रुपमा प्रस्तुत निर्णय गर्दै नेपाल वन्दको घोषणा गरेको होे ।
सरकारले निर्वाचन मिति घोषणा गरेपछिको पहिलो प्रतिक्रिया स्वरुप नेकपा–माओवादी सहितका दलहरुले शान्तिवाटिकामा प्रदर्शन र नेपाल वन्दको आह्वान गरेका हुन् ।
नेकपा माओवादी, उपेन्द्र यादव नेतृत्वको संघिय लोकतान्त्रिक मोर्चा, र अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टी लगायतका ४२ दलहरुले कुनैपनि हालतमा मंसिर ४ मा निर्वाचन सम्पन्न हुन नदिने र आन्दोलनकै वलबाट सरकारलाई घुँडा टेकाउने निर्णय गरेका छन् ।

0 comments