४२ दलद्वारा नेपाल बन्द आह्वान

चार दलको निर्देशनमा सरकारले एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेको भन्दै सरकार बिरुद्ध आन्दोलनरत दलहरुले आइतवार नेपाल बन्दको आह्वान गरेका छन् ।
बन्दले राजधानी लगायत देशैभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ ।

चार दलबीच भएको ११ बुदे सहमति र राष्टपतिद्धारा गरिएको २५ बुदे बाधा अड्काउ फुकाउको विरोध गर्दै आएका नेकपा–माओवादी सहित ३३ दल, उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपाल सहितको ७ दलिय संघीय लोकतान्त्रिक मोर्चा र अशोक राइ नेतृत्वको संघीय समाजवादी पार्टीले आइतवार नेपाल बन्दको आह्वान गरेका हुन् ।

नेपाल बन्दको कारण विहानैदेखि राजधानी लगायत देशैभर सवारी साधनहरु ठप्प रहेका छन् भने बजार तथा शैक्षिक संस्थाहरु पनि सञ्चालन हुन सकेको छैन ।

यस्तै, आजको बन्दलाइ लक्ष्मण थारु नेतृत्वको थरुहट पार्टी र एमबी थापा नेतृत्वको अखण्ड पार्टी नेपालले समेत एक्यवद्धता जनाएका छन् ।

राजधानीमा विहानैदेखि वर्षा भइरहेकाले बन्दकर्ताहरुलाई सडकमा आउन समस्या भइरहेको छ । राजधानीका विभिन्न चोकमा विहानैदेखि बन्द पानीमा भिज्दै बन्द गराउँदै हिडेका छन् ।
बन्दको कारण राजधानीमा विहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको छ । शान्तिपूर्ण रुपमा नै बन्द आह्वान गरिएकोले अहिले सम्म आफ्ना कुनै पनि कार्यकर्ताहरु पक्राउ नपरेको र कुनै अप्रिय घट्ना नभएको नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

यसैबीच, नेकपा–माओवादी सहितका दलहरुले निर्वाचन घोषणाको भण्डाफोर गर्न शनिवार राजधानीको शान्तिबाटिका सहित राजधानीका विभिन्न ठाँउमा कोणसभा गरेका थिए ।

बन्दको पूर्व सन्ध्यामा शनिवार साँझ देशका विभिन्न ठाउँ नेकपा–माओवादीले मशाल जुलुस समेत निकालेको थियो ।

विहिवार सरकारले निर्वाचनको मिति घोषणा गरेपछि शुक्रवार नेकपा–माओवादीको मुख्यालय वुद्धनगरमा वसेको माओवादी सहितका ४२ दलहरुको संयुक्त वैठकले सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गर्दै नेपाल वन्द सहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates