राष्ट्रपति आन्द्राको उपचार गर्न जापान जाने
मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई उपचारका लागि जापान पठाउने र सबै खर्च सरकारले बेहोर्ने निर्णय गरेको संचारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । चिकित्सकबाट राष्ट्रपतिलाई उपचारका लागि विदेश लैजानुपर्ने सुझाव आएपछि मनित्रपरिषद्को वैठकले त्यस्तो निर्णय गरेको उहाले वताउनुभयो ।
राष्ट्रपतिको आन्द्रामा दाग देखिएको छ र डाक्टरहरुले उहालाई क्यान्सर भएको आशंका गरेका छन् । यादव थप उपचारका लागी शोमवार वा मंगलवार मात्रै जापान जानु हुने भएको छ ।
थप स्वाथ्य परिक्षणका लागी आजै जापान जाने भनिएपनि अस्पताल भर्ना गर्ने समय निश्चित नभएपछि यदवको जापान जाने तयारीमा दिलाई भएको शित्तल निवास स्रोतले जानकारी दिएको छ ।
यादवको उपचारका लागी आवश्यक प्रक्रिया मिलाउन जुटेको सरकारले राष्टपतिस‘गै जाने टोलीको भिषा प्रक्रिया शुरु गरेको छ । राष्ट्रपति यादवका साथमा छोरा चन्द्रमोहन, छोरी अनिता, निजी डाक्टर यादव भट्ट र सुरक्षाका निम्क्ति नेपाली सेनाबाट तीनदेखि पॉचजना जाने गरी सरकारले भिषाको प्रक्रिया शुरु गरेको छ ।
यादवको उपचारका लागी सरकारका तर्फबाट स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले संयोजन गरिरहनु भएको वताईएको छ ।
यसैवीच अन्तरिम चुनावी मनित्रपरिषद्का अध्यष खिलराज रेग्मीले राष्ट्रपति यादवलाई भेट गरी यादवको स्वाथ्य स्थिती र सरकारले उपचारका लागी गरेको तयारीका विषयमा जानकारी गराउनु भएको थियो ।
0 comments