विशेष अदालतद्धारा पर्शुराम बस्नेतसँग २ करोड धरौटी माग,धरौटी बुझाउन नसकेपछि जेल चलान
काठमाडौं, २७ जेठ । विशेष अदालतले अबैध सम्पत्ति आर्जन गरेको आरोपमा ‘डन’ पर्शुराम बस्नेतसँग २ करोड धरौटी माग गरेको छ । धरौटी बुझाउन नसकेपछि बस्नेतलाई जेल चलान गरिएको छ । अदालतले उनको पत्नि अन्जुलाई साधारण तारेखमा रिहाइ गरेको छ ।
अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यहरु मोहन रमन भट्टराई र भुपेन्द्रप्रसाद राईको सयुक्त इजलासले बस्नेतसँग २ करोड धरौटी माग गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसगै अन्य ५ जना गणेश लामा दिपक मनागे, चक्रे मिलन, अभिषेक गिरी लगायतका डनलाइ ३ साता अघि विशेष अदालतमा मुद्धा दायर गरेको थियो । अनुसन्धान पूरा भएका पाँच डन मध्ये गणेश लामा र पशुराम बस्नेत सबैभन्दा धनी रहेको खुलेको छ ।
स्रोतका अनुसार लामाको १७ करोड ५० लाख तथा बस्नेतको १४ करोडको सम्पत्ति प्रहरीले फेला पारेको थियो ।
0 comments