दलाल र गद्दार गुटसँग एकिकरण हुदैन – नेकपा माओवादी

काठमाडौं, २७ जेठ । नेकपा-माओवादीले एकिकृत नेकपा माओवादीसँग कुनै पनि हालतमा पार्टी एकिकरण नहुने प्रष्ट पारेको छ । अध्यक्ष मोहन बैद्य किरणले आज प्रेश बिज्ञप्ति जारी गर्दै पार्टी एकताको हल्ला कपोल कल्पित तथा भ्रामक प्रचारबाजी भएको बताएका छन ।
यी दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणकाक्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको यथार्थता जगजाहेर नै रहेको बिज्ञप्तिमा उल्लेख छ । प्रचण्ड–बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट भएको पनि बिज्ञप्तिमा  लेखिएको छ । दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न नसक्ने बताउदै बैद्यले एकताबारे हाम्रो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफल नभएको बताएका छन ।
प्रेस वक्तव्य

हालै कतिपय सञ्चार माध्यमद्वारा नेकपा–माओवादी र एनेकपा(माओवादी)का बीच पार्टी एकता हुँदैछ भनी अत्यन्तै कपोल कल्पित तथा भ्रामक प्रचारबाजी हुँदै आएकोमा हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । यी दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणकाक्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको यथार्थता जगजाहेर नै छ । यहाँसम्म कि प्रचण्ड–बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ । त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन । उक्त गुटसँग पार्टी एकताबारे हाम्रो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफल सम्म पनि नभएको कुराबारे हामी सार्वजनिक रुपमा स्पष्ट गर्न चाहन्छौं ।

मोहन वैद्य ‘किरण’

अध्यक्ष

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates