एकीकरणको प्रयास गर्दै क्रान्तिकारी कम्युनिस्ट शक्ति
क्रान्तिकारी कम्युनिस्ट शक्ति बीच एकता गर्ने भन्दै एक हप्तादेखि केही कम्युनिस्ट पार्टी छफलमा जुटेका छन्।
यसरी छलफलमा जुटेका पार्टीमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्व गरेको क्रान्तिकारी कम्युष्टि पार्टी रहेका छन् । तीन कम्युनिस्ट पार्टी सँगै परि थापाको नेतृत्वमा रहेको नेकपा एकीकृत समेत छलफलमा सहभागी छ । अहिलेसम्म आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्दै आएको एकीकृत नेकपा माओवादीलाई भने छलफलमा बोलाइएको छैन् ।
परी थापाले डिसीनेपाल डटकमलाई दिएको जानकारी अनुसार एक हप्ताअघिदेखि चार दलका बीचमा एकताको बारेमा छलफल भइरहेको छ । बिहिबार भने नेकपा एकीकृतको पार्टी कार्यालय धोविधारामा नेकपा एकीकृतको तर्फबाट परि थापा, नेकपा–माओवादीको तर्फबाट सीपी गजुरेल, नेकपा माओवादीको तर्फबाट मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीको तर्फबाट मणि थापाका बीचमा छलफल भएको छ ।
कस्तो एकताको छलफल हो भन्ने प्रश्नमा परि थापा भन्छन् ‘यो खास गरेर क्रान्तिकारी कम्युनिस्ट शक्ति अगाडि बढ्ने योजना सहित सुरु गरिएको पहल हो । हामी एक हप्तादेखि यसको छलफलमा छौँ ।’

यस्तो नयाँ मोर्चामा सबै नयाँ जनवादी क्रातिकारी पक्षलाई समेटेर अघि बढ्ने समेत थापाले जानकारी दिए । थापाले क्रान्तिकारीहरु मिलेर कम्युनिस्टहरुको केन्द्र बनाउने विषयमा छलफल भएको बताए ।
0 comments