चुनाव विरुद्ध ३३ दलले ऐक्यवद्धता -याली गर्दै
प्रधानन्यायधिस नेतृत्वको सरकार र संविधानसभा चुनावी प्रक्रियामा असहमत
रहेका नेकपा–माओवादी सहितका दलहरुले विहिवार काठमाडौमा विरोध प्रदर्शन
गर्ने भएका छन् ।
नेकपा–माओवादी लगायतका केही दलले मात्रै आगामी निर्वाचनमा भाग नलिने चर्चा चलिरहेका बेला मंसिर ४ गतेका लागि घोषणा निर्वाचन विरुद्ध रहेका सवै दलले एक्यवद्धता ब्यानर प्रदर्शन गर्न लागेका हुन् । नेकपा–माओवादीका सचिव देव गुरुङ्ले यसअघि राख्दै आएका मागलाई लिएर विहिवार सवै दलको एक्यवद्धता ब्यानरसहित देशैभर सडक प्रदर्शन गर्न लागेको जानकारी दिनुभयो ।
उनीहरुले ४ बजेदेखि १५ मिनेट चक्काजाम समेत गर्ने जनाएका छन् । राजधानीमा अपरान्ह ४ बजेबाट १ घण्टा प्रदर्शन गर्ने ३३ दलको तयारी छ । काठमाडौको असन, भोटाहिटी, बागबजार, पुतलीसडक हुँदै पद्मोदय मोड सम्म प्रदर्शन गरिने माओवादीले जनाएको छ ।
चुनावी प्रक्रियामा असहमत रहेका दलहरुले चार दलबीच भएको ११ बुँदे सहमति तथा राष्ट्रपतिद्वारा जारी २५ बुदे बाधा अड्काउ फुकाउ खारेज गर्नुपर्ने र नयाँ प्रक्रियामा सरकार गठन गरेर चुनावमा जानुपर्ने माग गर्दै आएका छन् ।

0 comments