जापानबाट घाइते कमलरीको उपचार्थ आर्थिक सहयोग

580176_604186509606461_1396134086_nकाठमाडौं, २३ जेठ । कमलरी हत्या र कमलरीमाथि भइरहेको यौन शोषणको छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका कमलरीहरु माथि भएको प्रहरी हस्तक्षेपमा परि घाइते भएकाहरुको लागि उपचार खर्च नेकपा- माओबादी निकट नेपाली जनप्रगतिशिल मञ्च, जापानले ५३ हजार ९ सय रुपैया आर्थिक सहयोग गरेका छन् ।
नेकपा-माओबादीको मुख्यालय बुद्धनगरमा भएको औपचारिक हस्तान्तरण कार्यक्रममा मञ्चका सस्थापक तथा प्रमुख सल्लाहकार मोहन खत्रीले पार्टी प्रवक्ता पम्फा भुसालको उपस्थितिमा कमलरी संघर्ष समितिका फकला थारुलाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।
उक्त कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले भनिन- कमलरी आन्दोलनमा नेकपा-माओबादीको पूर्ण समर्थन रहेको छ ।
त्यस्तै गरि सहयोग गर्नेहरुमा आत्म नर्भिर सेवा केन्द्रले खाद्यन्न सामग्री सहयोग गरेका थिए । सोहि संस्थाले दुई बोरा चिउरा, कालो दाल एक बोरा, रातो दाल एक बोरा, दालमोट ८ प्याकेट र दश लिटर तेल सहयोग गरेका छन् ।
आज बिहानै तीन धार्नी आलु, एक किलो बोडी र एक किलो गोलभेडा समेत सहयोग गरेका थिए।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates